• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

भुपेन्द्रको यात्रा - माओवादीको कुटाइदेखि सागको स्वर्णसम्म [अन्तर्वार्ता]

64x64
सराेज तामाङ बुधबार, वैशाख २४, २०७७  १३:१३
1140x725

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङ ६४ किलो तौल समूहमा स्वर्ण पदक जितेका भुपेन्द्र थापाका लागि त्यो खेलमा लाग्दाको सबैभन्दा ठूलो उपलब्धी थियो। बक्सिङ सुरु गर्दा लहलहैमा सुरु गरे पनि पछिल्ला उपलब्धीले उनी सफल खेलाडीमा दरिएका छन्। 

रोल्पा घर भएका भुपेन्द्र साथीहरुसँग यसै दाङको बक्सिङ क्लबमा पुगेका थिए। तर उनको इच्छा भने बक्सिङ खेल्ने नै थिएन। साथीभाइ खेल्दै थिए। उनी हेर्दै। पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटको समय चलिरहेको थियो। क्लबका गुरुसँगै गाउँका दाइ र साथीहरु क्षेत्रीय छनोट खेल्न गए। भुपेन्द्र हेर्न।

भुपेन्द्रका लागि यो नै पहिलो प्रतियोगिता थियो, जुन उनले प्रत्यक्ष हेरिरहेका थिए। बक्सिङको नियममा केही पनि नजानेका भुपेन्द्रका लागि यो प्रतियोगिता नै खेल जीवनको मुख्य ‘टर्निङ प्वाइन्ट’ रह्यो। 

त्यहीँ नै गुरुले उनलाई तँ पनि खेल्छस? भनेर प्रश्न गरे। चाख मानेर बक्सिङ हेरिरहेका भुपेन्द्रले गुरुको प्रस्ताव सहजै स्वीकारे। उनलाई लागेको थियो- ‘ब्वाङ कि ब्वाङ हान्ने त रहेछ नि।’ त्यसैले उनी पनि तम्सिएका थिए। 

बक्सिङ ब्वाङ कि ब्वाङ हान्ने खेल नभए पनि भुपेन्द्रले नसोचेको उपलब्धी पाउँदै गए। त्यसरी बक्सिङ सुरु गरेका उनले सागको स्वर्णपदक पछि त अझ सम्भावना देखाएका छन्। उनै भुपेन्द्र थापासँग कोरोना भाइरस (कोभिड १९) पछिको कष्टकर परिस्थिति र उनका खेल जीवनका बारेमा गरिएको कुराकानी-

लकडाउनअघि जानु भएको हो रोल्पा?
लकडाउनभन्दा अघि नै म दाङ आएँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदका गतिविधि बन्द गरेसँगै म दाङ आएको थिएँ। दुई चारदिन दाङमा बसेँ। बच्चा र भाइहरु त्यहाँ थिए, त्यसैले उनीहरुलाई लिएर रोल्पा हिँडे। 

रोल्पामा लकडाउनको प्रभाव कस्तो छ?
रोल्पामा त्यस्तो कष्टकर दिनचर्या छैन। सामान्य नै छ। तर डर चाहिँ सबैलाई छ। एउटा गाउँदेखि अर्को गाउँ जानु चाहिँ सिफारिस चाहिन्छ। आफ्नै गाउँमा चाहिँ त्यस्तो कडाइ छैन। बाहिरबाट आउने मान्छेहरुलाई क्वारेन्टाइनमा राख्ने गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

राखेपले कुनै खेलकुद गतिविधि तथा अभ्यास नगराउन निर्देशन दिनुभन्दा अघि अभ्यास भइरहेको थियो?
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सम्पन्न भएको केही समयपछि नै हाम्रो अभ्यास सुरु भएको हो। थाइल्यान्डमा ओपन बक्सिङ च्याम्पियनसिप थियो। हङकङमा पनि प्रतियोगिता थियो। थाइल्यान्डमा हुने प्रतियोगिताका लागि म छनोट भइसकेको थिएँ। तयारी राम्रै थियो। हङकङमा चाहिँ हाम्रो बी टिम जाने योजना थियो।

