काठमाडौं– फिल्म भोरको ट्रेलर सार्वजनिक भएको छ।
सतिप्रथा विरुद्धको फिल्म 'झोला'का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। सार्वजनिक ट्रेलरमा मधेसमा व्याप्त दाइजो प्रथाको कथालाई प्रस्तुत गरिएको छ।
बैसाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा कृष्ण धारावासीको लेखन तथा निर्देशक भट्टराईको पटकथा छ।
फिल्ममा रामनारायण ठाकुर, अनितारानी मण्डल, प्रमेस झा, मदन ठाकुर, विष्णुकान्त झा लागायतका कलाकारको अभिनय रहेको छ। राम तिमल्सिना र राम गोपाल थापाको निमार्णमा बनेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।