• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पश्चिम सेतीमा एसआर-६ का बाछिटा : लगानी सम्मेलनमा नसुल्झिएका तीन प्रश्न 

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  ०७:०३
1140x725

यसै साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउन प्राथमिकतामा राखिएका आयोजनाको सूची (प्रोजेक्ट बैंक) सार्वजनिक गरिसकेको छ। यसरी छनौट भएका आयोजनाहरुमा सबैभन्दा बढी जलविद्युत क्षेत्रका छन्। 

सरकारी निकायबाट छनौट भएका जलविद्युत आयोजनामा सुदुरपश्चिम प्रदेशबाट मात्र ३ आयोजना राखिएका छन्। पश्चिम सेती जलविद्युत परियोजना, एसआर(सेती रिभर)–६ र नलसिंहगाड जलविद्युत आयोजना। तर यी आयोजनामा लगानी सम्मेलनमार्फत विदेशी लगानीका लागि कुन आधारमा र कसरी छनौट भए भनेर प्रश्न गर्ने ठाउँ भने थुप्रै छन्। 

प्रश्न-१ 
पश्चिम सेती जलविद्युत परियोजना निर्माणका लागि यसअघि नै लाईसेन्स वितरण भइसकेको छ। अनुमति पाएको चिनीयाँ कम्पनी थ्री गोर्जेज पछिल्लो ७ महिनादेखि सम्पर्कविहीन छ। गत भदौ २ गते बसेको लगानी बोर्डको ३२औं सञ्चालक समिति बैठकले पश्चिम सेती जलविद्युत् परियोजनामा थ्री गोर्जेजको विकल्प खोज्ने निष्कर्ष निकालेको थियो। पछि उसले पश्चिम सेतीका बारेमा कुनै चासो देखाएको छैन। 

यद्यपि, थ्री गोर्जेजलाई आयोजना निर्माणका लागि नेपालले दिएको अनुमतिपत्र भने अझै रद्द गरेको छैन। थ्री गर्जेजले काम गर्दिन भनिसकेपछि उसको लाईसेन्स रद्द गर्न किन ढिलाइ? कानुनले त अहिले पनि पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लाईसेन्स थ्री गोर्गेजकै साथमा छ भन्छ। अनुमति रद्द नगरी आयोजना लगानी सम्मेलनका लागि किन राखियो? 

प्रश्न-२
लगानी बोर्डले तयार पारेको प्रोजेक्ट बैंक सम्बन्धी विवरणअनुसार एसआर–६ जलविद्युत आयोजना २६ वर्ष अगाडि जाईकाले सामान्य अध्ययन गरेको आयोजना हो। त्यसपछि यस आयोजनाका विषयमा कहीँ कतै अध्ययन भएको छैन? यसरी अध्ययन नै नभएका आयोजनामा लगानी गर्न विदेशीले पत्याउलान्?

प्रश्न-३
पश्चिम सेती जलविद्युत आयोजना कहिले दातृ निकायको सहयोगमा त कहिले सरकार आफैंले बनाउने भनेर भन्न थालेको २५ वर्ष भइसकेको छ। तर यसबीचमा एसआर–६ र पश्चिम सेती सँगै बनाउन सकिन्छ भनेर बहस भएन। तर अहिले लगानी बोर्डले एक्कासी एसआर–६ र पश्चिम सेती संयुक्त रूपमा विकास गर्न सकिने भन्दै सोहीअनुसारका लगानीका लागि आह्वान गरेको छ। लगानी बोर्ड आफैंमा कुनै आयोजनाको प्राविधिक पक्ष अध्ययन गर्ने निकाय होइन। तर दुईवटा आयोजना संयुक्त रूपमा बनाउन सकिन्छ भनेर उसले तयार पारेको विवरण प्राविधिक रुपमा सही छ भन्ने प्रमाण के?