अर्को २०२० मा तय भएको ओलम्पिक खेलकुद प्रतियोगिताको छनोटका लागि पनि तयारी भइरहेको थियो। तर कोरोनाले ओलम्पिक नै सारिदियो। छनोट पनि।

अन्य साथीहरुसँग कुराकानी त हुन्छ होला। के भन्नु हुन्छ उहाँहरु?
साथीहरुसँग कुराकानी भइरहेको छ। निस्किने साथीहरु निस्किहाले। काठमाडौं हुने साथीहरु हामी पनि घर जानु पर्ने रहेछ। तिमीले ठीक गर्‍यौं भन्छन्।

तपाईंको बक्सिङ करियर कहाँबाट सुरु भयो?
म रोल्पाबाट दाङमा आएपछि बक्सिङ खेल्न थालेँ। त्यो पनि नसोचेको तरिकाबाट। दाङमा म भर्खरै बक्सिङ क्लबमा आबद्ध भएको थिएँ। त्यही बेला पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्षेत्रीय छनोट प्रतियोगिता चलिरहेको रहेछ। त्यो बेला म पनि गएको थिएँ। तर खेल्नलाई होइन। हेर्न गएको हो। बक्सिङ थालेको धेरै पनि भएको थिएन।

बक्सिङ कसरी खेलिन्छ? त्यहाँ पुगे.पछि मात्रै थाहा भयो। त्यो भन्दा अघि मैले बक्सिङ प्रतियोगिता नै हेरेको थिइनँ। मलाई कुनै नियम थाहा थिएन। प्रतिस्पर्धा गर्नुअघि के गर्नु पर्छ त्यो पनि सिकेको थिइनँ।

हेर्न भनेर गएको म। तर गुरुले तँ खेल्छस? भनेर सोध्नु भयो। मैले पनि हुन्छ नि त खेल्छु भने। पहिलो खेल थियो अनुभव जिरो। हाम्रो क्लबबाट ५-६ जना गएको थियो। सबैले हारे। 

नजान्ने मान्छे म। तर मैले गोल्ड मेडल जितेँ। मुडे खेलेँ। नकआउट हानेँ। ६४ केजी तौल समूहमा मध्यपश्चिमाञ्चलबाट म पाँचौं राष्ट्रिय खेलकुदमा छनोट भएँ।

यो एउटा मेरो खेल जीवनको नसोचेको मोड हो। जसले गर्दा मलाई बक्सिङमा नै भविष्य देखायो।

द्वन्द्वकालमा बाबाले दाइ र मलाई माओवादीको डरले दाङ पठाउनु भएको थियो। हामी दाजुभाइ शहरको लागि बाटो ततायौं। तर बाटोमा आइपुगेपछि माओवादीसँग भेट भयो। कहाँ गएको? किन गएको? खुरुक्क हामीसँग हिँड। भन्दै थर्काउन थाल्यो। हामीले नमान्दा नमज्जाले कुट्यो।

नसोचेको सफलता पाउँदै पाँचौं राष्ट्रिय खेलकुदमा त छनोट हुनु भयो। त्यहाँ चाहिँ तपाईंको प्रदर्शन कस्तो भयो? विना टेक्निक, विना ज्ञान सम्भव छ र बक्सिङमा?
नकआउट हानेर छनोट भएको मान्छे। तर शून्य थियो बक्सिङको ज्ञान। पाँचौं राष्ट्रिय खेलकुद कै लागि भनेर मैले अभ्यास त गरेँ तर त्यो छोटो समयका लागि पर्याप्त भएन।

प्रतियोगिता आयो खेलेँ। तर खेलबाटै म माथि उठ्न सकिनँ। खेल त राम्रै भएको थियो। तर विभागीय टिम एपिएफका खेलाडीसँग हार्न पुगेँ। पहिलो राउण्डसम्म त मैले नै अग्रता बनाएको थिएँ। तर मसँग अनुभव थिएन। टेक्निक थिएन। म मुडे पारामा खेल्थेँ। हारेँ।

