काठमाडौं- जर्मन बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बायर्न म्युनिखले एफसी युनियन बर्लिनलाई २-० ले हराएको छ। खेलको ४०औँ मिनेटमा पेनाल्टीमार्फत लेवान्डोस्कीले र ८०औँ मिनेटमा पभार्डले गोल गर्दै जिताएका हुन्।
जितसँगै बायर्नको २६ खेलमा ५८ अंक भएको छ। दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डको २६ खेलमा नै ५४ अंक रहेको छ। बर्लिनविरुद्धको जितसँगै कोरोनाले रोकिएपछि फुटबलमा फर्किएको बायर्नका लागि सुखद सुरुवात भएको छ।
कोरोना भाइरस (कोभिड १९) को माहामारी रहेकै बेला शनिबारदेखि जर्मन लिग सुरु भएको हो। मैदानदेखि बाहिरसम्म आवश्यक सबै सुरक्षाका उपाय भने अपनाइएको छ।
शनिबार बुन्डेस लिगाको खेल अब फुटबल जगत कस्तो हुनेछ भन्नेमा संकेत गरेको थियो भने आइतबारको खेलले मानिसहरु त्यसमा आश्वस्त हुने प्रयासमा बढ्दै गएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।