• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मुद्दा चलाउनु नपर्ने रायसहित सरकारी वकिलमा पेश भयो सांसद अपहरण अनुसन्धानको फाइल

64x64
नारायण अधिकारी आइतबार, जेठ ४, २०७७  १३:४१
1140x725

काठमाडौं- पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको) का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानको फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिएको छ।

अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा पेश गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

सांसद अपहरणबारे उजुरी दिन टेकु पुग्दा प्रहरीले जाहेरी लिएको थिएन। जोहरी नलिएपछि सरकारी वकिल कार्यालयमा यादव सहितको टोली पुगेको थियो। सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते प्रहरीले जोहरी गर्न नमानेको विरुद्धको उजुरी दर्ता गर्दै प्रहरीलाई जाहेरी दर्ता गरेर अनुसन्धान गर्न निर्देशन दिएको थियो।

सरकारी वकिल कार्यालयबाट निर्देशन आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। गत वैशाख २६ गते काठमाडौंबाट प्रहरी निरीक्षक देवी पौडेल नेतृत्वको टोली सांसद अपहरण भए भनिएको जिल्ला महोत्तरीमा गएको थियो।

मुद्दा शाखाका प्रहरी निरीक्षक पौडेलको टोली अनुसन्धान सकेर गत वैशाख ३० गते काठमाडौं फर्किएको थियो।

कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी गएको टोलीले गत शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाएको थियो। मुचुल्कासँगै यादवको परिवारको सदस्यसँग समेत सोधपुछ गरिएको थियो। 
अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी प्रहरीले मुचुल्का उठाएको थियो।

सांसद डा यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर प्रहरी मुचुल्का उठाएको थियो।

शनिबार सांसद यादवको घर र गौतम होटलको मुचुल्का उठाइसकेपछि प्रहरी निरीक्षक पौडेलको टोली जनकपुर गएको थियो। अपहरण प्रकरणमा साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग समेत प्रहरीले बयान लिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नेता यादवलाई प्रहरी निरीक्षकको टोलीले दुई घण्टासम्म सोधपुछ गरेको थियो। सांसद यादवलाई जनकपुरबाट काठमाडौं लैजाने क्रममा सबैभन्दा पहिला उनले नेता शेषनारायणलाई फोन गरेर जानकारी गराएकाले उनीमाथि सोधपुछ गरिएको हो।

जनकपुर र महोत्तरीको काम सकाएपछि यादवलाई काठमाडौं ल्याउँदा खाना खाएको भनिएको सिन्धुलीस्थित होटलमा समेत गएर प्रहरीले सोधपुछ गरेको थियो।

यता महोत्तरी गएकै दिन सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा प्रहरीले मुचुल्का उठाइएको थियो । 

यी सम्पूर्ण अनुसन्धानबाट अपहरण भएको प्रमाण फेला नपरेको भन्दै मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको छ । स्रोतले भन्यो, ‘हाम्रो अनुसन्धानले अपरहण भएको देखाएन, त्यसैले मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन बुझाएको छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुद्दा नचल्ने भएपछि यो अपहरणको उजुरी अब तामेली राख्नुपर्ने हुन्छ। जाहेरी लिईसकेपछि झुठा मुद्दा भएको, अनुसन्धान गर्न नपर्ने वा मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा, भ्रमपूर्ण, झुठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिने भन्ने फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११ लाई आधार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाउन सक्ने कानुनी व्यवस्था छ।

त्यस्तै, मुद्दा तामेलीमा नराखी अनुसन्धान गर्न जरुरी देखिएको तर अनुसन्धान गर्दै जाँदा तथ्यगत र पर्याप्त प्रमाण नभएको अवस्थामा कार्यविधि संहिताको दफा ३१ को १ अनुसार मुद्दा नचलाउने निर्णयको लागि सरकारी वकिलसमक्ष पठाउन सकिनेछ। सोही व्यवस्थालाई टेकेर प्रहरीले अपहरण भएको नदेखिएकाले मुद्दा नचलाउनु पर्ने रायसतिको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १३:४१
  • #सांसद_अपहरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्