काठमाडौं- मलेसिया सरकारले भिसाअवधि सकिएका आप्रवासी श्रमिकहरुलाई १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ। मलेसियको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा सकिएका आप्रवासी श्रमिकहरुलाई आवागमन नियन्त्रण आदेश (एमसीओ)को अवधि समाप्त भएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको हो।
यसरी फिर्ता हुन चाहानेले अध्यागमन विभागको कार्यालयमा थप कागजात वा कुनै पास बनाउनु नपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार उनीहरुले कुनै पनि जरिवाना तिर्नु पर्दैन।
कोरोना भाइरस नियन्त्रणका लागि मलेसिया सरकारले १८ मार्च २०२० देखि लागू गरेको आवागमन नियन्त्रण आदेश (एमसिओ)को समयअवधि १२ मे २०२० सम्मका लागि थप गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।