• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खाली मैदानको निराशा

64x64
ऋग्वेद शर्मा बिहीबार, जेठ १५, २०७७  ०७:०१
1140x725
कोरोना भाइरसको जोखिम देखिन थाल्दा इटालीमा बन्द रंगशालामा खेल गरिएको थियो। जहाँ युभेन्टसका क्रिष्टियानो रोनाल्डोले इन्टर मिलानविरुद्धको खेलमा खाली स्टेडियमतिर दर्शकलाई अभिवादन गरेका थिए।

काठमाडौं- कहिलेकाहिँ परिस्थितिले कल्पना नगरेको अवस्था पनि आइलाग्छ। अहिले विश्व फुटबलमा देखिएको खाली रंगशाला त्यस्तै अकल्पनीय अवस्था हो। कोरोना भाइरस (कोभिड १९) का कारण धेरै फुटबल प्रतियोगिता स्थगित छन्, सुरु भएकाहरु पनि बन्द रंगशालामा। 

यसैले अहिले फुटबलका रोचक भिडन्तका समाचारमा पनि सुरुका केही हरफ हराइरहे जस्तो लाग्छ। हजारौँ दर्शकको भिड, उनीहरुको उत्साह, खेलअघिको माहोल, अनेकौँ रंग र ब्यानरहरु सबै हराइरहेका छन्।

न त टिमलाई घरेलु मैदानको फाइदा न त खेलाडीको जुरुक्क उचाल्ने गोलको खुशी। जर्मन बुन्डेस लिगाले गएको दुई हप्ता यता संकटको फुटबल कस्तो हुन्छ भन्ने देखाइरहेको छ। बुन्डेस लिगा हेरेर नै अन्य लिगमा अवस्था के हुन्छ अनुमान लगाउन सकिन्छ। 

घरेलु मैदानमा दर्शकको उत्साहजनक साथ छैन। विपक्षी मैदान र आफ्नो मैदानमा खेल्नुको नौलोपन खेलमा देखिँदैन। बुन्डेस लिगामा बन्द रंगशालाको २२ खेललाई हेर्ने हो भने टिमले घरेलु मैदानमा तीन खेल मात्र जितेका छन्। जुन अस्वभाविक लाग्छ। गोललाई हेर्दा पनि घरेलु टिमले २५ गोल गरेका छन् भने विपक्षी टिमले ४४ गोल गरेका छन्। 

बुन्डेस लिगा क्लब बोरुसिया मुन्छेनग्लाडबाखले दर्शकको स्थानमा समर्थकले आफ्नै तस्बिर राख्न सक्ने योजना बनायो। जसमा हजारौँले तस्बिर पठाए। उनीहरुले तस्बिर राखेवापत १९ युरोसमेत तिरे।

०००
मंगलबार राति बुन्डेस लिगाको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमुन्डले शीर्ष स्थानको बायर्न म्युनिकसँग अंक दुरी कम गर्न घरेलु मैदान फलदायी हुने आश गरिरहेको थियो। तर दर्शक बिनाको रंगशालामा चौर मात्र घरेलु मैदान बन्न सकेन। खेल बायर्नले १-० ले जित्यो। 

खेलको पहिलो मिनेटदेखि नै त्यसको ‘टेम्पो’ उचालिएको थियो। दुवै पोस्टमा गतिला अवसरहरु देखिन थालिसकेका थिए। जर्मन फुटबलको तीब्रताको स्वाद देखिन्थ्यो नै। बन्द रंगशालामा फुटबल मात्रैले पनि दर्शकको रौँ ठाडा हुन सक्ने देखाइरहेको थियो। तर त्यस्तो रोचक खेलमा दर्शकको आवाजको संगीत समायोजन नहुनु धेरै खल्लो थियो। 

मैदानमा खेलिरहेका खेलाडीका लागि मात्र होइन घरमा टेलिभिजनमा खेल हेरिरहेका दर्शकका लागि पनि खाली रंगशाला निरश बनिरहेको छ। यसैले युरोपका केही टेलिभिजनहरुले त प्रत्यक्ष प्रसारणमा ‘दर्शकको हुटिङको ध्वनी’ छुट्टै समेत प्रयोग गरिरहेका छन्। पृष्ठभूमिमा आइरहने मधुरो कोलाहलको महत्व यो समय थाहा भइरहेको छ। 

खेलाडीहरु खेलका लागि मैदानसम्म आउँदा पनि शारीरिक दुरी बनाउनका लागि धेरैवटा बसको प्रयोग गरिएको छ। हरेकलाई मास्क अनिवार्य छ। खेलमा सहभागी हुनेहरु सबै होटलमा एक हप्ता अनिवार्य क्वारेन्टाइनमा छन्। कोरोना भाइरस परीक्षण नियमित रुपमा भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2
बुन्डेस लिगाका साल्केविरुद्ध गोल गरेपछि शारीरिक दुरीसहित गोलको खुशी मनाउँदै बोरुसिया डोर्टमुन्डका हाल्याण्ड। 

