• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

लगानीकर्ताबीच संयुक्त उपक्रम सम्झौता नभएपछि पश्चिम सेतीबाट एसआर-६ छुट्याउने तयारी

अर्थमन्त्री भन्छन्– आयोजनाको मोडालिटी हेरफेर गरेर नयाँ लगानीकर्ता खोज्छौं
64x64
हेमन्त जोशी सोमबार, जेठ १९, २०७७  १६:२९
1140x725

काठमाडौैं- पश्चिम सेती र एसआर–६ (सेती रिभर–६) संयुक्त जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न चासो देखाएका कम्पनीहरूले आयोजना विकासका लागि संयुक्त उपक्रम सम्झौता (जेभिए) गर्न नसकेपछि लगानी बोर्डले लगानी र आयोजना निर्माणको मोडालिटी फेर्ने तयारी गरेको छ। 

लामो समयसम्म चिनियाँ कम्पनी थ्री गोर्जेजले ओगटेर काम गर्न नसकेको पश्चिम सेती जलविद्युत आयोजनालाई २०७५ चैतमा सरकारले आयोजना गरेको लगानी सम्मेलनका क्रममा एसआर–६ लाई पनि जोडेर विदेशी लगानी आह्वान गर्ने निर्णय गरेको थियो। लगानी सम्मेलनपछि यी दुई आयोजनामा संयुक्त रुपमा लगानी गर्न म्याट्रिक्स इन्टरप्राइजेज प्रालिमार्फत् प्रस्ताव पेश गर्ने नेब्रास पावर, फुजी इलेक्ट्रिक कम्पनी (जापान), जनरल इलेक्ट्रिक (संयुक्त राज्य अमेरिका) र वेस्ट सेती हाइड्रो प्रालि विथ स्मेक (अस्ट्रेलिया) ले आशयपत्र पेश गरेका थिए। 

लगानी बोर्डका एक उच्च अधिकारीका अनुसार यी कम्पनीहरूलाई बोर्डले आयोजनामा लगानीका लागि एक आपसमा संयुक्त उपक्रम सम्झौता गर्ने र संयुक्त कम्पनी बनाएर प्रस्ताव पेश गर्न भनेको थियो। तर ती कम्पनीहरूले लगानीका लागि एक आपसमा सम्झौता नै नगरेपछि लगानी बोर्डले अर्को विकल्प खोज्न थालेको हो।

‘आशयपत्र माग गरेर लगानी प्रस्तावहरू मागेका थियौं। तर राम्रा प्रस्ताव भने परेनन्। एउटा चाहीँ पाँचवटा कम्पनीले संयुक्त रुपमा लगानी गर्ने (कन्सोटिएम) भन्ने प्रस्ताव थियो। तर ती कम्पनीहरूबीच जोइन्ट भेन्चर एग्रिमेन्ट नभएर बाँकी प्रक्रिया अड्किरहेको थियो,’ ती अधिकारीले भने। 

लगानी बोर्डको सञ्चालक समितिको निर्णयअनुसार पश्चिम सेती र त्योभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने एसआर ६ आयोजनालाई संयुक्त रुपमा अगाडि बढाउने भन्दै ती कम्पनीको संक्षिप्त सूची (सर्टलिस्ट) गरिएको थियो। आयोजना सार्वजनिक–नीजि साझेदारी (पिपिपी) मोडेलमा अगाडि बढाउने गरी प्रस्ताव माग गरिएको थियो। तर आयोजनामा ती विदेशी कम्पनीले लगानी गर्ने चासो नदेखाएसँगै लगानी बोर्डले फेरि एसआर–६ आयोजनालाई पश्चिम सेतीबाट छुट्याउने तयारी गरेको छ। 

