• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट नरैनापुर : गाउँपालिका अध्यक्ष भन्छन्- सेना आए, अब डाक्टर र बिजुली पठाइदेऊ  

64x64
दुर्गा दुलाल सोमबार, जेठ १२, २०७७  ११:०१
1140x725

काठमाडौं- सोमबार बिहान फोनमा कुराकानी गर्दा बाँके, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह केही प्रफुल्ल थिए। इद मनाउने तयारीमा व्यस्त रहेका शाह शुक्रबारसम्म भने निकै त्रसित देखिन्थे। 

कोरोना भाइरसको संक्रमणले भयावह रुप दिन थालेको र क्वारेनटाइनमा रहेका मानिसहरु भागेर समुदायमा जान थालेपछि उनी त्रसित भएका थिए। क्वारेनटाइन र अस्पतालमा सीमित रहेको कोरोना संक्रमण गाउँगाउँमा पुग्ने अवस्था आउन लागेपछि उनी निकै डराएका थिए। यही डरका कारण उनले प्रधानमन्त्री कार्यालयदेखि प्रदेश सरकारसम्मलाई गुहारेका थिए।

सोमबार उनको अवस्था परिर्वतन भएको थियो। उनी खुसी हुँदै गाउँमा सरकारको उपस्थिति वृद्धि भएको सुनाइरहेका थिए। ‘नेपालगञ्जबाट सेनाको टोली आएको छ, अब छिट्टै अन्य सहयोग पनि आउने आश लागेको छ,’ अध्यक्ष शाहले टेलिफोनमा भने, ‘अब चाहिँ यहाँका जनतालाई बचाउन सकिएला भन्ने लागेको छ।’ तर, नरैनापुरका लागि अझै धेरै चिजको आवश्यकता रहेको उनले सुनाए। 

‘सरकारले नरैनापुरमा डाक्टरको विशेष टोली नै खटाउनुपर्छ, यसको लागि नरैनापुरमा सरकारले छिटोभन्दा छिटो बिजुली बत्तिको पनि व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘बत्ति भइदियो भने धेरै समस्याको समाधान हुन्छ।’ बिजुली आएमा यहाँ कोरोना अस्पताल स्थापना गर्न सम्भव हुने उनको आशा छ। 

बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगिसकेको छ। जिल्लामा कूल १ सय ४६ जनामा कोरोना संक्रमण हुँदा नरैनापुरमामात्र १ सय १४ संक्रमित छन्। नरैनापुरमा एक सातामै संक्रमित ह्वात्तै बढेर यो बिन्दुमा पुगेको हो।
 
नरैनापुरमा किन एक्कासि बढ्यो त कोरोना संक्रमण?
नरैनापुर गाउँपालिकामा ४३ हजारको हाराहारीमा जनसंख्या छ। भारतबाट आउनेलाई राख्न १३ क्वारेन्टाइन बनाइएका छन्। अहिले ७ सय जनालाई क्वारेनटाइनमा रािखएको छ। यो नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो।

नेपालगञ्जबाट करिब ३५ किलोमिटर पूर्वी-दक्षिणमा रहेको नरैनापुरमा मधेसी समुदायको बसोबास छ। कुनै समयमा नेपाली रुपैयाँ समेत नचल्ने यहाँका अधिकांश व्यक्ति कृषि पेसामा निर्भर छन्। शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेको नरैनापुरका प्रायः युवा वैदेशिक रोजगारीमा भारत जाने गर्छन्। रोजगारीबाट फर्केका व्यक्तिका कारण अहिले नरैनापुर कोरोनाको हटस्पट बनेको छ। 

सीमापारी आएर रोकिएका ८ सय युवालाई गाउँपालिकाले वैशाख अन्तिम साता उद्धार गरेर ल्याएको थियो। गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखियो र परीक्षण सुरु गरियो। कोरोना भाइरस प्रभावित क्षेत्र भारतको मुम्बई लगायत स्थानबाट फर्केर आएका व्यक्तिको क्वारेन्टाइनमै स्वाब परीक्षण गर्दा जेठ २ गते पहिलो पटक नै ८ जनामा कोरोना संक्रमण पुष्टि भयो।

त्यसलगत्तै क्वारेन्टाइनमै बसेको अवस्थामा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भयो। एम्बुलेन्सले बोक्न नमान्दा समयमा अस्पताल पुर्‍याउन नसकिएको र त्यही कारण उनको ज्यान गएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा दोस्रो कोरोना संक्रमितको मृत्यु थियो। उक्त घटनापछि नरैनापुरमा झन् डरलाग्दो अवस्था सिर्जना भयो। नरैनापुरमा पुष्टि भएका पहिलो संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप व्यक्तिको स्वाब संकलन थालियो। यसरी संक्रमितको खोजी हुँदा  संख्या झन्-झन् वृद्धि हुँदै गयो। नरैनापुरमा अहिलेसम्म पुष्टि भएकामध्ये ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ भने बाँकी संक्रमित नेपालगञ्ज, खजुरा र कोहलपुरका आइसोलेसनमा छन्।