नयाँ खेलाडीहरु आउँछन् खेल्छन्, जान्छन्। यस्तो प्रवृत्ति नेपालमा नयाँ हैन। आफूलाई रमाइलो लागुञ्जेल मात्रै खेल्छन्। त्यसपछि छोड्नेहरुको जमात पनि ठूलै छ। तपाईले चाहिँ अब बक्सिङ मै केही गर्छु भनेर लाग्न सक्नुभयो?
पाँचौं राष्ट्रिय खेलकुद पछि नै हो बक्सिङमा नै केही गर्छु भनेर लागेको। छोटो समयमा यहाँसम्मको यात्रा तय गरेँ भने सिक्दै गएँ भने पछि राम्रो गर्न सक्छु, राष्ट्रिय च्याम्पियन हुन सक्छु भन्ने लाग्यो। त्यसपछि गम्भीर भएर नै म अभ्यास गर्न थालेँ।

राम्रो गर्दै गएपछि २०६७ सालमा म राष्ट्रिय च्याम्पियन भएँ। बोसिगाउँमा भएको प्रतियोगिता थियो त्यो। प्रतिस्पर्धा त निकै कठीन थियो। त्यसपछि हेटौडामा भएको प्रतियोगितामा पनि मैले गोल्ड मेडल नै जितेँ।

पुलिस क्लबमा आबद्ध चाहिँ कसरी हुनु भयो?
हेटौडामा भएको प्रतियोगितापछि म पुलिसबाट खेल्न थालेँ। दुई वर्ष कन्ट्रयाकमा पुलिसबाट खेलेँ। त्यसपछि स्थायी रुपमै आबद्ध भएँ।

पुलिसमा आएपछि नियमित अभ्यास भयो। आफूलाई एकपछि अर्को गर्दै सुधार गर्दै लगेँ। पूर्वाधारहरु पनि सबै थियो।

राष्ट्रिय क्याम्पमा पर्दा चाहिँ कस्तो उर्जा मिल्दो रहेछ?
राष्ट्रिय क्याम्पमा पर्दा छुट्टै जोश हुँदो रहेछ। देशको लागि खेल्ने खेलाडी हौं। राष्ट्रिय च्याम्पियन हौं। विदेशमा गएर खेलिन्छ। लगायतका कुराहरु आउँदो रहेछ। देशको लागि केही गर्नु पर्छ भन्ने भित्रैदेखि आउँदो रहेछ।

तपाईंको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता नै एसियन खेलकुदबाट भयो। डर कत्तिको लाग्दो रहेछ?
सन् २०१४ मा भएको इन्चोन एसियन गेम्स खेलेँ। यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। अरु नेपाली खेलाडीको तुलनामा मेरो प्रदर्शन राम्रो भएको थियो। तर म पहिलो खेलमै स्तब्ध बनेँ।

त्यो इन्चोन एसियन गेम्सको लागि मैले दुई महिना थाइल्यान्डमा अभ्यास गरेको थिएँ। तर सुरुमै मेरो प्रतिस्पर्धा गोल्ड मेडलिष्टसँग पर्‍यो। थाल्यान्डका खेलाडीसँग हारेँ।

यहाँ राष्ट्रिय प्रतियोगिता खेल्दा जस्तो नहुँदो रहेछ, त्यहाँ। स्तरीय र त्यही अनुसारको व्यवस्थापन, त्यहाँको माहोल हेर्दा नर्भस त भइहालिदो रहेछ। सुरुमा त म जोशमै खेलेँ तर टेक्निक थिएन। आफ्नै मुडे बल हा... हा....।

त्यसपछि मैले २०१८ को पनि एसियन गेम्स खेलेँ। तर हामी नेपाली खेलाडी टेक्निकमा निकै पछि छौं।

