• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

११ महिनापछि बस्यो नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक 

दलकै सल्लाहअनुसार सरकार चलाउछु : मुख्यमन्त्री भट्ट
64x64
शेरबहादुर ऐर मंगलबार, जेठ २०, २०७७  १८:१२
1140x725

धनगढी- नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक झण्डै ११ महिनापछि बसेको छ । २०७६ असार १४ गतेपछि नेकपाको दलको बैठक बस्न सकेको थिएन। 

सुदूरपश्चिम प्रदेश सरकारले सोमबारमात्र आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रदेश सभा सचिवालयमा प्रस्तुत गरेको थियो। नेकपाका एक प्रदेश सभा सदस्यले भने‚ ‘दलको बैठक समयको आवश्यकताअनुसार निरन्तर बस्नुपर्ने हुन्छ तर, हाम्रा दलका नेतालाई भने यस विषयमा चासो छैन।’ उनले दलका नेताले बजेट, नीति तथा कार्यक्रममा सहमति जुटाउनमात्र बैठक आह्वान गर्ने गरेको आरोप लगाए।

११ महिनासम्म पनि दलको बैठक नबस्नु, प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नु, जनमैत्री विकास गर्न नसक्दा प्रदेश सभामा सत्तापक्षकै सदस्यहरूले विरोध गर्ने गरेका छन्।

पूर्वबजेट छलफलका क्रममा सदनमै सरकारको चर्को विरोध गर्दै मुख्यमन्त्रीले काम गर्न नसकेकोले राजीनामा दिनुपर्ने भन्दै नेकपाका प्रदेश सभा सदस्यहरू बोल्न थालेपछि मुख्यमन्त्री तथा दलका नेता भट्टले एक वर्षपछि दलको बैठक बोलाएका हुन्।

दलको बैठक पहिलो पटक पार्टीका नेताहरूको उपस्थितिबिना नै बसेको छ। यसअघिका हरेक बैठकमा पार्टीका प्रदेश इञ्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, सह इञ्चार्ज लक्ष्मण जोशी र प्रदेश अध्यक्ष कर्णका थापाको उपस्थितिमा मात्रै हुने गर्थ्यो।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सहमति जुटाउन सो बैठक आह्वान गरिएको हुनसक्ने सत्तापक्षका प्रदेश सभा सदस्यहरूको अनुमान छ।

मंगलबारदेखि सुरु भएको बैठकलाई सुरु गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार सञ्चालनमा पार्टीको संसदीय दलसँग समन्वय गर्न नसकेकोमा माफी मागे।

मुख्यमन्त्री भट्ट निकै रक्षात्मक देखिएको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए।

Ncell 2
Ncell 2

बैठकमा सहभागी ती प्रदेश सासंदका अनुसार मुख्यमन्त्रीले सुरुमै झण्डै अढाई वर्ष सरकार चलाएको र यस अवधिमा पार्टी र संसदीय दलसँग समन्वय हुन नसकेकोमा क्षमा मागेका थिए।

आगामी दिनमा दलसँगको समन्वयलाई जोड दिइने र दलकै सल्लाहअनुसार सरकार चलाउने उनको प्रतिबद्धता थियो। 

बैठकमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सभा सदस्य बीरमान चौधरीले सरकारका पछिल्ला गतिविधि सन्तोषजनक नदेखिएको र दलमा सल्लाह नगरी आफूखुशी जाने चाहना राखे सरकार परिवर्तन समेत हुनसक्ने चेतावनी दिए।

दलको मंगलबारको बैठकमा बोलेका १२ जना प्रदेश सांसदहरूले सरकारको समिक्षा गर्न ढिलो भइसकेको बताएका छन्। मंगलबार प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, विषयगत समितिका सभापतिहरू नेपालु चौधरी, हर्क बहादुर कुँवर‚ कुन्ति जोशी र प्रदेश सांसद लिलाधर भट्टलगायतले बोलेका थिए।

प्रमुख सचेतक तामाङले अरु बेला जे सुकै भए पनि विपद आइलागेको बेलामा समेत सरकारले जनताले देख्नेगरी काम गर्न नसकेकाले समिक्षा गर्न जरुरी रहेको बताए भने सचेतक रावलले सरकारको कामले आफूहरूलाई जनतामा जान गाह्रो परेकोले विकल्प खोज्नुपर्ने अवस्था आएको बताए। मंगलबारको बैठकमा बोल्ने सबैले सरकारको विरोध गरेका छन्।

सांसद लिलाधर भट्टले आफैंले घोषणा गरेका कार्यक्रम समेत कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा पद ओगटेर बस्नुभन्दा छोड्नु उपयुक्त हुने बताए। 

बैठकमा सबै प्रदेश सभा सदस्यहरूले बोल्ने पालो नपाएपछि बुधबार बिहान फेरि बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौँ फर्किन लागेको उनले बताएका छन् । शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुर... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्