काठमाडौं – अभिनत्री शिल्पा पोख्रेल र अभिनेता अनुप विक्रम शाही अभिनित फिल्म ‘विराङ्गना’ले असार २९ गतेका लागि आफ्नो प्रदर्शन मिति तय गरेको छ।
गत शनिबार निर्देशक राजबहादुर सानेले आफ्नो जन्मदिनको अवसरमा फिल्मको रिलिज डेट घाेषणा गरेका हुन्।
उक्त फिल्मको काठमाडौंमा बि.के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएका छन्। नारीप्रधान फिल्मलाई एक्सन विधामा निर्माण गरिएको छ।
बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह–निर्माता रहेको ‘विराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो।
फिल्ममा शिल्पा र अनुप विक्रमकासाथमा पृथ्वीराज प्रसाईं, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।