• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मुद्दा चलाउनु नपर्ने रायसहित सरकारी वकिलमा पेश भयो सांसद अपहरण अनुसन्धानको फाइल

64x64
नारायण अधिकारी आइतबार, जेठ ४, २०७७  १३:४१
1140x725

काठमाडौं- पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको) का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानको फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिएको छ।

अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा पेश गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

सांसद अपहरणबारे उजुरी दिन टेकु पुग्दा प्रहरीले जाहेरी लिएको थिएन। जोहरी नलिएपछि सरकारी वकिल कार्यालयमा यादव सहितको टोली पुगेको थियो। सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते प्रहरीले जोहरी गर्न नमानेको विरुद्धको उजुरी दर्ता गर्दै प्रहरीलाई जाहेरी दर्ता गरेर अनुसन्धान गर्न निर्देशन दिएको थियो।

सरकारी वकिल कार्यालयबाट निर्देशन आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। गत वैशाख २६ गते काठमाडौंबाट प्रहरी निरीक्षक देवी पौडेल नेतृत्वको टोली सांसद अपहरण भए भनिएको जिल्ला महोत्तरीमा गएको थियो।

मुद्दा शाखाका प्रहरी निरीक्षक पौडेलको टोली अनुसन्धान सकेर गत वैशाख ३० गते काठमाडौं फर्किएको थियो।

कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी गएको टोलीले गत शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाएको थियो। मुचुल्कासँगै यादवको परिवारको सदस्यसँग समेत सोधपुछ गरिएको थियो। 
अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी प्रहरीले मुचुल्का उठाएको थियो।

सांसद डा यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर प्रहरी मुचुल्का उठाएको थियो।

शनिबार सांसद यादवको घर र गौतम होटलको मुचुल्का उठाइसकेपछि प्रहरी निरीक्षक पौडेलको टोली जनकपुर गएको थियो। अपहरण प्रकरणमा साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग समेत प्रहरीले बयान लिएको थियो।

Ncell 2
Ncell 2

नेता यादवलाई प्रहरी निरीक्षकको टोलीले दुई घण्टासम्म सोधपुछ गरेको थियो। सांसद यादवलाई जनकपुरबाट काठमाडौं लैजाने क्रममा सबैभन्दा पहिला उनले नेता शेषनारायणलाई फोन गरेर जानकारी गराएकाले उनीमाथि सोधपुछ गरिएको हो।

जनकपुर र महोत्तरीको काम सकाएपछि यादवलाई काठमाडौं ल्याउँदा खाना खाएको भनिएको सिन्धुलीस्थित होटलमा समेत गएर प्रहरीले सोधपुछ गरेको थियो।

यता महोत्तरी गएकै दिन सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा प्रहरीले मुचुल्का उठाइएको थियो । 

यी सम्पूर्ण अनुसन्धानबाट अपहरण भएको प्रमाण फेला नपरेको भन्दै मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको छ । स्रोतले भन्यो, ‘हाम्रो अनुसन्धानले अपरहण भएको देखाएन, त्यसैले मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन बुझाएको छौं।’

मुद्दा नचल्ने भएपछि यो अपहरणको उजुरी अब तामेली राख्नुपर्ने हुन्छ। जाहेरी लिईसकेपछि झुठा मुद्दा भएको, अनुसन्धान गर्न नपर्ने वा मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा, भ्रमपूर्ण, झुठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिने भन्ने फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११ लाई आधार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाउन सक्ने कानुनी व्यवस्था छ।

त्यस्तै, मुद्दा तामेलीमा नराखी अनुसन्धान गर्न जरुरी देखिएको तर अनुसन्धान गर्दै जाँदा तथ्यगत र पर्याप्त प्रमाण नभएको अवस्थामा कार्यविधि संहिताको दफा ३१ को १ अनुसार मुद्दा नचलाउने निर्णयको लागि सरकारी वकिलसमक्ष पठाउन सकिनेछ। सोही व्यवस्थालाई टेकेर प्रहरीले अपहरण भएको नदेखिएकाले मुद्दा नचलाउनु पर्ने रायसतिको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १३:४१
  • #सांसद_अपहरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
झापा–५ बाट ओलीको नाम एकल सिफारिस शनिबार, पुस १९, २०८२
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सर्वत्र आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट धमाधम नाम फिर्ता लिँदै, को–को हुन् नाम फिर्ता लिनेहरु? शनिबार, पुस १९, २०८२
रास्वपाको बन्दसूचीबाट सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी शनिबार, पुस १९, २०८२
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्