घोषणा गरेको वितिकै दिएको भए, त्यसको छुट्टै मजा आउँथ्यो। तर ढिलै भएपनि पाएका छौं खुशी नै छु। मैले त आशै मारिसकेको थिएँ। बोल्न त नेताले जे पनि बोल्छ। ढिलो गरेको देख्दा दिन्छ जस्तो चाहिँ लागेको थिएन।

तपाईंले भन्ने गर्नु हुन्थ्यो सागमा गोल्ड मेडल जित्ने सपना। त्यो पूरा भयो। अबका योजना के ?
ओलम्पिक खेल्ने। तर यो सपना सपना नै होला जस्तो छ। साग खेलकुद सकिए लगत्तै ओलम्पिक छनोटलाई मुख्य नजर गर्दै अभ्यास गरिरहेका थियौं। तर कोरोनाले गर्दा अब चाहिँ के हो के जस्तो भइरहेको छ।

ओलम्पिक छनोट आइसकेको थियो। तर रद्द भयो। तयारी राम्रो थियो। फर्ममा थिएँ। जुन तरिकाले मेहेनत गरिएको थियो त्यो त खेर गयो।

पहिलेकै स्तरको प्रदर्शन आफ्नो हुनेमा कतिको चिन्ता छ? यो लकडाउनको बेलामा खेलाडीले अभ्यास नगर्दा तौल बढ्नेदेखि स्वास्थ्यमा अन्य समस्याहरु पनि देखा पर्न थालेको छ।

पहिलेकै स्तरमा प्रदर्शन गर्न त सक्छौं। तर समय लाग्छ। यतिका दिन अभ्यास गर्न पाएका छैनौं। समस्या त आइहाल्छ नी। त्यही स्तरको डाइटदेखि खानपान र अभ्यासमा केन्द्रित भयौं भने पुरानै लयमा फर्किन सक्छौं।

सुरुमा म अलिक मोटाएको थिएँ। खायो बस्यो बाहेक अरु केही थिएन। तर अहिले आफै अभ्यास गरिरहेको छु। अहिले तौल घटाइरहेको छु।

नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक जित्नु भयो। त्यो बेलाको क्षण कस्तो थियो?
त्यो पल मेरो लागि अहिलेसम्मकै स्मरणीय हो। एउटा सपना पूरा हुँदै थियो। खुशी को हुँदैन होला र। दिनरात गरेको मेहेनतको फल पाउँदै थिएँ।

एउटा उचाइमा पुगे जस्तो लागेको थियो। वर्षौं अगाडिको सपना थियो, त्यो। आफ्नो संघर्ष। २०१६ मा भारतमा भएको १२औं साग घाइते भएको कारण खेल्न पाएको थिइनँ। पहिलो पटक साग खेलकुद खेलेँ। स्वर्ण जितेँ। खुशीको त सीमा भएन।

म सफल हुनुमा मेरो मात्रै हैन, धेरैको हात छ। राखेप, नेपाल बक्सिङ संघ, गुरुहरुको। उहाँहरुले दिनुभएको आत्मबलकै कारण जित्न सफल भएँ जस्तो लाग्छ।

फाइनल खेल सकिएपछि नतिजा आउनै लाग्दा त्यहाँ भएका सबैले तपाईंकै पक्षमा हुटिङ गरिरहेका थिए। तर खेल निकै प्रतिस्पर्धात्मक थियो। रेफ्रिले दुबैको हात पक्रिरहँदा मनमा चाहिँ के खेल्दो रहेछ?
त्यो एकदमै प्रतिस्पर्धात्मक खेल थियो। अन्य देशमा भइदिएको भए मुटु ढुक..ढुक हुने थियो। तर नेपालमै भएको कारणले गर्दा होला म एक किसिमले ढुक्कै थिएँ। हात मेरै उठ्छ होला भन्ने लागिरहेको थियो।

