एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देशमा जारी लकडाउन खोल्ने पक्षमा देखिएका छन्।
बुधबार अमेरिकी संक्रामक रोग विशेषज्ञ एंथोनी फाउचीको चेतावनीलाई ट्रम्पले आफूले अस्वीकार गरेको बताएका हुन्। फाउचीले अमेरिकको अर्थव्यवस्था र विद्यालय अहिले नै खोल्न हतार गरे अवस्था झन् गम्भीर आउनसक्ने चेतावनी दिएका थिए।
उनको यो चेतावनीलाई इङ्गित गर्दै ट्रम्पले भने‚ ‘मेरा लागि यो स्वीकार्य छैन। विशेषगरी विद्यालयको सन्दर्भमा। प्राध्यापक तथा शिक्षकको बारेमा भने सोच्न सकिन्छ। त्यो पनि उमेरको दृष्टिकोणबाट’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।