काठमाडौं– गत वर्षकी मिस नेपाल निकिता चन्दकले फिल्म ‘रानिमहल’बाट डेब्यु गर्ने भएकी छिन्। अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएर छोडेको यस फिल्ममा चन्दक अनुबन्धित भएकी हुन्।
प्रायः सबै मिस नेपालहरु अन्य पेशाभन्दा अभिनय क्षेत्रमा नै बढी आकर्षित भएको पाइन्छ। यसै अनुरुप निकिता चन्दक पनि फिल्म क्षेत्रमा प्रवेषको तयारीमा जुटेकी हुन्। उनी भन्छिन्, ‘मेरो सपना अब बल्ल पुरा हुँदैछ।’
नेपाल लाइभसँग कुरा गर्दै निकिताले भनिन्, ‘म मिस नेपाल हुनुभन्दा २ महिना अघिबाट नै केही फिल्महरुका लागि अफर आएको थियो तर आफ्नो कन्फिडेन्ट लेभल कम भएर नै मैले फिल्म गरेको थिइन। पछि ‘रानीमहल’को लागि अफर आयो। मैले स्क्रिप्ट पढें। मन पनि पर्यो। गर्नसक्छु जस्तो लाग्यो र फिल्मको लागि तयार भएको हुँ।’
सबै मिस नेपालहरु फिल्मी क्षेत्रमा आफ्नो करियरलाई सुरक्षित गर्नबाट भने चुकेका छन्, यसप्रति तपार्इंको धारणा के छ भन्ने हाम्रो प्रश्नमा निकिताले भनिन्, ‘मलाई आशा छ म गर्न सक्छु। किनकी मेरो धेरै वर्ष अघिको सपना बल्ल पुरा हुन लागेको छ। मलाइ लाग्छकी म जे गर्न चहान्छु त्यसले मलाई खुशि बनाउनेछ। त्यसले मलाइ सन्तुष्टि पनि अवस्य दिलाउँनेछ। त्यसैले एकपटक गरिहेरौं। प्रतिकृया कस्तो आँउछ अनि मात्र भविष्यको कुरा गर्न सकिन्छ।’
आफुँले यसअघि अभिनय नगरेकोले आँफैलाई पनि गर्न सक्ने–नसक्ने र सफल हुने–नहुनेमा शंका रहेको भन्दै उनले यस विषयमा अहिले नै दर्शक तथा शुभ चिन्तकहरुले मेरो विषयमा चिन्ता गरिरहन आवश्यक नभएको बताइन्।
‘हरेक मान्छेको एउटा सपना हुन्छ। त्यस्तै फिल्म क्षेत्रमा मेरो पनि करियर बनाउने सानैदेखिको सपना थियो। अब बल्ल पुरा हुन लागेको छ। त्यसैले आशा गरेको छु, धेरै राम्रो गर्ने प्रयास गर्नेछु।,’ निकिताले थपिन्।
फिल्मकै लागि एक्टिङको वर्कसपमा व्यस्त रहेकी निकिताले फिल्म छायांकनको भने मिति तय भइनसकेको बताइन्। हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।