काठमाडौं- नेपाल एयरलाइन्सले जापानको नारितामा तीन उडान गर्ने तय भएको छ। नेपालमा रहेका जापानी नागरिकलाई लिएर एयरलाइन्स जापान जान लागेको छ।
एयरलाइन्सले दिएको जानकारी अनुसार मे १५, मे १७ मा जापानी नागरिक लिएर जान लागेको हो। यसका साथै मे २२ मा पनि नेपाल एयरलाइन्सले वाइडबडीमार्फत् उडान गर्ने एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
जहाजले नेपालमा रहेका जापनी नागरिक लिएर जापान गएपनि जापानमा रहेका नेपालीलाई भने नेपाल ल्याउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।