• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सांसदहरूबाटै काठमाडौं असुरक्षित

वैशाख २५ गतेसम्म पनि ५४ सांसद काठमाडौं बाहिरै
64x64
नारायण अधिकारी बिहीबार, जेठ १, २०७७  १६:४३
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा देखिएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लगायो। 

लकडाउन सुरु भएपछि जनजीवन कष्कटर बनेको भन्दै काठमाडौंमा रहेका सांसद तथा नेताहरु राहत वितरणको नाममा गृह जिल्ला गए। उपत्यका छाड्ने सांसद तथा नेताहरुको त्यसबेला लर्को नै लागेको थियो।

लकडाउनको केही समयपछि काठमाडौं उपत्यका कोरोना मुक्तसमेत भइसकेको थियो। सुरक्षाकर्मीले समेत विभिन्न बैठकहरुमा काठमाडौं उपत्यकामा प्रवेश कडाइ गरेर काठमाडौंभित्र मात्रै लकडाउन खोल्दा जोखिम नहुने सुझाव दिएका थिए। नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘काठमाडौंमा कोरोना कन्ट्रोलमा आइसकेको अवस्थामा लकडाउन जारी राखेर जनजीवन कष्टकर बनाउनु भन्दा आन्तरिक रुपमा खोल्दा उपयुक्त हुने हाम्रो सुझाव थियो।’

काठमाडौंमा आन्तरिक रुपमा लकडाउन केही खुकुलो पनि भएको थियो। तर काठमाडौं उपत्यकाबाट छिर्न कडाइ गरिरहेको भनेकै बेला उपत्यका बाहिरबाटै काठमाडौं भित्रिएका नागरिकहरुमा कोरोना देखिन थालेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच जना पुगिसकेको छ।

सुरक्षित रहेको काठमाडौं एकाएक कोरोनाबाट असुरक्षित हुन पुग्नुको कारण मध्ये एक सांसदहरु पनि रहेको नेपाल प्रहरीको एक उच्च अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। ती अधिकारीले नेपाल लाइभसँग भने, ‘बाहिर गएका रहेक सांसदका गाडीमा फर्कंदा ५/६ जना अरु मान्छे पनि सँगै काठमाडौं भित्रिने गरेका छन्। सांसदकै गाडीमा त्यसरी मान्छे काठमाडौं भित्रिएको जानकारी आए पनि केही गर्न सक्ने अवस्था रहेन।’

राहतका नाममा सांसदहरु उपत्यका बाहिर भए पनि यता संघीय संसदको बर्खे अधिवेशन सुरु हुने समय नजिकिसकेको थियो। बर्खे अधिवेश सुरु गर्नुपूर्व प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण वैशाख २५ गते सुरु गर्ने तयारी भएपछि काठमाडौं उपत्यका बाहिर गएका सांसदहरु काठमाडौं भित्रन थालेका थिए।

यसरी काठमाडौं भित्रने हरेकजसो सांसदको गाडीमै अन्य व्यक्ति पनि काठमाडौं छिर्ने गरेको सुरक्षाकर्मीले बताएका छन्।

nimb
nimb

अझ सांसदको समेत स्वाब संकलन गर्ने बताएपछि सांसदहरु काठमाडौं भित्रिएका थिए। संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन्। उनीहरुमध्ये ५४ सांसद त काठमाडौं बाहिर भएकै कारण कोरोना परीक्षण समेत हुन सकेको थिएन। त्यसबेला छुटेका सांसदहरु समेत अहिले अधिकांश जसो काठमाडौं भित्रिसकेका छन्। उनीहरु हरेकसँग ५/७ जनाका दरले अन्य व्यक्ति समेत काठमाडौं प्रवेश गरेकाले जोखिम बढेको सुरक्षा निकायले चिन्ता व्यक्त गरेको छ। 

योसँगै काठमाडौं प्रवेश गराइदिन भन्दै अन्य भिआइपी व्यक्तिहरुको फोन पनि दिनहुँ जसो आउने गरेको सुरक्षा अधिकारीले गुनासो गरेका छन्। ‘हामी लकडाउन कडाइका साथ कार्यान्वयनमा छौं। यस्तो बेलामा सहयोग गर्नुपर्नेमा उल्टै भिआइपी व्यक्तिबाटै मेरो मान्छे काठमाडौं आउँदै छ भन्दै गाडी नम्बर टिपाउने गरेको पाइएको छ’ एक सुरक्षा अधिकारीले भने।

यसरी भिआइपीको आडमा काठमाडौं छिरेकासँगै लुकिछिपी जंगलको बाटो हुँदै काठमाडौं छिर्ने सर्वसाधरणका कारण पनि काठमाडौं उपत्यका जोखिम बन्दै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार लकडाउनकै समयमा दैनिक सरदर दुई हजार मान्छे काठमाडौं उपत्यका भित्रने गरेका छन्।

प्रहरीको यो भनाइलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले समेत साथ दिएका छन्। मन्त्री, सांसद र नेताले कोरोना महामारीको समयमा राहत बाँड्न गाउँगाउँ जाँदा कोरोना सारेको आरोप उनको थियो। 

राष्ट्रियसभामा बोल्दै उनले भने, ‘म नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट, टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे।’

अझ नुवाकोटका प्रदेश सांसद केशवराज पाण्डेले बिना हस्ताक्षरको पासबाटै खचाखचको भरिएको गाडी बुधबार काठमाडौं भित्र्याएका थिए।

केही समय अघि पार्टी फुटाउने योजनासहित कोरोना संक्रिमित तराईका जिल्लामाहरु समेत काठमाडौंदेखि सांसदहरु गएका थिए। नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन), पूर्वआइजी सर्वेन्द्र खनालसहितको टोली धनुषा, महोत्तरीसम्म पुगेका काठमाडौं आएको थियो। यसरी काठमाडौं भित्रने सांसदहरुले न कोरोना जाँच नै भएको छ न उनीहरुसँग काठमाडौं भित्रन खोज्नेहरुलाई रोक्न सकिएको छ। अहिलेको मुख्य चुनौती नै यही देखिएको सुरक्षा निकायले बताएका छन्।

तस्बिरहरु : ऋग्वेद शर्मा/नेपाललाइभ

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्