तर अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा मैले जितेँ, मेरै हात उठ्छ भनेर सोच्दा अर्कैको हात उठेको धेरै उदाहारण छ। भारत, इन्डोनेसिया, थाइल्यान्ड लगायत देशमा खेल्दा मैले जितेँ भन्ने लागि रहेको थियो तर विपक्षी खेलाडीले जित्यो। त्यो बेला हुन्छ त्यस्तो।

सरकारले ढिलै भए पनि घोषणा गरेको रकम दिएको छ। केही गर्ने भनेर योजना बनाउनु भएको छ?
घोषणा गरेको वितिकै दिएको भए, त्यसको छुट्टै मजा आउँथ्यो। तर ढिलै भएपनि पाएका छौं खुशी नै छु। मैले त आशै मारिसकेको थिएँ। बोल्न त नेताले जे पनि बोल्छ। ढिलो गरेको देख्दा दिन्छ जस्तो चाहिँ लागेको थिएन।

अहिले त घरैमा छु। अब पछि कोरोनाको अन्त्यपछि काठमाडौं आएर आफूलाई चाहिने बक्सिङ सामग्री किन्छु होला।

त्यो खेल सामग्री तर बक्सिङ संघ र सरकारले गर्ने होइन र?
सरकार र संघले त प्रतियोगिता हुँदा मात्रै गर्छ। अरु बेला त आफैले आफूलाई आवश्यक पर्ने सामग्रीहरु किन्नु पर्छ। अरुको देशमा त सबै सेवा सुविधा र भत्ताको व्यवस्था हुन्छ। तर हाम्रोमा त्यस्तो व्यवस्था छैन।

यो त भयो तपाईंको खेल जीवनको बारेमा। अब थोरै सानो छँदाको कुरा गरौं न। बाल्य अवस्थामा रहँदा नमिठा घटनाहरु भोगेँ भन्नु हुन्थ्यो। त्यो कस्तो घटना थियो?
रोल्पामा जन्मिएको म। गाउँघर भनेको अब त्यस्तै त हुन्छ। द्वन्द्वकालमा बाबाले दाइ र मलाई माओवादीको डरले दाङ पठाउनु भएको थियो। हामी दाजुभाइ शहरको लागि बाटो ततायौं। तर बाटोमा आइपुगेपछि माओवादीसँग भेट भयो। कहाँ गएको? किन गएको? खुरुक्क हामीसँग हिँड। भन्दै थर्काउन थाल्यो। हामीले नमान्दा नमज्जाले कुट्यो।

हामीलाई कुटिराखेर उनीहरु गाउँतर्फ लागेका थिए। दाइ र म दाङ झर्‍यौं। पछि थाहा भयो घरमा गएर तेरो छोरालाई कुटेको भनेर भनेछ। बाबा आमा धेरै डराउनु भएको थियो रे।

रोल्पा त्यसै पनि माओवादीको किल्ला। झडपहरु भइरहन्थ्यो। आफ्नै आँखाले पनि धेरै पटक झडप भएको देखेको छु।

अहिले रोल्पा मै हुनुहुन्छ। त्यो बेलाको र अहिलेको रोल्पामा कत्तिको परिवर्तन भएको छ?
पहिलेको रोल्पा र अहिलेको रोल्पामा धेरै फरक छ। पछि भविष्यमा के हुन्छ होला भनेर यस्तो हामीले कल्पना पनि गर्न सकेको थिएनौं। पहिले दाङ जाँदा गाडी भेटाउन नै एक दिन हिँडेर जानु पथ्र्यो। त्यसपछि गाडीमा दाङ गएको यादहरु अझै पनि ताजै छ।

अहिले त्यस्तो छैन। घरभित्रै बाटो आइपुगेको छ। घरघरमा पानी र विजुली पुगेका छन्। पहिलेको भन्दा आकाश र पातालको फरक छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट आइतबार, वैशाख २७, २०८३
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, वैशाख २७, २०८३
यस्तो रहनेछ देशभरको मौसम आइतबार, वैशाख २७, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्