• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नरैनापुर अध्यक्षको आक्रोश : कोरोनाबाट नागरिकको मृत्यु हुँदा पनि काठमाडौंलाई दुखेन

नरैनापुरमा मात्र ११३ जना कोरोना संक्रमित
64x64
दुर्गा दुलाल शनिबार, जेठ १०, २०७७  १७:५८
1140x725

काठमाडौं- प्रदेश ५ को बाँकेस्थित नरैनापुर गाउँपालिकमा मात्र कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ। बिहानसम्म ८६ जना संक्रमित रहेकोमा अहिले २७ जना थप भएर १ सय १३ संक्रमित पुगेका हुन्। गाउँपालिकको क्वारेनटाइनमा ७ सय मानिस छन्। 

छिनछिन कोरोना संक्रमित बढिरहेको तर सरकारले कुनै पनि चासो नदिएको गाउँपालिका प्रमुखले आरोप लगाएका छन्। उनले कुनै तहका सरकारले पनि नरैनापुरको कष्ट महसुस नगरेको भन्दै दुखेसो गरेका हुन्। 

'कसैलाई दुखेन नरैनापुर'
भारतबाट मानिसहरू आउने क्रम जारी रहेकाले संक्रमित थपिने क्रम पनि जारी रहेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए। उनका अनुसार अब गाउँपालिकामा क्वारेन्टाइन बेडसमेत अभाव हुन थालेको छ। थप आउनेलाई राख्ने स्थान नभएको गुनासो उनको छ। 

‘अहिले पनि २७ जना थपिएको खबर सुनेको छु। म पागल हुन लागेको छु,’ गाउँपालिका अध्यक्ष शाहले भने, ‘कति पटक प्रदेश सरकारलाई खबर गरिसकेँ। कति पटक काठमाडौँलाई। कति रोइकराई गर्दा पनि कसैलाई नरैनापुर दुखेन।’ 

'यहाँका नागरिक पढेलेखेको मानिस होइनन्। डाक्टर, नर्स र स्वास्थ्यकर्मी छैनन् भनेर कति पटक भनेँ भनेँ। तर कहीँबाट सुनुवाई भएन,' उनले भने, 'अब त आफैँलाई पनि गाह्रो पर्न थालिसक्यो। माथिल्लो तहले आफूलाई ढाडस दिए आफूले पनि नागरिकलाई ढाडस दिन सकिने रहेछ।'

आफ्नो कुरा कसैले नसुनेपछि सञ्चार माध्यमलाई पनि जानकारी गराएको तर कसैले यहाँको संवेदनशीलतालाई चासो नदिएको उनको भनाइ छ। 'यहाँको अवस्था एकदमै नराम्रो छ भनेर कति पटक भन्नू? कसलाई कसलाई भन्नू? कहाँ कहाँ भन्नू? आजसम्म कसैले वास्ता गरेको छैन। संघीय सरकारले चासो दिएकै छैन। प्रदेश सरकार पनि उस्तै छ।'  

‘यहाँ केही छैन, माथिबाट कोही आउँदैन। कहाँ जाऔं, के गरौं?  संघ र प्रदेश सरकारको के सिस्टम हो मैले कुरा बुझिरहेको छैन,’ अध्यक्ष शाहले गुनासो गरे, ‘कमसेकम मैले यहाँको अवस्था एकदमै नराम्रो छ भनेपछि त कतैबाट सुनिनुपर्ने होइन र?’

Ncell 2
Ncell 2

'७ सय जना क्वारेनटाइनमा राखेर व्यवस्था गर्न गाह्रो छ। सहयोग कतैबाट छैन। २५ वर्षीय युवकको क्वारेन्टाइनमा नै मृत्यु भयो। तैपनि कसैको ध्यान गएन,' उनको आक्रोश छ। 

'यहाँ अझै कति यस्तै बिरामी छन् भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर पनि कसैलाई चासो छैन। मानिस मरेपछि पनि नसुनेको सरकारले कहिले सुन्ने हो?’

क्वारेनटाइनमा रहेका धेरै मानिसमा अझैपनि कोरोना संक्रमण भएको हुन सक्ने उनको आँकलन छ। एकै पटक ४७ जनामा कोरोना संक्रमण देखिएपछि हटस्पट बन्न सक्ने भन्दै चिन्ता व्यक्त भएको थियो। तर हालसम्म पनि उक्त क्षेत्रमा प्रदेश र संघ सरकारबाट स्वास्थ्य र अन्य सहयोग नपुगेको अध्यक्षको भनाइ छ। 

दिनदिनै यति धेरै संक्रमित भेटिन थालेपछि यो स्थानबारे धेरैको चासो बनिरकेहेको छ। 

नरैनापुर गाउँपालिकाको जनसंख्या ४३ हजारको हाराहारीमा जनसंख्या छ। भारतबाट आउनेलाई राख्न त्यहाँ १३ स्थानमा क्वारेन्टाइन बनाइएका छन्। क्वारेन्टाइनमा न्यूनतम सेवा सुविधासमेत छैन। 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १७:५८
  • #Novel Corona Virus
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्