काठमाडौं- इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी खेलाडी पाउलो डिबाला कोरोना भाइरस (कोभिड १९) बाट निको भएका छन्। गएको मार्च २१ मा कोरोना भाइरस संक्रमण देखिएका उनलाई पछिल्लो जाँचमा कोरोना भाइरस नदेखिएको हो।
क्लबले नै अहिले उनी स्वस्थ रहेको र सेल्फ आइसोलेसन आवश्यक नपर्ने उल्लेख गरेको छ। अब उनी खेल अभ्यासमा सामेल हुन सक्ने पनि क्लबले जनाएको छ।
यस्तै मार्चमा नै कोरोना भाइरसको संक्रमण देखिएका युभेन्टसकै खेलाडीहरु ड्यानियल रुगानी र ब्लेस माटुडीमा पनि अहिले कोरोना संक्रमण देखिएको छैन। उनीहरु पनि केही दिनमा अभ्यासमा सामेल हुन सक्नेछन्।
कोरोना भाइरसकै कारण सिरि ए का खेलहरु मार्च ९ देखि नै रोकिएका छन्। अब रोकिएको लिग सुरु गर्ने विषयमा पनि छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।