काठमाण्डौं– शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा आज राष्ट्रिय स्तरका कलाकारहरुसँग अन्तक्रिया गरेका छन्।
भेटघाटमा भर्ना अभियानलाई सफल बनाउन र अभियानमा सहभागी हुन मन्त्री पोखरेलले कलाकारहरुलाई आग्रह गरेका थिए। मन्त्री पोखरेलले एक व्यक्तिले आफ्नो परिवार तथा छरछिमेकमा रहेका १ जना विद्यार्थी भर्ना गर्न पनि आग्रह गरे। ‘यो अभियान सफल पार्न कलाकारहरुको महत्वपुर्ण भुमिका छ।’, मन्त्री पोखरेलले भने,‘कलाको क्षेत्रबाट विद्यार्थीलाई विद्यालयसम्म ल्याउन सहयोग गर्नुहोस्।’
कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु मनोज गजुरेल, सिताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा), रमित ढुङ्गाना, प्रदिप बम्जन, रोजी श्रेष्ठ, टंक आचार्य लगायतको उपस्थिती रहेको थियो।
सो अवसरमा कलाकारहरुले भर्ना अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।