काठमाडौं– चितवन-भरतपुर आसपासको क्षेत्रमा नेपाली सेनाको एउटा जहाज झन्डै १ घन्टादेखि आकाशमा घुमिरहेको छ। जहाजले एक दर्जन भन्दा बढी फन्को मारिसकेको छ। तर, उक्त उडान व्यवसायी तथा चार्टर भने होइन।
एनए०६४ कल साइन भएको नेपाली सेनाको उक्त हेलिकोप्टर सोमबार पनि यसरी नै उक्त क्षेत्रमा उडान गरेको थियो। लगात सोमबार र मंगलबार नै सेनाको हेलिकोप्टरले उक्त क्षेत्रमा उडान गरिरहेको छ।
किन जहाज आकाशमा फन्को मारेको मार्यै छ भन्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल टावरसँगको प्रश्नमा टावरले सेनाले तालिम गरिरहेको र तालिमका जहाज प्रयोग गरेको जानकारी गराएको छ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि मेगौलीमा सेनाको नियमति तालिम चलिरहेको बताए। सेनाले प्याराजम्पको लागि हेलिकोप्टर उडान गरेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।