• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पश्चिम सेतीका २५ वर्ष : भाग्यो चिनियाँ कम्पनी थ्री गर्जेज, अबको योजना के?

64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  ०६:००
1140x725

काठमाडौं/डडेल्धुरा- पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि पहल हुन थालेको झन्डै अढाई दशक बितिसकेको छ।

तर आयोजना भने आजभन्दा २५ वर्षअघि जुन अवस्थामा थियो, अहिले पनि त्यही अवस्थामा छ। आयोजनामा कुनै प्रगति भएको छैन। समयक्रममा विभिन्न मुलुकका कम्पनीले आयोजना निर्माणका लागि चासो देखाएका पनि छन्। तर हालसम्म कुनै अघि नबढी समय व्यतीत भएको छ। 

करिब साढे ६ वर्षअघि पश्चिम सेती जलाशययुक्त आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी थ्री-गर्जेज सम्पर्कमा आउन छोडेपछि गत चैतमा आयोजना भएको लगानी सम्मेलनका क्रममा उक्त आयोजना निर्माणका लागि नयाँ प्रक्रिया शुरु भयो।

गत चैत १५ र १६ गते काठमाडौंमा आयोजना भएको लगानी सम्मेलनका क्रममा पश्चिम सेती र सेती रिभर-६ (एसआर-६) आयोजनालाई एकसाथ अगाडि बढाउन भन्दै लगानी प्रस्ताव आह्वान गरिएको थियो।

यही असोज ६ गते बसेको लगानी बोर्डको ४०औं बोर्ड बैठकबाट उक्त परियोजनामा लगानी गर्न इच्छुक कम्पनीहरूको सर्टलिस्ट गर्ने निर्णय भइसकेको छ। 

लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालका अनुसार पश्चिम सेती र एसआर-६ संयुक्त जलाशययुक्त जलविद्युत परियोजनाको लागि आशयपत्र पेश गर्ने प्रस्तावकमध्ये मूल्यांकनका निर्धारित मापदण्डअनुसार म्याट्रिक्स इन्टरप्राईजेज प्रालिमार्फत् प्रस्ताव पेश गर्ने नेब्रास पावर, फुजी इलेक्ट्रिक कम्पनी जापान, जनरल इलेक्ट्रिक संयुक्त राज्य अमेरिका र वेस्ट सेती हाइड्रो प्रालि विथ स्मेक अस्ट्रेलियाको आशयपत्र सर्टलिस्ट गरिएको छ। 

लगानी बोर्डको सञ्चालक समितिको निर्णयअनुसार पश्चिम सेती र त्योभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने एसआर ६ आयोजनालाई संयुक्त रुपमा अगाडि बढाउने भन्दै ती कम्पनीको संक्षिप्त सूची (सर्टलिस्ट) गरिएको हो। आयोजना सार्वजनिक नीजि साझेदारी (पिपिपी) मोडेलमा अगाडि बढाउने गरी प्रस्ताव माग गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

लगानी बोर्डले तयार पारेको प्रोजेक्ट बैंकसम्बन्धी विवरणअनुसार एसआर-६ जलविद्युत आयोजना २६ वर्ष अगाडि जाइकाले सामान्य अध्ययन गरेको आयोजना हो। त्यसपछि यस आयोजनाका विषयमा खासै अध्ययन भएको छैन।

‘जाइका मास्टरप्लान स्टडी’ भनेर सन् १९९३ मा एसआर-६ आयोजनाका बारेमा अध्ययन भएको देखिन्छ। कर्णाली चिसापानीभन्दा माथि र पश्चिम सेती जलविद्युत परियोजनाभन्दा तल पर्ने यो आयोजनाका बारेमा लगानी जाइकाले गरेकै अध्ययनलाई नै लगानी बोर्डले पनि आधार मानी लगानी सम्मेलनमा विवरण खुलाएको थियो। 

पश्चिम सेतीबाट किन भाग्यो थ्री-गर्जेज?
चिनियाँ कम्पनी थ्री गर्जेज पश्चिम सेतीमा फर्कँदैन भन्ने यकिन भएपछि मात्रै गत लगानी सम्मेलनमा यो आयोजनालाई ‘सोकेस’मा राखिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमओयू भएको निश्चित समयभित्रमा काम गरिसक्नुपर्ने सहमति थ्री गर्जेजले तोडेसँगै आयोजनाबाट पनि बाहिरिएको प्रवक्ता रिज्याल बताउँछन्। आयोजनको लागत १ खर्ब ४८ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यसको उत्पादन क्षमता ७ सय ५० मेगावाट छ ।

राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणका लागि २०६८ फागुन १७ गते (फेब्रुअरी २९, २०१२) चिनियाँ निर्माण कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनसँग सम्झौता भएको थियो।

