• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फर्किएको शान्त फुटबल

64x64
ऋग्वेद शर्मा आइतबार, जेठ ४, २०७७  ११:४६
1140x725

काठमाडौं- जर्मनमा लिग फुबटल बुन्डेस लिगा शनिबार सुरु भयो। जसले रोकिएको विश्व खेलकुद गतिविधिमा नयाँ आश सञ्चार गरेको छ। दक्षिण कोरियाको के लिग गएको हप्ता नै सुरु भएको थियो भने बेलारुस र निकारागुवामा फुटबल रोकिएनन्। 

तर युरोपभर मात्र होइन विश्वभर रोकिएका ठूला लिगमा सबैभन्दा पहिले बुन्डेस लिगा सुरु गर्न सम्भव हुनुले दुई महिनाभन्दा बढी समयदेखिको कोरोना भाइरस (कोभिड १९) को त्रासबाट बाहिर निस्कनसमेत मद्धत गरेको विश्लेषण आइरहेका छन्। 

तर माहामारिमा फर्किएको फुटबल पहिलेको जस्तो लाग्दैन। टेलिभिजनको पर्दामा खेल हेरेका दर्शकलाई पनि एकातिर फुटबल फर्किएको खुशी छ भने अर्कोतिर निरशलाग्दो खेलशैलीले निराशा। मैदानमा खेलाडीलाई देखाउँदा पनि पृष्ठभूमिमा आइरहने ‘मधुरो कोलाहल’ को अर्थ यो समय थाहा भइरहेको छ। 

खेलाडीहरु खेलका लागि मैदानसम्म आउँदा पनि शारीरिक दुरी बनाउनका लागि धेरैवटा बसको प्रयोग गरिएको थियो। उनीहरु सबैले मास्क लगाएका थिए। खेलमा सहभागी हुनेहरु सबै होटलमा एक हप्ता अनिवार्य क्वारेन्टाइनमा बसेका थिए। र उनीहरुको कोरोना भाइरस परीक्षण नियमित रुपमा भइरहेको थियो। 

खेलाडीबाहेक पनि अफिसियल र पत्रकार सबैको परीक्षण गरेर मात्र रंगशाला प्रवेश दिइएको थियो। दर्शकहरुलाई भने नआउन भनिएको थियो। जसका लागि खेल हुने स्थानहरुमा मानिस जम्मा नहुन् भन्नका लागि प्रहरी निगरानी बढाइएको थियो। 

खेल भइरहेको समय मैदानमा २ सय १३ जना मात्र उपस्थित हुन अनुमति थियो। जसमा ९८ जनामा खेलाडी, प्रशिक्षक टिम र बल ब्वाइहरु थिए भने बाँकी १ सय १५ जनामा सुरक्षाकर्मी, स्वास्थ्यसम्बद्ध व्यक्ति र सञ्चार माध्यमका मानिस थिए। त्यसबाहेक सुरक्षागार्ड र भिडियो असिस्टेन्ट रेफ्री अपरेटर सहित अरु १ सय ९ जना रंगशालाको बाहिर तैनाथ थिए। 

खेल सुरु हुनुअघि र मध्यान्तरमा पनि फुटबल सफा गर्ने काम गरिएको थियो। अतिरिक्त खेलाडीहरु दुरी बनाएर बसेका थिए र सबैले मास्क लगाएका थिए। खेलाडीहरुलाई निर्देशन दिन सजिलो होस् भनेर मुख्य प्रशिक्षकलाई भने मास्क बिना उपस्थित हुनसक्ने अनुमति थियो। खेलाडी परिवर्तनको समय परिवर्तन भएर मैदान पस्ने खेलाडीले मास्क खोल्ने र बाहिर निस्कने खेलाडीलाई मास्क दिइने गरिएको थियो। 

Ncell 2
Ncell 2

गोल गरेपछिको ‘सेलिब्रेसन’मा पनि केही खेलाडीले शारीरिक दुरी बनाएर नै खुसी साटिरहेका देखिन्थे भने केहीले कुइनानेरको भागले एकअर्काको काँधमा हात राखेर खुसी साटिरहेका थिए। जसले गोलको उत्साहलाई मर्न दिइरहेको थिएन। शनिबार भएका ६ खेलमा मात्रै १६ गोल भएका थिए। केही खेलाडीले सामान्य अवस्थामा जस्तै गोलपछि एकअर्कालाई अंगालोसमेत मारेका थिए।

फिफाले ९० मिनेटको समयमा नै पाँच खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम बनाएकाले त्यसैअनुसार गरिएको थियो। 

अर्को रोचक पक्ष के देखियो भने खेलाडीहरु दर्शक नभएको स्टेडियमतिर फर्किएर अभिवादन गरिरहेका देखिन्थे। जसमा बोरुसिया डर्टमुन्डका खेलाडीहरुले रंगशालाको दक्षिण क्षेत्रतर्फ फर्किएर दर्शकलाई अभिवादन गरेका थिए। वुल्फ्सवर्गका खेलाडीहरुले हात मिलाउनको सट्टामा खुट्टा जुधाएर भेट गरिरहेका थिए। 

खेल गर्ने समय रंगशाला बाहिर नै पनि धेरै दर्शक उपस्थित भइदिएर अप्ठ्यारो पर्ने हो कि भन्ने अनुमान पनि गलत देखिएको छ। शनिबार बुन्डेस लिगाका खेल भएका रंगशाला बाहिरका दृश्य पनि शान्त थियो। दर्शकहरु जम्मा भएका थिएनन्। 

फुटबलले जीवन दिने भए पनि अहिले हतारमा लिग सुरु गर्नु व्यापार मात्र हेरिनु भएको भन्दै अग्सवर्गका केही समर्थकले रंगशालामा व्यानर राखेर विरोध पनि गरेका थिए। त्यसबाहेक पनि अनौठो परिस्थितिमा भइरहेको खेलले प्रशिक्षकहरु नै खुसी थिएनन्। 

प्याडेरबर्नसँगको गोलरहित बराबरीपछि डसेलड्रफका प्रशिक्षक रोस्लरले भनेका थिए- ‘आजको दिन अलि अनौठो भयो, म अलि भावुक मान्छे छु, खेलाडीहरुलाई अँगालो हालेर हौसला दिन राम्रो लाग्छ जुन मैले आज गर्न पाइनँ।’

डर्टमुन्डका प्रशिक्षक लुसियनले भनेका छन्- ‘मैदानमा कुनै हल्ला थिएन, गोलमा तपाइँ एक्लै कराएको जस्तो सुनिन्छ, उत्कृष्ट पास दिएर उत्कृष्ट गोल गरिएको छ तर पनि केही नभएको जस्तो भइरहेको छ।’ 

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्