एजेन्सी- अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले धुम्रपान गर्नेहरुमा सामान्य मानिसमा भन्दा कोरोना भाइरसकाे गम्भीर लक्षणहरु देखा पर्ने सम्भावना धेरै रहेकाे छ। अनुसन्धानकर्ताका अनुसार यस्ता मानिसकाे महामारीका कारण मृत्यु हुने सम्भावना पनि धेरै हुने गरेकाे पाइएको छ।
सेन्टर फर टोबाका कन्ट्रोल रिसर्च एन्ड एजुकेशनका प्रोफेसर स्टैन्टन ग्लान्जले कोरोनाकाे जाेखिम धुम्रपान गर्नेहरुमा बढी भएको बताए। अनुसन्धानकर्ताहरुले चीन, दक्षिण कोरिया र अमेरिकाका १९ पेपरहरुको रिभ्यु गरेर अध्ययन गरेका थिए। १९ रिसर्च पेपरमा अध्ययन गर्दा यस्तो देखिएको हो।
धुम्रपान र इ चुरोटले श्वाससम्बन्धी समस्या गराउने भएकाले सेवन गर्नेहरुलाई कोरोनाले सहज रुपमा आक्रमण गर्ने शोधकर्ताले निष्कर्ष निकालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।