सम्झौता बमोजिम आयोजना सन् २०१८ सम्ममा पूरा गर्ने लक्ष्य राखिएको थियो। तर पछिल्लो समय सो मिति परिमार्जन गरी सन् २०२० पुर्याइएको छ। थ्री गर्जेजले निर्माणको जिम्मा लिनुअघि अस्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)ले उक्त आयोजना १७ वर्ष होल्ड गरेर राखेको थियो। आयोजना अगाडि नबढ्दा डोटी, डडेल्धुरा, बैतडी र बझाङका पूर्ववर्ती साविकका १२ गाविसमा विकास निर्माण ठप्प छ।

साढे ६ वर्षअघि बिना प्रतिस्पर्धा थ्री गर्जेजलाई सुम्पिएको उक्त आयोजना निर्माण-संचालन–स्वामित्व र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने भनिएको थियो। तर नेपाल विद्युत प्राधिकरणसँग संयुक्त लगानी सम्झौता गरेको केही समयपछि परियोजना निर्माणको अनुमति पाएको चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई)ले आर्थिक रूपमा उपयुक्त नदेखिएका कारण पुरानो सम्झौता परिमार्जन गर्नुपर्ने माग राख्न थाल्यो।

सम्झौता संशोधनका लागि नेपाल तयार भए मात्र आयोजना अगाडि बढाउने थ्री गर्जेजको माग थियो। तर नेपालले भने त्यस विषयमा तत्काल केही निर्णय गरेन। 

उक्त परियोजना निर्माणमा शर्तमाथि शर्त राख्दै आएको थ्री गर्जेज पछिल्लो एक वर्षदेखि भने लगानी बोर्डको सम्पर्कमा छैन। नेपालसँग कुनै सम्पर्क नै नरहने गरी थ्री गर्जेज भाग्नुको कारण बारे गत वर्ष भदौ २ गते बसेको लगानी बोर्डको संचालक समितिको बैठक बसेको थियो। बोर्डको ३२औं सञ्चालक समिति बैठकले पश्चिम सेती जलविद्युत् परियोजनामा थ्रीगर्जेजको विकल्प खोज्ने निष्कर्ष निकालेपछि उक्त कम्पनीले आयोजनाका विषयमा चासो देखाउन छोडेको हो।

आयोजनास्थलको पूर्वाधार निर्माण र मुआब्जा वितरणको समस्या हल गर्ने विषयसँगै आयोजनाको उत्पादन क्षमता पनि २ सय मेगावाट घटाउनु पर्ने माग सिटिजिआईले राखेपछि नेपालले त्यसमा सहमति जनाएन।  

विद्युत् खरिद सम्झौता (पिपिए)मा पनि थ्री गर्जेजको असहमति थियो। पछिल्लो समय जलाशययुक्त आयोजनाका लागि हिउँदमा १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ८ रुपैयाँ १५ पैसामा प्राधिकरणले बिजुली किन्ने गरी दर निर्धारण गरेको छ । तर,  थ्री गर्जेज भने उक्त दर र भुक्तानीको मोडालिटीमा सहमति भएन। 

प्रसारणलाइन निर्माणको सुनिश्चितता र चिनियाँ कम्पनीले हालसम्म आयोजनामा गरेको करिब ७० करोड रुपैयाँ बराबर खर्च पुँजीकरण गरिनुपर्ने पनि उसको माग थियो। त्यसैगरी, सिटिजिआएईले उक्त आयोजनाबाट उत्पादित विद्युत खपतका लागि बजार सुनिश्चिततासमेत खोजेको थियो। तर लगानी बोर्डले थ्री गर्जेजको विकल्प खोज्न समिति गठन गरेपछि भने सिटिजिआईले आयोजना छोडेको हो। 

स्पष्ट मार्गचित्रको अभाव र प्रभावहीन सरकारी काम
पश्चिम सेतीबाट थ्री गर्जेज भाग्नुको मुख्य कारण नेपालले आयोजना कसरी विकास गर्ने भन्ने स्पष्ट धारणा राख्न नसक्नु र हरेक काममा हुने ढिलासुस्ती हुनु भएको बताउने गरिएको छ।

सिटिजिआइले परियोजनामा काम गर्न अनिच्छा देखाएको भन्दै त्यसको विकल्पका रुपमा परियोजना निर्माणको फरक ढाँचा तयार पार्न लगानी बोर्डले भदौं २ गते नै एक उच्च स्तरीय समिति गठन गरेको थियो।

परियोजना विकासका लागि उपयुक्त ढाँचा सिफारिस गर्न अर्थमन्त्री, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री, र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकारी अधिकृत रहने गरी गठन भएको उक्त समितिले एक वर्ष बितिसक्दा पनि प्रतिवेदन बुझाएको छैन। 

