• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघ अध्यक्ष भवानी राणामाथि साधारणसभा मिति घोषणा गर्न दबाब

64x64
उत्तम काप्री सोमबार, जेठ १२, २०७७  १९:२०
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणामाथि ५४औं साधरणसभाको मिति तोक्न केही कार्यकारी समितिका सदस्यले दवाब दिन थालका छन्।

२०७६ चैत २८ र २९ गतेका लागि तय भएको महासंघको ५४औं साधरणसभा (नेतृत्व चयनको महाधिवेशन) कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशभर लागू हुने गरी गरेको लकडाउनका कारण स्थगित भएको थियो। 

स्थगित भएको साधरणसभा महासंघ कार्यकारी समितिले २०७७ जेठ ७ र ८ गते  निर्णय गरेको थियो। तर, उक्त सयममा पनि लकडाउन जारी रहेको र कोरोना संक्रमण फैलिने क्रम बढेको भन्दै जेठ ७ र ८ गते पनि महासंघको ५४औं साधरणसभा हुन सकेन।

यी दुवै मितिमा साधारणसभा हुन नसकेपछि वरिष्ठ उपाध्यक्षका उमेद्वारी घोषणा गरेका व्यवसायी चन्द्रप्रसाद ढकालको समूहले तत्काल साधारणसभाको मिति तोक्न अध्यक्ष भवानी राणालाई दवाब दिन थालेका छन्। व्यवसायी ढकालले अध्यक्ष राणालाई कार्यकारी समितिको बैठक राखेर मिति तोक्न दवाब दिन थालेका हुन्।

व्यवसायीहरुको दवाब बढ्ने थालेपनि महासंघकी अध्यक्ष राणाले पनि सोमबार अनलाइन मिटिङ राखेकी थिइन्। महासंघको कार्यकारी समितिको बैठकमा अधिकांश  उपस्थितहरूले देश नै महामारीको अवस्थाका रहेका बेला साधारणसभाको मिति तोक्न नहुने तर्क राखेको बैठकमा सहभागी एक सदस्यले नेपाल लाइभसँग बताए।

Ncell 2
Ncell 2

बैठकमा ५४औं साधारणसभाबाट स्वतः अध्यक्ष हुने वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समेत यो महामारीको बेला साधारणसभाको मिति तोक्न नहुने तर्क राखेको ती सदस्यले बताए।

‘मैले स्वतः चैतपछि अध्यक्ष हुँदै व्यवसायीको सेवामा काम गर्ने अवसर पाएको थिएँ। तर, महामाहरीका कारण त्यो हुन सकेन। फेरि यस्तो महामारीको बेला हामीले साधारणसभाको मिति तोक्दा राम्रो सन्देश जाँदैन,' भर्चुअल मिटिङमा सहभागी ती सदस्यलले वरिष्ठ उपाध्यक्ष गोल्छालाई उद्धृत गर्दै नेपाल लाइभसँग भने, 'समय तोक्ने परेको अवस्थामा पनि लकडाउन सकिएपछि मात्रै विचार गर्नुपर्छ।’ तर, जसले साधरण सभाको मिति तोक्न दवाब दिँदै अध्यक्षलाई मिटिङ राख्न आग्रह गरेको थिए उनी नै मिटिङमा उपस्थित नभएको अर्का एक जना भर्चुअल बैठकमा सहभागी भएका सदस्यले बताए।

जिल्ला बाहिरका प्रतिनिधिलाई काठमाडौं ल्याउने जिम्मादेखि कोराना परीक्षण गराउने जिम्मा आफू लिने भन्दै व्यवसायी चन्द्रप्रसाद ढकाल समूहले दबाब दिएका थिए। तर, ढकालकै प्रतिस्पर्धी व्यवसायी किशोर प्रधानले भने तत्कालको अवस्थामा साधारणसभाको मिति तोक्न नुहेन र तोक्ने परे पनि लकडाउन पछि मात्रै गर्नु पर्ने तर्क राखेको समेत बैठकमा सहभागी अर्का एक सदस्यले बताए।

महासंघको ५४औं साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् भने अब निर्वाचित वरिष्ठ उपाध्यक्ष ३ वर्ष स्वतः अध्यक्ष हुने छ।

केही व्यवसायीले स्थगित महासंघको साधारण सभाको मिति तोक्न दवाब दिएको अध्यक्ष राणा पनि स्वीकार गर्छिन्। जसले महासंघको साधारणसभाको मिति तोक्नुपर्ने भन्दै कार्यकारी समितिको बैठक बोलाउन दबाब दिनेहरू नै अनलाईन जुम मिटिङमा  सहभागी नभएको बताइन् उनले बताइन्। ‘सरकारले नै कुनै पनि सभासम्मेलन तथा भिडभाड हुने कार्यक्रम नगरेका भने छ,’ अध्यक्ष राणाले भनिन, ‘यस्तो अवस्थामा सयम तोक्न सक्ने अवस्था छैन। समय तोक्दा बाहिर नराम्रो सन्देश जान्छ। नराम्रो सन्देश जानु भनेको संस्थाको छवि नै बिग्रनु हो।’

अहिले जीवन नै बचाउन समस्या भएको बेलाका हामीले ५४औं साधारणसभाको मिति तोक्नु नहुने राणाको तर्क छ। ‘समय तोक्ने विषयमा स्वतः अध्यक्ष हुने वर्तमान वरिष्ठ उपाध्यक्षसमेत सहमत हुनुहुन्न,’ राणाले भनिन, ‘व्यवसायी नै समस्यामा भएको बेला समय तोक्ने काम हुँदैन। समय तोक्ने पर्ने अवस्था आएपनि सरकारले लागू गरेको लकडाउन अन्त्य पछि सहमतिमा अगाडि बढ्ने हो।’

आफूलाई पनि पदमा बस्न मन भएर पदमा नबसेको अध्यक्ष राणाको तर्क छ। ‘मलाई पनि पदमा बस्न मन छैन,’ राणाले भनिन, ‘शेखर गोल्छाजीलाई अध्यक्ष पद 'ह्यान्डओभर' गर्न मलाई नै हतार भएको छ। तर, हतार भएको छ भन्दैमा संस्थाको छवि नै बिग्रन दिने कुरा भएन। मलाई  पनि पद ह्यान्डओभर राम्रो तवरबाट गर्न मन छ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३... शनिबार, पुस ५, २०८२
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०... शुक्रबार, पुस ४, २०८२
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि आइतबार, पुस ६, २०८२
तोकिएकै समयमा चुनाव गराउन लागिरहेका छौं : प्रधानमन्त्री आइतबार, पुस ६, २०८२
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु आइतबार, पुस ६, २०८२
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ आइतबार, पुस ६, २०८२
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्