• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

पश्चिम सेतीसँगै बनाउने भनिएको एसआर-६ जलविद्युत् आयोजनाको उत्पादन क्षमता आधा घटाइयो

64x64
हेमन्त जोशी शुक्रबार, फागुन २३, २०७६  ०८:४८
1140x725

काठमाडौं- गतवर्ष चैतमा सरकारले आयोजना गरेको लगानी सम्मेलनका क्रममा पश्चिम सेती जलविद्युत् आयोजनासँग अर्को आयोजना एसआर–६ (सेती रिभर–६)लाई पनि जोडेर विदेशी लगानी आह्वान गर्ने भनियो। पश्चिम सेती र एसआर–६ आयोजनालाई संयुक्त रुपमा बनाउने भनेपछि लगानी बोर्डले पनि दुवै आयोजना एउटै विदेशी कम्पनीलाई दिनेगरी प्रक्रिया अगाडि बढाइरहेको छ।

पश्चिम सेती आयोजनाका तुलनामा एसआर–६ निकै कम मात्र अध्ययन भएको आयोजना हो। पश्चिम सेती जलविद्युत् आयोजना कहिले दातृ निकायको सहयोगमा त कहिले सरकार आफैंले बनाउने भनेर पछिल्लो अढाई दशकदेखि चर्चामा छ। तर, एसआर–६ आयोजनाको भने पूर्व सम्भाव्यता अध्ययन नै भएको छैन। लगानी सम्मेलनमा यी दुई आयोजना एउटै लगानीकर्ताबाट अगाडि बढाउने प्रस्ताव सरकारले गरेपछि लगानी बोर्डले एसआर–६ को पूर्व सम्भाव्यता अध्ययन गर्ने जिम्मा विद्युत् विकास विभागलाई दियो।

लगानी बोर्डले लगानी सम्मेलनका क्रममा तयार पारेको प्रोजेक्ट बैंक सम्बन्धी विवरणअनुसार एसआर–६ जलविद्युत् आयोजना आजभन्दा २७ वर्ष अगाडि जापान सहयोग नियोग (जाइका)ले सामान्य अध्ययन गरेको आयोजना हो। जाइकाले मास्टरप्लान स्टडी भनेर सन् १९९३ मा यो आयोजना पहिचान र सामान्य अध्ययन गरेको थियो।

जाइकाको अध्ययनअनुसार यो आयोजनाबाट ६ सय ३ मेगावाट देखि ६ सय ६९ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको थियो। तर, विद्युत् विकास विभागले अहिले गरिरहेको सम्भाव्यता अध्ययनअनुसार आयोजना २ सय ७८ मेगावाटदेखि अधिकतम ३ सय मेगावाट क्षमतामा मात्रै बनाउन सकिने देखिएको हो।

जाइकाको अध्ययनअनुसार आयोजना बनाउँदा अछाम र डोटी जिल्लाका विभिन्न स्थान डुबानमा भएका कारण आयोजनाको क्षमता घटाइएको बताउँछन्, विभागका इन्जिनियर राजेश श्रेष्ठ। 'यो आयोजनाका लागि ५ सय ४८ मिटर अग्लो पर्खाल बनाएर जलाशय निर्माण गर्न सकिने देखियो। त्यो भनेको जाइकाले तयार पारेको अध्ययन १ सय २० मिटर कम हो। अग्लो पर्खाल बनाउँदा अछामको साँफेबगरलगायत मानववस्ती डुबानमा पर्ने देखियो,’ श्रेष्ठले भने।

nimb
nimb
Ncell 2
Ncell 2

मानववस्ती कम डुबानमा परोस् र जग्गा अधिग्रहण तथा मुआब्जा प्रक्रिया झन्झटिलो हुने भएपछि आयोजनाको उत्पादन क्षमता आधा घट्ने गरी सम्भाव्यता अध्ययन भइरहेको छ। आयोजनामा भौगोलिक अध्ययनको काम सकिसकेको छ भने अहिले इन्टेरियल डिजाइन, ड्रिलिङलगायतको काम भइरहेको छ। त्यस्तै आयोजनाको डिजाइन, लेआउट तयारपार्ने काम पनि भइरहेको विभागले जनाएको छ।

पूर्व सम्भाव्यता अध्ययन गरेर गत असोजभित्रै प्रतिवेदन बुझाउन भनेपनि विभागले समयमा काम नसकेपछि थप सात महिना समय थपिएको छ। एसआर–६ कर्णाली चिसापानीभन्दा माथि र पश्चिम सेती जलविद्युत् परियोजनाभन्दा तलपर्ने जलाशययुक्त आयोजना हो। धनगडी विमानस्थलभन्दा १ सय ८० किलोमिटर टाढा र दिपायल बजारबाट पनि सोही दूरीमा आयोजना बन्ने भनिएको छ।

आयोजना निर्माण गर्ने भनिएको ठाउँसम्म सडक पूर्वाधार बनेको छैन। उक्त आयोजनाको विद्युत् गृहबाट राष्ट्रिय प्रशारणलाइन ३० किलोमिटर टाढा छ। यो आयोजना बनाउँदा त्यसलाई प्रशारणलाई निर्माण कसले गर्ने भन्ने विषयमा भने लगानी बोर्डले कुनै निर्णय गरिसकेको छैन।

सार्वजनिक–निजी साझेदारीमा बनाउने भनिएको आयोजनामा सरकारले जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा आयोजनाको सुरक्षा सरकारले गर्ने उल्लेख गरेको छ। त्यसैगरी निजी क्षेत्रले आयोजनाको योजना, अध्ययन, लगानी, निर्माण र सञ्चालनको जिम्मा लिनुपर्ने उल्लेख छ।

सन् १९९३ मा जाइकाले गरेको अध्ययनअनुसार  १ अर्ब १७ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई नि... मंगलबार, भदौ २, २०८३
अविरल वर्षाले देशभरका सडक प्रभावित, बीपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्म काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा... सोमबार, साउन २५, २०८३
डिप्लोमा इन्जिनियरहरूको छुट्टै परिषद् बन्दै डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तर्जु... बुधबार, साउन २०, २०८३
ताजा समाचारसबै
भारतीय सेना प्रमुखले पोखरामा भेटे भूपू सैनिक र उनका परिवारजन बुधबार, भदौ ३, २०८३
पीडित नागरिकलाई धर्नामा सहभागी हुन दुर्गा प्रसाईंको अपिल बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
रास्वपा मन्त्री–सांसदसँग सभापति लामिछानेको छलफल जारी बुधबार, भदौ ३, २०८३
हुलाकमार्फत सर्वोच्च अदालतमा रिट! बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
फेरि पक्राउ पर्ने त्रासबीच पत्रकार किशाेर श्रेष्ठ रिट लिएर,पुगे उच्च अदालत, के गर्ला प्रहरी? मंगलबार, भदौ २, २०८३
३५० को सामान किन्दा १० लाख जित्ने पुडासैनी, १ लाख क-कसले जिते ? मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्