• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कैलालीमा दूरशिक्षा कार्यक्रममार्फत एसइई कक्षा तयारी

64x64
शेरबहादुर ऐर बुधबार, वैशाख ३१, २०७७  १४:५५
1140x725

धनगढी- कैलालीकाे धनगढी उपमहानगरपालिका- ४ उत्तरबेहडीकी अन्सु बोहरा दिउँसो ३ बजेपछि कापीकलम लिएर टेलिभिजनको अगाडि बस्छिन्। उनले एसइईको तयारी गरिरहेकी छन्। धनगढीको एक स्थानीय टेलिभिजनबाट प्रसारण भइरहेको एसइई तयारी कक्षामा पढाइका लागि अन्सु हरेक दिन दिउँसो ३ बजे टेलिभिजनसामू आइपुग्छिन्।

उनी धनगढीस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययन गर्छिन्। उनी यो साल एसइई परीक्षा दिने तयारीमा थिइन्। तर, कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले एसइई परीक्षा स्थगित गरेको थियो। अन्सुले भनिन्, 'परीक्षाको राम्रोसँग तयारी गरेकी थिएँ, तर परीक्षा सुरु हुने एक दिनअघि सरकारले स्थगित गरेपछि रनभुलमा परे।' परीक्षा स्थगित भएपछि कहिले सुरु हुने भन्ने टुंगो नभएकाले निकै चिन्ता लागेकाे उनी बताउँछिन्।

उनले भनिन्, 'परीक्षा नहुने भएपछि पढेको कुरा नै बिर्सिने हो कि भन्ने डर लाग्न थालेको थियो। अहिले स्थानीय टेलिभिजनबाट एसइई तयारी कक्षा प्रसारण भइरहेको थाहा पाएपछि एसइई तयारी गर्दैछु।'

त्यस्तै, घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडका सुवर्णा सज्याल अहिले सामाजिक सञ्जालबाट नियमित अनलाइन अध्ययन गर्न थालेकी छन्। घोडाघोडीस्थित सरस्वती शिक्षा सदनमा कक्षा ४ उत्तीर्ण भएर कक्षा ५ मा पुगेकी सुवर्णाले आजभोलि दिनहुँ अनलाइनबाट अध्ययन गरिरहेको बताइन्।

‘विद्यालयले केहि दिनअघि अनलाइनमार्फत परीक्षा प्रकाशित गरेको थियो। परीक्षा पास भएँ। तर, विद्यालय नखुलेकोले त्यसै घरमा बसेकी थिए,’ उनले भनिन्, 'अभिभावकबाट मेरो विद्यालयले अनलाइन माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठन गराइरहेको थाहा पाएपछि अहिले अनलाइन माध्यमबाट घरमै बसेर अध्ययन गरिरहेकी छु।'

उनी हरेक साँझ ६ बज्ने बितिक्कै किताब कापी लिएर पढ्ने गर्छिन। उनले भनिन्, 'कार्यक्रम राम्रो छ। नियमित हेर्ने गर्छु। विद्यालय नगएपछि अनलाइनमार्फत पढ्न पाउँदा खुसी छु।' 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि विद्यालयहरु पनि बन्द छन्। विद्यालय बन्द भएपछि अहिले धेरै विद्यार्थीले टेलिभिजन, रेडियो र अनलाइनमार्फत पढाई गरिरहेका छन्।

शिक्षक प्रकाश छेडालले एसइई तयारी कक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनी धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक हुन्। टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीहरुले टेलिभिजनबाट एसइई तयारी कक्षामार्फत पढाई गरिरहेका छन्। टेलिभिजनको पहुँच नभएका विद्यार्थीहरुले टेलिभिजनको फेसबुक पेजमार्फत ज्ञान हासिल गरिरहेका छन्।

Ncell 2
Ncell 2

लकडाउनका कारण पढाईमा बाधा पुगेपछि धनगढीको एसटीएस टेलिभिजनले एसइई तयारी कक्षा सुरु गरेको हाे। लकडाउनका कारण विद्यालय बन्द भएपछि अनलाइन कक्षा र रेडियो तथा टेलिभिजन कक्षा विकल्प भएको छ।

राष्ट्रिय माध्यामिक विद्यालय सुखडका शिक्षक टंक सञ्ज्यालले रेडियो तथा टेलिभिजन कक्षा सञ्चालन गर्नु खासै प्रभावकारी नभएको बताए। विद्यार्थीहरुले विद्यालयमा गएर जसरी बुझ्छन्, त्यसरी रेडियो तथा टेलिभिजनमा हेरेर वा सुनेर पढ्न गाह्रो हुने उनी बताउँछन्।

घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले दूरशिक्षा कार्यक्रमबाट सबै विद्यार्थीलाई पठनपाठन गराउन सम्भव नरहेको बताए। उनले अधिकांश परिवारमा इन्टरनेट, मोबाइल, टेलिभिजन र रेडियोको पहुँच नभएकाले सबैतिर अनलाइन कक्षा सम्भव नरहेको बताए। उनले भने, 'इन्टरनेट, मोबाइल, टेलिभिजन र रेडियोको पहुँच भएको ठाउँमा केही प्रभावकारी होला, तर दुर्गम गाउवस्तीका विद्यार्थीहरुलाई सम्भव छैन।'

घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी अनलाइन शिक्षा कार्यक्रमले कक्षा कोठाको जस्तो प्रभावकारी नहुने भएपनि विद्यार्थीहरुमा पढाई प्रतिको रुचि बढ्ने बताए। दूरशिक्षा अनलाइन, टेलिभिजन र रेडियो विद्यार्थीहरुलाई सहयोगी भएपनि यो मात्र सबै कुरा नभएको उनको भनाई छ।

गत चैत्र ६ गते हुने भनिएको एसइई परीक्षामा कैलालीबाट १६ हजार पाँच सय ६२ परीक्षार्थी सहभागी हुँदै थिए। अब यस वर्ष एसइई परीक्षा हुन्छ या हुँदैन अहिलेसम्म निश्चित नहुँदा आफूहरुलाई अनलाइनमार्फत पढन् मन नलागेको केही विद्यार्थीहरुको भनाई छ।

कैलालीमा धेरै नै एफएम रेडियो र टेलिभिजन भएपनि एउटा टेलिभिजनले मात्रै एसइई परीक्षा कक्षा सञ्चालन गरेकाे छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि अनलाइन शिक्षा सुरु भएको छैन। सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखि विद्यार्थीहरु चिन्तित हुँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्