• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आर्थिक सर्वेक्षणको सन्देश : फागुनसम्म अर्थतन्त्र 'सन्तोषप्रद'

64x64
नेपाल लाइभ मंगलबार, जेठ १३, २०७७  १९:३३
1140x725

काठमाडौं- आर्थिक सर्वेक्षणको २८ बुँदा लामो कार्यकारी सारांशको अन्तिम बुँदामा अर्थमन्त्री डा युवराज खतिवडाले भने, 'समग्रमा, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कदमहरू चाल्नु अघिसम्म अर्थतन्त्रका आधारभूत परिसूचकहरू र विकासका क्रियाकलाप सन्तोषप्रद रहेका देखिन्छन्। तर तत्पश्चातको अवस्थामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधिहरु शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायतका क्षेत्र बढी प्रभावित भई आर्थिक विकास र स्थायित्वका परिसूचकहरूमा चाप पर्दै गएको छ।'

अर्थमन्त्री खतिवडाले भनेजस्तै नेपालमा कोरोनाको संक्रमण देखिनु अघिसम्म सरकारको आय र खर्चबाहेक बाँकी क्षेत्रको अवस्था ठीकै थियो। आयात केही घटेको थियो, निर्यातको सामान्य वृद्धि भएको थियो। व्यापार घाटा गत वर्षको तुलनाको तुलनामा केही घटेको थियो। 

आर्थिक वर्षको पहिलो ८ महिना १० दिन अर्थात् चैत १० गतेपछि अवस्था फेरियो। कोरोना भाइरसकै कारण उत्पन्न परिस्थितिका कारण सरकारले लकडाउन गरेको छ। आन्तरिक तथा बाह्य पर्यटन ध्वस्त भएको छ। सरकारले उच्च प्राथमिकता दिएका कृषि, पूर्वाधार र पर्यटनमध्ये तेस्रो क्षेत्र थला परेको छ। 

आर्थिक सर्वेक्षणले आर्थिक वर्षको ८ महिनाको तथ्यांक मात्रै समेट्ने हो। तर यसपटक ८ महिनापछि अर्थतन्त्रको गति फेरिएको छ। सरकारले नै अपेक्षा गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सिमित हुने अनुमान गरेको छ। प्रतिव्यक्ति आय १ लाख २६ हजार रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। प्रतिव्यक्ति आय बढे पनि बचतको हिस्सा कमजोर हुने देखिएको छ। कूल गार्हस्थ उत्पादनमा बचतको हिस्सा घट्ने प्रक्षेपण गरिएको छ। 

'हाम्रो आयका क्षेत्रहरु कोरोनाको प्रत्यक्ष संक्रमणमा परेका कारण बचत घट्ने अवस्थामा पुगेको हो,' पूर्व अर्थसचिव डा शान्तराज सुवेदी भन्छन्, 'यसले दीर्घकालीन् लगानीसम्म अब प्रभावित हुनेछ।' अर्थमन्त्री खतिवडाले नै चालु वर्ष गत वर्षको तुलनामा ३ प्रतिशतले लगानी घटेको बताएका छन्। 'कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३.४ प्रतिशतले न्यून भइ १८ खर्ब ८९ अर्ब २६ करोड रूपैयाँ हुने अनुमान छ,' मन्त्री खतिवडाले भनेका छन्। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रूपैयाँ रहेकोमा यस वर्ष ९१ अर्ब ९० करोड थप भई गत फागुनसम्म ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ। यसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र बाह्‌य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड रूपैयाँ रहेको छ। 

गरिबी घट्ने
चालू आर्थिक वर्ष २०७६/०७७ मा निरेपक्ष गरिबी घट्ने सरकारको अनुमान छ।सरकारले चालु आावमा निरपेक्ष गरिबी क्रमशः घट्दै १६ दशमलव ६७ प्रतिशतमा झर्ने अनुमान गरेको हो। तर,आर्थिक सर्वेक्षणमा सरकारले २०७५/०७६ को निरेपेक्ष गरिबीको अनुपात उल्लेख गरिएको छैन। सवेक्षणमा आर्थिक वर्ष २०७४/०७५ मा निरेपक्ष गरिबीको अनुपात कुल परिवारको १८ दशमल ७ रहेको मात्रै उल्लेख गरेको छ।

