काठमाडौं– फिल्म प्रदर्शनका लागि केही न केही पर्व कुर्नैपर्ने संस्कार युट्युबमा पनि जोडिएको छ। नयाँ वर्ष २०७५ को छेकोमा लगातार ४ फिल्म युट्युबमा सार्वजनिक भएका छन्।
फिल्म रानी, पर्व, पुरानो डुङ्गा र कारखाना यसै हप्ताभित्र युट्युबका सार्वजनिक भएका हुन्। विशेषगरी हलसम्म पुगेर फिल्म हेर्नबाट छुटेका दर्शकहरुका लागि पछिल्लो समय सिडी र डिभिडीभन्दा पनि युट्युब सहज माध्यम भएको छ।
त्यसैले कतिपय दर्शक फिल्म हेर्नका लागि युट्युबमा फिल्म कुरेर बस्ने गरेका छन्। यस हप्ता सार्वजनिक ४ वटै फिल्म युट्युबको ट्रेन्डिनङमा आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।