खेलाडीबाहेक पनि अफिसियल र पत्रकार सबैको परीक्षण गरेर मात्र रंगशाला प्रवेश दिइने व्यवस्था छ। बुन्डेस लिगालाई नै हेर्दा खेल भइरहेको समय मैदानमा २ सय १३ जना मात्र उपस्थित हुन अनुमति छ। जसमा ९८ जनामा खेलाडी, प्रशिक्षक टिम र बल ब्वाइहरु छन् भने बाँकी १ सय १५ जनामा सुरक्षाकर्मी, स्वास्थ्यसम्बद्ध व्यक्ति र सञ्चार माध्यमका मानिस छन्। त्यसबाहेक सुरक्षागार्ड र भिडियो असिस्टेन्ट रेफ्री अपरेटर सहित अरु १ सय ९ जना रंगशालाको बाहिर तैनाथ छन्। 

खेल सुरु हुनुअघि र मध्यान्तरमा पनि फुटबल सफा गर्ने काम हुन्छ। अतिरिक्त खेलाडीहरु दुरी बनाएर बसेका हुन्छन् र सबैले मास्क लगाएकै छन्। खेलाडीहरुलाई निर्देशन दिन सजिलो होस् भनेर मुख्य प्रशिक्षकलाई भने मास्क बिना उपस्थित हुनसक्ने अनुमति छ। खेलाडी परिवर्तनको समय परिवर्तन भएर मैदान पस्ने खेलाडीले मास्क खोल्ने र बाहिर निस्कने खेलाडीले मास्क लगाउने गरिएको छ।

गोल गरेपछिको ‘सेलिब्रेसन’मा पनि केही खेलाडीले शारीरिक दुरी बनाएर नै खुसी साटिरहेका देखिन्छन् भने केहीले कुइनानेरको भागले एकअर्काको काँधमा हात राखेर र कुइना जुधाएर खुसी साटिरहेका हुन्छन्। जसले केही हदसम्म भए पनि गोलको उत्साहलाई मर्न दिइरहेको छैन।

यसैले हेर्था बर्लिनका फरवार्ड भेदाद बिसेभिचले भनेका छन्- ‘हामी खेलाडीहरु रोबोर्ट जस्तो पक्कै पनि होइन, त्यसैले त्यो उत्साह, जोश र आवेग त देखाउनै पर्ने हुन्छ। खाली रंगशालामा नै भए पनि।’

दक्षिण कोरियाको के लिगमा एफसी सिओलले दर्शक बस्ने ठाउँमा राखेको ‘सेक्स डल’। जुन कामको आलोचना भएपछि क्लबले माफीसमेत माग्नुपर्यो। तस्बिर – एएफपी

०००
दर्शक नहुँदाको एउटा फाइदा भने रेफ्रिलाई भएको देखिन्छ। दर्शकको चिच्याहटमा उनीहरुलाई जुन दबाब हुन्थ्यो त्यो अहिले छैन। जसले गर्दा रेड कार्ड र एल्लो कार्डको ठूलो तनाव पनि रेफ्रिमा नहुन सक्छ। तर बुन्डेस लिगाका खेललाई हेर्दा भने कार्डको जोखिम कम भएको भने देखिँदैन।

बुन्डेस लिगा सुरु भएको पहिलो हप्ता समग्रमा २४ कार्ड प्रयोग भएका थिए। दोस्रो हप्ता २५ कार्ड प्रयोग भए। जुन तुलनात्मक रुपमा लिग रोकिनु अगाडिको समयमा जस्तो नै छ। लिग रोकिनुअघिको पाँच हप्ताको खेललाई हेर्ने हो भने बुन्डेस लिगामा सरदर २४ कार्ड नै प्रयोग भएका थिए। 

दर्शक नहुँदाको असर खेलाडीमा जति देखिन्छ, तनाव कम हुने फाइदा रेफ्रिमा पर्छ नै। अनावश्यक आवाजको दबाब नहुनु पनि अफिसियलका लागि ठूलो राहत हो। त्यसबाहेक बाँकी सबैका लागि खाली रंगशालाको अवस्था सुखद छैन। 

यसैले हुनुपर्छ कोरोना भाइरस (कोभिड १९) को माहामारीबाट निस्किएर सबैभन्दा पहिले लिग सुरु गरेको दक्षिण कोरियाले केही खेलमा दर्शकको कृत्रिम आकृतिसमेत प्रयोग गरेको थियो। जसको उद्देश्य खेलाडीहरुले दर्शकतिर हेर्दा केही सन्तुष्टी महसुस गरुन् भन्ने थियो। 

