• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद बैठक तयारी : सांसदहरुबीच दुई कुर्सी खाली, कोरोना परीक्षण र मास्क अनिवार्य

64x64
दुर्गा दुलाल बुधबार, वैशाख २४, २०७७  १२:५०
1140x725

काठमाडौं– संघीय संसदको बजेट अधिवेशनका लागि संसद सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकतामा दिएर तयारी थालेको छ। संसद अधिवेशनका लागि सचिवालयले विशेष तयारी गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

शुक्रबारदेखि सुरू हुने संसदको बजेट अधिवेशनको बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी सामाजिक दूरी कायम गरिने छ। संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने  र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गराइने प्रवक्ता पाण्डेले बताए। संसद भवनबाहिर हात धुन साबुन पानीको व्यवस्था गरिने छ। हात धोएपछि मात्र संसद भवनमा प्रवेश दिइने उनले बताए।

‘सांसदको बीचका दुई कुर्सी खाली राख्छौं, सांसदलाई मास्क अनिवार्य गर्छौं’, पाण्डेले भने, ‘सांसदहरूको टेबलमा सेनिटाइजर  अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने छ।’

तयारीका विषयमा रणनीति बनाउन यसअघि सिभिल र टेकु अस्पतालका डाक्टरहरुले संघीय संसदको भवन निरीक्षण गरेका थिए। उनीहरुको सुझाव र विश्व स्वास्थ्य संगठनले दिएको मापदण्डअनुसार सबै तयारी सकिएको पाण्डेले बताए।

त्यस्तै, सांसदहरुलाई पनि संसद अधिवेशन सुरु हुनुअघि पिसिआर विधिबाट कोरोना परीक्षण गराइने छ। मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा नेगेटिभ रिपाेर्ट आएका सांसदहरुलाई मात्र प्रवेश दिने तयारी सचिवालयले गरेको छ।

संसद बैठकमा सबै पार्टीका सबै सांसदहरुलाई एकै पटक उपस्थित नगराउन रणनीति बनाइने भएको छ। सम्भव भएसम्म कोरम पुग्ने र सत्ता पक्षको बहुमत हुने गरी सांसदलाई उपस्थित गराउने तयारी सचिवलयको छ। सबै पार्टीका सांसदहरुको संख्याका आधारमा उनीहरुलाई उपस्थित हुने दिनको तय गरिने प्रारम्भिक तयारी छ।

विश्व स्वास्थ्य संगठनले कम्तिमा एक मिटरको सामाजिक दूरी राख्न आह्वान गर्दै आएको छ। सोही मापदण्डअनुसार दुई कुर्सी खालि राख्ने रणनीति अपनाइएको उनले बताए। संसद सचिवालयले सांसदको सिटसमेत तोक्ने तयारी गरेको छ। तर, दलहरुमा सांसदको वरियता विवादले सिट तोक्ने विषयमा संसद सचिवालयले कुनै टुंगो गर्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

संसद बैठकमा पहिलो लाइनमा शीर्ष नेताहरु बस्दै आएका छन्। पूर्व प्रधानमन्त्री, संसदीय दलका दलका नेता र पूर्व सभामुखले पहिलो लाइनमा सिट पाउँछन्। तर, कुर्सी खाली राख्दा सिट व्यवस्थापन गर्न सचिवालयलाई अफ्ठ्यारो परेको छ। तर, सचिवालयले पहिलो लहरमा प्रधानमन्त्रीमात्र राख्ने तयारी गरेको छ।

संसदको अधिवेशनलगत्तै संसदमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुँदैछ।

त्यतिबेला प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन हुन्छ। ‘त्यस्तो अवस्थामा तीन सय सांसदका लागि ९ सय कुर्सी आवश्यक हुन्छ’, पाण्डेले भने, ‘यसपटक  संसद हेर्न आउने दर्शकका लागि कुनै पास वितरण हुने छैन।’

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा १५ सय कुर्सी छन्।

Xtrem

Xtrem

संसद सचिवालयले सांसद, कर्मचारी र सुरक्षाकर्मीको पिसिआरबाट कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने भएको छ।

सांसदहरूले सभामुख अग्नि सापकोटालाई भेटेरै पिसिआर परीक्षणको माग गरेका थिए।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेटअघि प्रिबजेट छलफल र नीति तथा कार्यक्रम माथि छलफल हुनेछ।

गत वर्ष प्रिबजेट अघि नीति तथा कार्यक्रम पेश भएको थियो। यसपटक सरकारले प्रिबजेट छलफल गराएर मात्र नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरिरहेको छ। 

संसदको अधिवेशन २६ गते अपराह्न ४ बजेका लागि डाकिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १२:५०
  • #संघीय_संसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कार्टुन सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पा... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज २६, २०८३
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता सोमबार, असोज २६, २०८३
गोरखा आरुघाट सडक अवरुद्ध सोमबार, असोज २६, २०८३
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्