काठमाडौं- स्पेनका दुई मुख्य फुटबल डिभिजनका पाँच खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। नाम उल्लेख नगरिएका ती खेलाडी अहिले आइसोलेसनमा रहेको ला लिगाले जनाएको छ।
उनीहरु कोरोना भाइरसमुक्त भएपछि मात्रै अभ्यासमा फर्कने बताइएको छ। अभ्यासमा खेलाडीहरु फर्कने निर्णय भएसँगै गएको हप्तादेखि खेलाडीको परीक्षण सुरु गरिएको थियो। जुनमा बन्द रंगशालामा खेल गर्नेगरी ला लिगाले तयारी गरिरहेको छ।
बार्सिलोना र रियल मड्रिड जस्ता क्लबले अहिले व्यक्तिगत अभ्यास सुरु गरिसकेका छन्। पछिल्लो समय खेलाडीमा देखिएको संक्रमणले तोकिएकै मितिमा खेल गराउन सक्नेमा भने शंका थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।