पश्चिम सेती र एसआर–६ दुवै जलाशययुक्त आयोजना हुन्। तर पश्चिम सेतीमा जति अध्ययन भएको छ, त्यसको एक प्रतिशत पनि अध्ययन एसआर–६ मा भएको छैन। दुईटै आयोजनालाई एउटै भंगालोमा हालेर अगाडि बढाउँदा पश्चिम सेतीको काम कति पर धकेलिने हो भन्ने विषयमा लगानी बोर्डले ध्यान पुर्‍याउन सकेको देखिँदैन। 

आयोजनाको विवरण खोज्न दुई दिन
लगानी बोर्डले लागानी सम्मेलनका लागि तयार पारेका आयोजनाको सूचीमा एसआर–६ जलाशययुक्त आयोजना पनि रहेको जानकारी पाएपछि उक्त आयोजना कहाँ कसरी निर्माण गर्न खोजिएको हो भन्ने विषयमा जानकारी पाउनै मुस्किल छ। 

Ncell 2
Ncell 2

चैत ५ गते लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाँईलाई उक्त आयोजनाका बारेमा प्रश्न राख्दा आफूलाई विस्तृत जानकारी नभएको र एकदुई दिनमा सबै आयोजनाको विवरण लगानी बोर्डको वेवसाईटमा राख्ने प्रतिक्रिया दिए। 

एसआर-६ सम्बन्धी विस्तृत जानकारी लिन लगानी बोर्ड, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय तथा विद्युत प्राधिकरणका अधिकारीमार्फत् सोधखोज गर्न थालियो। चैत ७ गते प्राधिकरणका सूचना अधिकारी प्रबल अधिकारीलाई भेट्दा उनले पनि आयोजनाका बारेमा अनविज्ञता प्रकट गरे। अधिकारीले नै आयोजनाका बारेमा बुझ्न भन्दै विद्युत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाललाई फोन गरेपछि मात्रै जानकारी पाइयो कि आयोजनाको विस्तृत अध्ययन नै भएको रहेनछ। 

आयोजनाको सम्भाव्यता अध्ययनको निकै प्रारम्भिक चरणको मात्रै काम भइरहेको छ। त्यसअघि, जाईका मास्टर प्लान स्टडी भनेर सन् १९९३ मा अध्ययन भएको रहेछ। 

कर्णाली चिसापानीभन्दा माथि र पश्चिम सेती जलविद्युत परियोजनाभन्दा तल पर्ने यो आयोजनाका बारेमा लगानी बोर्डले जाईकाले गरेको अध्ययनलाई नै आधार मानेर विवरण राखेको छ। 

धनगढी विमानस्थलभन्दा १ सय ८० किलोमिटर टाढा र दिपायल बजारबाट पनि सोही दुरीमा आयोजना बन्ने भनिएको छ। आयोजना निर्माण गर्ने भनिएको ठाउँसम्म सडक पूर्वाधार बनेको छैन। उक्त आयोजनाको विद्युत गृहबाट राष्ट्रिय प्रशारणलाइन ३० किलोमिटर टाढा छ। आयोजना बनाउदा प्रशारणलाइन निर्माण कसले गर्ने भन्ने विषयमा लगानी बोर्डले कुनै कुरा उल्लेख गरेको छैन। 

सार्वजनिक-नीजि साझेदारीमा बनाउने भनिएको आयोजनामा सरकारले जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा आयोजनाको सुरक्षा सरकारले गर्ने कुरा उल्लेख गरेको छ। त्यसैगरी नीजि क्षेत्रले आयोजनाको योजना, अध्ययन, लगानी, निर्माण र सञ्चालनको जिम्मा लिनुपर्ने उल्लेख छ। 

सन् १९९३ मा जाईकाले गरेको अध्ययनअनुसार १ अर्ब १७ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, २६ वर्षसम्म आयोजनाको लागत बढेर कति पुग्यो भन्ने कुरालाईसमेत लगानी बोर्डले हेक्का राखेको देखिँदैन।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार
शेरबहादुर देउवाले चुनाव नलड्ने
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्