• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ १८, २०८२ Sun, Jun 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
 विप्लवले आक्रमण बन्द गरेकै बखत शर्मा पक्राउ
64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख २३, २०७७  १४:५४
1140x725

काठमाडौ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना भाइरसको संक्रमणका कारण आफ्ना गतिविधि बन्द गरेकै बखत केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्। विप्लवले गत चैत १० गते कोरोना संक्रमणले मुलुक आक्रान्त भएकाले आफ्ना सम्पूर्ण गतिविधि बन्द गरेको घोषणा गरेका थिए।

विप्लवले आफ्ना सबै गतिविधि बन्द गरेका बखत शर्मालाई आज चितवनबाट पक्राउ गरिएको छ। विप्लवले कोरोना भाइरसको संक्रमण कम भएपछिमात्रै आफ्ना गतिविधि सुरु गर्ने बताएका थिए। शर्मालाई प्रहरीले पक्राउ गरेपछि विप्लवलाई ठूलो क्षति पुगेको छ। यसअघि हेक्टक्वाटर सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ सहित केन्द्रीय सदस्य माइला लामा, बन्धु चन्दलगायत केन्द्रीय नेताहरु पक्राउ परिसकेका छन्। विप्लव नेतृत्वका नेकपाका एक हजारभन्दा धेरै नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ। 

शर्मा केन्द्रीय प्रकाशन विभागको जिम्मेवारीमा थिए।

विप्लव नेतृत्वको नेकपाका शर्मा पार्टी केन्द्रीय सदस्यसँगै केन्द्रीय प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। पार्टीको प्रचार प्रसारको भूमिका निर्वाह गर्नेगरी गुणराज लोहनीलाई हटाएर शर्मालाई प्रकाशन विभागमा ल्याइएको थियो।

प्रकाशन विभागको जिम्मेवारीमा आउनुअघि शर्मा पार्टी पालिटब्यूरो र पूर्वी कमाण्डको इन्चार्जको भूमिकामा थिए। उनी पार्टीमा लेख रचना कविता लेख्ने वैचारिक नेताको रुपमा स्थापित छन्। शर्मा राजनीतिमा लामो समय लागेपनि सांसद र मन्त्री कुनै लाभको पद नपाउने नेतामा पर्ने नेकपाका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीले बताए। पार्टीमा लामो समय संघर्ष गरेपनि शर्माले कम विवादित र वैचारिक नेताको रुपमा छवि बनाएको लोहनीले बताए। 

रुपलाल विश्वकर्मा समूहबाट माओवादीमा
२०४८ सालमा एकता केन्द्रको विद्यार्थी संगठनको अध्यक्ष हितमान शाक्य अध्यक्ष हुदा शर्मा सचिवको जिम्मेवारीमा थिए। २०५१ सालमा तत्कालीन माओवादीले दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेपछि रुपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारा श्रमिक संगठन पार्टीतिर लागेका थिए। माओवादीले जनयुद्ध सुरु गरेको दुई वर्षपछि विश्वकर्मालाई छोडेर २०५४ सालमा तत्कालीन माओवादीमा प्रवेश गरेका थिए।

जनयुद्धमा लागेका शर्मा २०६१ सालमा लोकेन्द्र विष्टमगरसँगै पटनामा पक्राउ परेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालतिर मात्रै शर्मा जेलबाट छुटेका थिए। शर्मालाई पार्टीले २०६५ सालमा मात्रै पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा ल्याएको थियो। २०६९ सालमा मोहन वैद्यले पार्टी अलग भएको घोषणा गरेपछि विप्लवसँगै गएका थिए।

विप्लवले आफ्नो नेतृत्वको नेकपा माओवादी घोषणा गरेपछि शर्मा उतै गएका थिए। विप्लवले २०७१ सालमा दाङमा भएको राष्ट्रिय सम्मेलनबाट शर्मालाई पोलिटब्यूरोको जिम्मेवारीमा ल्याएका थिए। विप्लव भूमिगत भएपछि उनलाई पूर्वी कमाण्ड र पोलिटब्यूरोको जिम्मेवारीमा ल्याइएको थियो। शर्मा हाल पार्टी केन्द्रीय सदस्य र केन्द्रीय प्रकाशन विभाग प्रमुखको जिम्मेवारीमा थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्। आइतबार, जेठ १८, २०८२
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्... आइतबार, जेठ १८, २०८२
गणतन्त्र पक्षधरहरु एक ठाउँमा आउनेबित्तिकै राजावादीहरूको केही रहने छैनन् : प्रचण्ड नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने आइतबार, जेठ १८, २०८२
स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
गायक तथा संगीतकार गणेश रसिकको निधन आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा, फाइनलको लागि पञ्जाब किङ्ससँग खेल्ने शनिबार, जेठ १७, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
'राइड सेयरिङ' नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीद्वारा काठमाडौंमा चक्काजाम शनिबार, जेठ १७, २०८२
प्रचण्डलाई लिङ्देनको जवाफ : विचरा उहाँलाई पीर परेको छ, आफूले पैसा दिएर जुलुसमा मान्छे ल्याएको सम्झिनुभएको होला शनिबार, जेठ १७, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्