जर्मन क्लब कोल्नले दर्शकको सिटमा टी सर्ट, गलबन्दी जस्ता सामानहरु राखेर दर्शकको अभाव कम गर्ने प्रयास गरेको थियो। तस्बिर– गेटी

तर ‘सेक्स डल्स’ को प्रयोग गरिएको भन्दै निकै आलोचना भयो। जसका कारण एफसी सिओलले माफीसमेत माग्नुपर्यो। सामान डेलिभरी गर्नेले कृत्रिम दर्शकका रुपमा स्थापित गर्नुपर्ने आकृतिमा फरक शैलीमा बुझिने आकृति राखिदिएको भन्दै क्लबले माफि मागेको थियो। 

दक्षिण कोरियामा नै केही रंगशालामा भने दर्शकको कृत्रिम आवाज आउने गरी पनि व्यवस्था मिलाइएको छ। त्यसरी पुरानो कुनै खेलमा भएको हुटिङको रेकर्डलाई बजाएर पनि अहिलेका लागि दर्शकको अभाव मेट्ने प्रयास भइरहेको छ। 

यस्तै जापानले दर्शकको अभाव महसुस हुन नदिन नयाँ शैली अपनाउने भएको छ। जसलाई ‘रिमोर्ट दर्शक’ को शैलीमा जापानमा यामाहाले विकास गरेको छ। खेलको प्रत्यक्षप्रसारण हेरिरहँदा दर्शकहरुले एउटा मोबाइल एप्लिकेसनमार्फत आफ्नो आवाज रंगशालासम्म प्रत्यक्ष पुर्याउन सक्नेछन्। जसले गर्दा मैदानमा खेलिरहेका खेलाडीहरुले पनि दर्शकले कराएको, ताली बजाएको सुन्न सक्नेछन्। जसका लागि मैदानमा ५८ वटा स्पीकर समेत जडान गरिएका छन्। 

दक्षिण कोरिया र जापानमा जस्तै दर्शकको अभाव धेरै महसुस नहोस् भन्नका लागि अनेक शैली अन्त पनि अपनाइएको छ। ताइवानमा बेसबल लिगमा दर्शकदिर्घाबाट ड्रमसेटको बजाएको आवाज आइरहेको थियो। जहाँ रोबोर्टमार्फत कृत्रिम रुपमा लाइभ म्युजिक बज्ने व्यवस्था मिलाइएको थियो। 

बुन्डेस लिगामा बोरुसिया डोर्टमुन्ड र बायर्न म्युनिकको खेलको एक दृश्य। तस्बिर- पिए।

यस्ता शैलीमध्ये सबैभन्दा प्रख्यात कारबोर्डमा काटिएका फोटाहरु दर्शक बस्ने ठाउँमा राख्ने चलन भइरहेको छ। यसैले बुन्डेस लिगा क्लब बोरुसिया मुन्छेनग्लाडबाख क्लबले एक कदम अघि सरेर त्यसरी दर्शक बस्ने ठाउँमा राखिने तस्बिरमा दर्शकहरुले आफ्नै तस्बिर पठाउन सक्ने समेत गरिदियो। जसमा हजारौँ दर्शकहरु सामेल भए। त्यसरी आफ्नो तस्बिर राखेबापत उनीहरुले क्लबलाई १९ युरोसमेत तिरे। 

०००
तर प्रश्न जटिल छ, यस्तै कृत्रिमताले फुटबल कतिसमयसम्म फुटबल खेल जस्तै रहला? लामो समय यही शैलीले खेल भावना र खेलको उत्साह अघि बढ्न सक्ला? 

ट्याप ट्याप ट्याप...ओ ओ ओओओ...हे हे हेहेहे.... जस्ता आजावमा हात हल्लाइरहेका उफ्रिरहेका दर्शकहरु मैदानबाट सधैँका लागि हराए भने होला? किनभने हरेक खेलबाट दर्शकलाई निकालिदिने हो भने त्यो बन्द कोठाको ब्यापारभन्दा बढी हुँदैन। 

बुन्डेस लिगाका पछिल्ला खेलहरुलाई हेर्ने हो भने नै दर्शकको होहल्ला बिनाको खेलमा फुटबलको पुरानो रंग देखिँदैन। राम्रो खेलिरहेका या नराम्रो खेलिरहेका आधारहरु साँघुरिएका छन्। 
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कुन कुन क्षेत्रबाट देखिन्छ ? बुधबार, साउन २७, २०८३
सुदूरपश्चिममा सत्ता परिवर्तनको तयारी, मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने बुधबार, साउन २७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, साउन २७, २०८३
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्