त्यसैगरी, पश्चिम सेती निर्माणको अनुमतिपत्र लिएको लामो समयसम्म पनि सिटिजीआइले काम अघि बढाउन नसकेपछि २०७४ फागुनमा लगानी बोर्डले आयोजना निर्माणको सुझाव दिन समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको प्रतिवेदनलाई पनि लगानी बोर्डबाटै उपेक्षा गरेको देखिएको छ।

आयोजनाको उत्पादन क्षमता घटाउने थ्री गर्जेजको प्रस्ताव स्वीकार गर्ने वा ऊसँगको सम्झौता नै रद्द गर्ने सुझावसहित दुई वर्षअघि बुझाएको प्रतिवेदन बोर्डमा पेस भए पनि त्यसको कार्यान्वयन भएन। यद्यपि, थ्री गर्जेज भने आफैं बाहिरिइसकेको छ।

थ्री गर्जेजले आयोजनाको पिपिए दरमा जनाएको असहमतिका बारेमा अध्ययन गर्न तथा सम्भावित अन्य पिपिए दरका विषयमा सुझाव दिन नेपाल विद्युत प्राधिकरणले सञ्चालक समिति सदस्य चेतराज जोशीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गरेको थियो। उक्त उपसमितिको सुझाव प्रतिवेदन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई बुझाएको भए पनि मन्त्रालयले भने यसमा त्यसमा चासो देखाएन। 

के गर्‍यो थ्री गर्जेजले?
अहिले थ्री गर्जेजले आयोजनास्थलमा पुर्‍याइसकेको निर्माण सामाग्री फिर्ता लैजान थालेको छ। डोटीको बानेडुग्रीसैनबाट केही सामान गाडीमार्फत् लगिसकेको थ्री गर्जेजले बाँकी सामान भने हेलिकोप्टरमार्फत् फिर्ता लगेको छ। चिनियाँ कम्पनीले आफ्ना सामान फिर्ता लैजान थालेपछि स्थानीय परियोजनाको निर्माणलाई लिएर थप निराश भएका छन्।

सुदूरपश्चिम क्षेत्रको विकासको ढोकाका रुपमा हेरिएको उक्त आयोजनाबाट उत्पादित बिजुली भारतमा निर्यात गर्ने सोच अगाडि सारिएको थियो। थ्री गर्जेजले ०७३ सालको जेठदेखि आयोजनास्थल लेखाजोखा र आधारभूत पूर्वाधार निर्माण थालेको पनि थियो। चिनियाँ कम्पनीले बाँध निर्माणस्थलसम्म पुग्ने ट्रयाक खोलिसकेको छ। निर्माण क्षेत्रमा १५ कोठे भवन निर्माण गरिएको छ। बाँध र सुरुङ निर्माणस्थलको भू–बनावट अध्ययन गरिसकेको थियो।

चिनियाँ कम्पनीले बाहेक अन्य कम्पनीसँग सम्झौता गरेर भए पनि निर्माण गर्नुपर्ने आयोजनातर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित छन्। आयोजना प्रभावित क्षेत्रमा लामो समयदेखि विकासका पूर्वाधार निर्माण समेत रोकिदा स्थानीय बासिन्दा दोहरो मारमा छन्।

आयोजना बनाउन तीन वटै तहका सरकारको सक्रियता आवश्यक : प्रदेश सरकार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तीन तहकै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनुपर्ने बताउँछन्। आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै मुख्यमन्त्री भट्टले संघीय सरकारले पश्चिम सेती सुरु गरिए साथ दिन आफूहरु तयार रहेको बताएका छन्। 

गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले दाबी गरेको ७ महिना बितिसक्दासमेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार नदेखिएपछि मुख्यमन्त्रीले सबै मिलेर बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्। 

संघीय सरकारप्रति लक्षित गर्दै मुख्यमन्त्री भट्टले 'अरुले पैसा दिएन भनेर हामीले किन यसको काम रोक्ने' भन्दै प्रश्न गरे। उनले जसरी भए पनि पश्चिम सेती बनाउनुपर्ने उनको भनाइ थियो। पश्चिम सेती बनेपछि सुदूरपश्चिम प्रदेशको ‘कायापलट’ हुने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले पश्चिम सेती नबन्नु दुखद् भएको बताए। 

आफैं बनाउने सरकारको महत्वाकांक्षा 
लामो समयसम्म पनि पश्चिम सेतीमा थ्री गर्जेजले काम गर्न नसकेपछि आन्तरिक लगानीबाटै परियोजना निर्माण गर्न सकिने भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् नयाँ विकल्प अघि सारेको छ। तर उक्त विकल्पअनुसार आन्तरिक लगानीबाटै आयोजना बनाउने प्रक्रिया सुरु भएकै छैन।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्