एजेन्सी– फिल्म बनाउनुभन्दा अगाडि नै निर्माताले अनुमान लगाउन सक्छन् कि फिल्म कतिसम्म चल्न सक्छ भनेर। तर बलिउड स्टारहरु अभिनित यस्ता केही फिल्म छन्, जसका कारण उक्त फिल्मका निर्माताहरु आजसम्म पनि पुर्पुरामा हात राखेर बस्न बाध्य छन्। त्यस्ता केही फ्लप फिल्महरु यस्ता छन्—
रावन
अभिनेता शाहरुख खान अभिनित फिल्म रावन उनको जीवनको सबैभन्दा विशेष फिल्म थियो। फिल्मको लगानी मात्रै १३० करोड रहेको थियो। जति विशेष थियो उति नै शाहरुखका लागि चुनौती पनि। अन्तत: फिल्म सुपर फ्लप बन्न पुगेको थियो।
वीर
सलमान खान अभिनित फिल्म वीर उनको जीवनको सबैभन्दा कमजोर साबित भएको फिल्म हो। करिब ४० करोडमा निर्माण भएको फिल्मले मात्र ४६ करोडको व्यापार गरेको थियो। सलमानको यस फिल्मलाई बलिउडमा उनको आजसम्मको सुपर फ्लप फिल्मका रुपमा हेरिएको छ।
सावरिया
संजय लीला भंसालीको फिल्म सावरिया अभिनेता रणवीर कपुर र सोनम कपुरको डेब्यु फिल्म पनि हो।
यस फिल्मलाई भंसालीले निकै कम बजेटमा तयार गरेका थिए। भंसाली बलिउडमा निकै अनुभवी फिल्मकर्मी मानिन्छन्। त्यसैले पनि हुन सक्छ उनले फिल्ममा डेब्यु कलाकारहरुका लागि ठूलो लगानी गर्नु उचित ठानेनन्।
भंसालीले उक्त फिल्मका लागि ४० करोड लागानी गरेका थिए। फिल्मले अन्ततः ३६ करोडको मात्र व्यापार गर्यो। त्यसैले यो फिल्म रणवीर र सोनमको सुपर फ्लप फिल्म अन्तर्गत पर्दछ।
बाँम्बे वेलवेट
करण जौहरको सबैभन्दा फ्लप फिल्म हो बाँम्वे वेलवेट। यो फिल्म १२० करोड लागनीमा बनाइएको थियो। तर फिल्मले मात्र ३१ करोडको मात्रै व्यापार गर्यो। करण आजसम्म पनि यो फिल्मबाट पछुताइरहन्छन्।
हिरो
सलमान खानको प्रोडक्सनमा निर्माण भएको फिल्म हिरोमा सुरज पंचोली र आथ्या शेट्टीले डेब्यु गरेका थिए। फिल्मबाट पूर्ण रुपमा घाटा हुने कुरा सलमान खानलाई थाहा हुँदाहुँदै पनि उनले फिल्मका लागि लगानी गरे। अन्ततः फिल्म पूर्ण असफल बनिदियो।
ब्लू
अभिनेता अक्षय कुमारको फिल्म ब्लू करिब १०० करोडको लागानीमा निर्माण भएको हो। तर फिल्मले अपेक्षा अनुसार प्रतिक्रिया पाउन सकेन।
फिल्म व्यापारिक हिसाबमा पनि नराम्रोसँग फ्लप बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।