समुदायमा गलत बुझाइले फैलायो कोरोना 
कोरोना भाइरसबारे यहाँका समुदायमा अहिले पनि बुझाइ गलत भएका कारण पनि संक्रमण फैलिएको अध्यक्ष शाह बताउँछन्।  कोरोना महामारीको मौका छोपेर कतिपय व्यक्तिले राजनीतिक लाभ लिन खोजिरहेका छन्। समुदायको गलत बुझाइ भएका कारण संक्रमित आइसोलेसनमा बस्नै चाहँदैनन्। केही दिनअघि संक्रमितलाई आइसोलेसनमा लैजान स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नरैनापुर पुग्दा एक समूहले अवरोध गर्ने प्रयास गरेको थियो। 

‘गाउँपालिकामा धेरै युवा भारतको मुम्बईबाट फर्केर आएका छन्, उनीहरु भारतबाटै संक्रमित भएर आएको  आशंका छ,’ अध्यक्ष शाहले भने, ‘त्यस कारण धेरै जनामा एकै पटक कोरोना फैलिएको हुनसक्छ।’ 

कलेजले निकाल्छ भनेर भ्रम फैलाइयो
गाउँपालिका अध्यक्ष शाहले क्वारेन्टाइनमा रहेका युवामाथि राजनीति गरिएको आरोप लगाए। ‘केही बदमास व्यक्तिले गलत हल्ला फैलाए, जसका कारण यहाँबाट मानिस भागे र समुदायमा फैलाउने त्रास सिर्जना भयो,’ शाहले भने।

शिक्षामा पछाडि परेको नरैनापुरमा कोरोना भाइरस सम्बन्धी गलत बुझाइ भएका कारण समस्या बल्झिएको उनको भनाइ छ। ‘कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा उल्टो केही व्यक्तिले कलेजबाट निकाल्छन् भनेर भ्रम फैलाए। त्यसैले मानिस क्वारेन्टाइनबाट भागे,’ अध्यक्ष शाहले भने।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरमा भारतबाट ठूलो संख्यामा मानिसहरु भित्रिएको र स्वाब परीक्षणको दायरा बढाएका कारण एकै पटक धेरैमा संक्रमण देखिएको बताए। ‘एक त भारतमा काम गर्ने मजदूरहरु नरैनापुरमा अधिकतम फर्के, अर्को, त्यहाँ परीक्षणको दायरा पनि ब्यापक गरियो, त्यही भएर संख्या बढेको हो,’ प्रजिअ खड्काले भने। भारतबाट आएका व्यक्ति नै कोरोना भाइरसबाट संक्रमित भएको प्रष्ट देखिएको उनले बताए।  

भारतबाट आएका व्यक्ति संक्रमित हुने सम्भावना बढी भएको हुँदा अन्य ठाउँमा पनि नरैनापुरको जस्तै संख्या बढ्न सक्ने देखिन्छ। ‘कोरोना भाइरसविरुद्ध गाउँपालिकाले मात्र प्रयास गरेर अब सम्भव नहुने देखिएकाले यसका लागि संघ र प्रदेश सरकारले नै विशेष ध्यान दिनुपर्छ,’ अध्यक्ष शाहले भने। 

कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यहाँ भैरवप्रसाद गणवाट सेना परिचालन गरियो। 

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले पहिलेको भन्दा अहिले सरकारको सक्रियता बढेको  बताए। ‘हामीले धेरै अनुरोध गरेपछि सरकार सक्रिय भएको छ, नरैनापुरमा अब सेना परिचालन हुँदैछ, सेनाले बस्ने ठाउँ हेरिसकेको छ,’ उनले भने। 

कोरोना भाइरसका कारण अवस्था भयावह बन्न थालेपछि गाउँपालिकाले प्रधानमन्त्री कार्यालय र प्रदेश सरकारसँग सहयोगका लागि पत्र लेखेर अपिल गरेको थियो।

यो पनि पढ्नुहोस्

नरैनापुर अध्यक्षको आक्रोश : कोरोनाबाट नागरिकको मृत्यु हुँदा पनि काठमाडौंलाई दुखेनशनिबार, जेठ १०, २०७७

यो पनि पढ्नुहोस्

नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णयआइतबार, जेठ ११, २०७७

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ११:०१
  • #नरैनापुर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्