काठमाडौं- इटालियन सिरी ए क्लब फिओरेनटिनाका तीन खेलाडी र तीन पदाधिकारीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। अहिले अभ्यासमा फर्कनका लागि क्लबमा आबद्ध सबैको परीक्षण हुँदा ६ जनामा कोरोना देखिएको हो।
‘हामीले परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ। अभ्यासमा जानुअघि बुधबार हामीले सबैको परीक्षण गरेका थियौँ’ क्लबको विज्ञप्ती उल्लेख गर्दै गोलले लेखेको छ।
यही हप्ता अभ्यासमा सामेल हुने आश गरिए पनि यो अवस्थामा कठीन हुने देखिएको छ। ती ६ जनाको नाम उल्लेख नगरिए पनि उनीहरु सबै सेल्फ आइसोलेसनमा रहेको बताइएको छ।
यसअघि हिजोमात्रै टोरिनो क्लबका केहीलाई पनि कोरोना संक्रमण भएको खबर आएको थियो। जसले युरोपमा सबैभन्दा समस्या सिरि ए मा नै देखिएको छ।
अहिले व्यक्तिगत रुपमा अभ्यास गर्ने अनुमति पाएका सिरी ए खेलाडीले मे १८ देखि सामूहिक अभ्यासमा सामेल हुन पाइने बताइएको छ। तर पछिल्ला केही दिनको अवस्थाले त्यो जटिल देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।