विसं २०८७ सम्ममा आय असमानता न्यूनीकरण गर्दै गरिबीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशतमा झार्ने र २१०० सम्ममा पुग्दा शून्यमा झार्ने सरकारको लक्ष्य छ।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी लगानी घट्न सक्ने
नेपालमा भित्रने वैदेशिक लगानी चालु आर्थिक वर्ष २०७५/७६ मा पछिल्लो ४ वर्षयताकै न्यून हुनसक्ने सरकारले प्रक्षेपण गरेको छ। यस वर्ष १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। आर्थिक वर्ष २०७२/७३ पछि चालु आर्थिक वर्षमा सबैभन्दा कम वैदेशिक लगानी भित्रिने देखिएको हो। 

गत फागुन मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक लगानी भित्रिए पनि लगानीको प्रतिबद्धता भने १ अर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ बराबर देखिन्छ। यस वर्षको लगानी प्रतिबद्धता पछिल्ला ४ वर्षयताकै न्यून हो। आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ६३ अर्ब, २०७४/७५ मा ३ खर्ब ५१ अर्ब र २०७५७६ मा २ खर्ब ८३ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानी नेपाल भित्रिएको थियो। 

फागुनसम्ममा लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ भने उद्योग विभागबाट २९ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागमार्फत १ सय ७१ वटा उद्योगमा लगानी भित्रिएको छ। 

उद्योग बढे, रोजगारीमा सानाको हिस्सा धेरै
सर्वेक्षणअनुसार मुलुकमा उद्योगको संख्या गत वर्षको तुलनामा चालु वर्षमा ३ सय ८० वटाले बढेका हुन्।सर्वेक्षणअनुसार देशमा ११ सय ६२ ठूला, १८ सय ४६ मझौला र ५२ सय ४ वटा साना उद्योग गरी कूल ८ हजार २ सय १२ उद्योग सञ्चालनमा छन्। गत वर्ष १ हजार ७८ ठूला, १६ सय ९८ मझौला र ५ हजार ५६ वटा साना उद्योग गरी कूल ७ हजार ८ सय ३२ वटा उद्योग सञ्चालनमा थिए। 

Xtrem

Xtrem

सर्वेक्षणमा उल्लेखित विवरणअनुसार ठूला उद्योगको औषत रोजगारी सिर्जना १४० जना छ। यो गत वर्ष १४३ थियो। यसैगरी मझौला उद्योगबाट सिर्जित रोजगारी औषतमा ९० छ। यो संख्या गत वर्ष ९३ थियो। यसैगरी साना उद्योगबाट सिर्जित रोजगारीको संख्या गत वर्ष औषतमा ५५ जना भएकोमा यो वर्ष बढेर ७५ पुगेको छ। 

रेलमार्ग ५६ किलोमिटर बन्यो
चालु आर्थिक वर्षको फागुनसम्ममा जयनगर-जनकपुर-बर्दिवास ७० किलोमिटर रेलमार्गमध्ये ५६ किलोमिटर निर्माण सम्पन्न भएको छ। उक्त खण्डको रेलमार्ग निर्माणलाई लकडाउनकै अवधिमा समेत निरन्तरता दिइएको हो। २०७६ असारसम्म बर्दिवास-निजगढ रेलमार्गको बर्दिवास-लालबन्दी खण्डको ३० किलोमिटर क्षेत्रको ट्र्याक बेडमध्ये २५.६ किलोमिटरको निर्माण भएकोमा चालु आवको फागुनसम्म थप ३.५ किलोमिटर ट्र्याक बेड निर्माण सकिएको छ।

त्यसैगरी मेची-महाकाली विद्युतीय रेलमार्ग ९ सय ४५ किमिको आर्थिक वर्ष २०७६/७७ फगुनसम्म विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। यसैगरि चालू आवको फागुनसम्म केरुङ-काठमाडौं र वीरगन्ज-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

९० प्रतिशत जनतामा विद्युत सेवा
आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालु आर्थिक वर्ष २०७६/७७ मा विद्युत पहुँच पुग्ने जनसंख्या २ प्रतिशत बिन्दुले बढेर ९० प्रतिशत पुगेको छ। सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा ८८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेकोमा एक वर्ष अवधिमै २ प्रतिशत बिन्दुले बढेको देखिएको हो। गत फागुन मसान्तसम्ममा विद्युत उपभोग गर्ने ग्राहकको संख्या ४१ लाख ५५ हजार ६ सय ४० रहेको छ। 

सबैभन्दा धेरै बागमती प्रदेशमा ९५ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २७ प्रतिशत जनसंख्यामा मात्रै विद्युत पहुँच पुगेको छ। अन्य प्रदेशहरुको अवस्था हेर्दा प्रदेश नंम्बर १, २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा क्रमशः ८६ दशमलव ३, ८७ दशमलव २५, ८७ दशमलव ४८, ८९ दशमलव ०९ र ६७ दशमलव ३३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्