आयोजनाको मोडालिटी हरेक वर्षजस्तो फेरिरहँदा त्यसले लगानीकर्तामा भने थप शंका उब्जाउने लगानी बोर्ड श्रोतको भनाइ छ। ‘हरेक वर्ष नयाँ–नयाँ मोडल गर्दा ठूला लगानीकर्ता आउँदैनन्। जसले पनि किन पुरानोले हात झिक्यो भनेर सोध्छन्,’ श्रोत भन्छ‚  ‘त्यसकारण यसलाई नयाँ किसिमले सोचिनु पर्दछ। नयाँ किसिमले सोच्ने भनेको यसलाई बढी सुहाउँदो बनाउने हो। आयोजना उत्कृष्ट भयो भने न लगानी आउने हो।’ 

नयाँ लगानीकर्ता खोज्छौं : अर्थमन्त्री 
सांसद प्रेम आलेले पश्चिम सेती जलविद्युत आयोजना कहिले र कसरी बन्छ? भनी अर्थमन्त्रीलाई सोमबार संसदमार्फत मागेको जवाफमा अर्थमन्त्री खतिवडाले पनि पश्चिम सेती र एसआर ६ मा संयुक्त रुपमा लगानी जुटाउन अप्ठेरो हुने देखिएकाले आयोजना छुट्टाछुट्टै रुपमा अगाडि बढाउने गरी लगानीको मोडालिटी आगामी आर्थिक वर्षभित्रै टुंग्याई सक्ने जवाफ दिएका छन्। 

‘यो आयोजनामा हामीले लगानीको नयाँ मोडालिटीबाट संचालन गर्ने भनेका छौं। लगानी सम्मेलनमा पश्चिम सेती र एसआर ६ लाई संयुक्त रुपमा अगाडि बढाउने भन्ने प्रस्ताव आएको थियो। त्यसमा जोइन्ट भेन्चरको कुरा थियो र पछिल्लो चरणमा लगानीकर्ताहरूबाट संभव छैन भन्नेजस्तो दृष्टिकोण आएको छ’ अर्थमन्त्री खतिवडाले भने‚ ‘उहाँहरू अलिकति हच्किनु भएको अवस्था छ। त्यसो भएको हुनाले हामीले नयाँ लगानीकर्ता खोज्नपर्ने स्थिती छ।’

Ncell 2
Ncell 2

पश्चिम सेती जलविद्युत् आयोजना कहिले दातृ निकायको सहयोगमा त कहिले सरकार आफैंले बनाउने भनेर पछिल्लो अढाई दशकदेखि चर्चामा छ। पश्चिम सेती आयोजनाका तुलनामा एसआर–६ निकै कममात्र अध्ययन भएको आयोजना हो। एसआर–६ आयोजनाको पूर्व सम्भाव्यता अध्ययनसमेत टुंगिसकेको छ। लगानी सम्मेलनमा यी दुई आयोजना एउटै लगानीकर्ताबाट अगाडि बढाउने प्रस्ताव सरकारले गरेपछि लगानी बोर्डले एसआर–६ को पूर्व सम्भाव्यता अध्ययन गर्ने जिम्मा विद्युत् विकास विभागलाई दिएको थियो। विभागले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार एसआर ६ आयोजनाको उत्पादन क्षमता घटाएर निर्माण गर्नु बढी उपयुक्त हुने देखिएको छ। 

बझाङ, डोटी, डडेलधुरा र अछाम जिल्लामा बन्ने ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको एसआर ६ आयोजनाको लागत क्रमशः १ अर्ब ४८ करोड अमेरिकी डलर र ९२ करोड ७० लाख अमेरिकी डलर बराबर अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्

पश्चिम सेतीमा एसआर-६ का बाछिटा : लगानी सम्मेलनमा नसुल्झिएका तीन प्रश्न मंगलबार, चैत १२, २०७५

यो पनि पढ्नुहोस्

पश्चिम सेतीका २५ वर्ष : भाग्यो चिनियाँ कम्पनी थ्री गर्जेज, अबको योजना के?बुधबार, असोज २९, २०७६

यो पनि पढ्नुहोस्

पश्चिम सेतीसँगै बनाउने भनिएको एसआर-६ जलविद्युत् आयोजनाको उत्पादन क्षमता आधा घटाइयोशुक्रबार, फागुन २३, २०७६

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्