काठमाडौं– राष्ट्रियसभाले हवाई सेवा प्राधिकरण विधयेक र नेपाल नागरिक उड्यन प्राधिकरण विधयेकलाई दफावार छलफल गर्न समितिमा पठाएको छ।
राष्ट्रियसभा अन्तर्गतकाे विधायन व्यवस्थापन समितिमा राष्ट्रियसभाले पठाएको हो। विधयेक पठाउने प्रस्ताव सर्वसहमतिमा पारित भएको हाे।
उक्त दुई वटै विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रियसभामा छलफलमा पठाउनका लागि पेश गरेका थिए। दुवै विधयेक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनका लागि बनेका विधयेक हुन्। दुई वटै विधेयक प्रतिनिधिसभामा समेत दर्ता भइसकेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधयेक नियमक निकायसँग जोडिएको छ भने हवाई सेवा प्राधिकरण विधयेक सेवा प्रदायकसँग जोडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।