• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

११ महिनापछि बस्यो नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक 

दलकै सल्लाहअनुसार सरकार चलाउछु : मुख्यमन्त्री भट्ट
64x64
शेरबहादुर ऐर मंगलबार, जेठ २०, २०७७  १८:१२
1140x725

धनगढी- नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक झण्डै ११ महिनापछि बसेको छ । २०७६ असार १४ गतेपछि नेकपाको दलको बैठक बस्न सकेको थिएन। 

सुदूरपश्चिम प्रदेश सरकारले सोमबारमात्र आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रदेश सभा सचिवालयमा प्रस्तुत गरेको थियो। नेकपाका एक प्रदेश सभा सदस्यले भने‚ ‘दलको बैठक समयको आवश्यकताअनुसार निरन्तर बस्नुपर्ने हुन्छ तर, हाम्रा दलका नेतालाई भने यस विषयमा चासो छैन।’ उनले दलका नेताले बजेट, नीति तथा कार्यक्रममा सहमति जुटाउनमात्र बैठक आह्वान गर्ने गरेको आरोप लगाए।

११ महिनासम्म पनि दलको बैठक नबस्नु, प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नु, जनमैत्री विकास गर्न नसक्दा प्रदेश सभामा सत्तापक्षकै सदस्यहरूले विरोध गर्ने गरेका छन्।

पूर्वबजेट छलफलका क्रममा सदनमै सरकारको चर्को विरोध गर्दै मुख्यमन्त्रीले काम गर्न नसकेकोले राजीनामा दिनुपर्ने भन्दै नेकपाका प्रदेश सभा सदस्यहरू बोल्न थालेपछि मुख्यमन्त्री तथा दलका नेता भट्टले एक वर्षपछि दलको बैठक बोलाएका हुन्।

दलको बैठक पहिलो पटक पार्टीका नेताहरूको उपस्थितिबिना नै बसेको छ। यसअघिका हरेक बैठकमा पार्टीका प्रदेश इञ्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, सह इञ्चार्ज लक्ष्मण जोशी र प्रदेश अध्यक्ष कर्णका थापाको उपस्थितिमा मात्रै हुने गर्थ्यो।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सहमति जुटाउन सो बैठक आह्वान गरिएको हुनसक्ने सत्तापक्षका प्रदेश सभा सदस्यहरूको अनुमान छ।

मंगलबारदेखि सुरु भएको बैठकलाई सुरु गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार सञ्चालनमा पार्टीको संसदीय दलसँग समन्वय गर्न नसकेकोमा माफी मागे।

मुख्यमन्त्री भट्ट निकै रक्षात्मक देखिएको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा सहभागी ती प्रदेश सासंदका अनुसार मुख्यमन्त्रीले सुरुमै झण्डै अढाई वर्ष सरकार चलाएको र यस अवधिमा पार्टी र संसदीय दलसँग समन्वय हुन नसकेकोमा क्षमा मागेका थिए।

आगामी दिनमा दलसँगको समन्वयलाई जोड दिइने र दलकै सल्लाहअनुसार सरकार चलाउने उनको प्रतिबद्धता थियो। 

बैठकमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सभा सदस्य बीरमान चौधरीले सरकारका पछिल्ला गतिविधि सन्तोषजनक नदेखिएको र दलमा सल्लाह नगरी आफूखुशी जाने चाहना राखे सरकार परिवर्तन समेत हुनसक्ने चेतावनी दिए।

दलको मंगलबारको बैठकमा बोलेका १२ जना प्रदेश सांसदहरूले सरकारको समिक्षा गर्न ढिलो भइसकेको बताएका छन्। मंगलबार प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, विषयगत समितिका सभापतिहरू नेपालु चौधरी, हर्क बहादुर कुँवर‚ कुन्ति जोशी र प्रदेश सांसद लिलाधर भट्टलगायतले बोलेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रमुख सचेतक तामाङले अरु बेला जे सुकै भए पनि विपद आइलागेको बेलामा समेत सरकारले जनताले देख्नेगरी काम गर्न नसकेकाले समिक्षा गर्न जरुरी रहेको बताए भने सचेतक रावलले सरकारको कामले आफूहरूलाई जनतामा जान गाह्रो परेकोले विकल्प खोज्नुपर्ने अवस्था आएको बताए। मंगलबारको बैठकमा बोल्ने सबैले सरकारको विरोध गरेका छन्।

सांसद लिलाधर भट्टले आफैंले घोषणा गरेका कार्यक्रम समेत कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा पद ओगटेर बस्नुभन्दा छोड्नु उपयुक्त हुने बताए। 

बैठकमा सबै प्रदेश सभा सदस्यहरूले बोल्ने पालो नपाएपछि बुधबार बिहान फेरि बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्