काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम इ सेवा र फोन पे मार्फत तिर्न सकिने भएको छ। कम्पनीले अहिले इ सेवा र फोन पे मार्फत प्रिमियम तिर्न सकिने व्यवस्था गरेको हो।
छिट्टै कनेक्ट आइपीएसमार्फत पनि तिर्न मिल्ने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ। यससँगै बीमितले पोलिसी नवीकरण बापतको रकम डिजिटल भुक्तानी गर्न सक्ने छन्।
नेशनल लाइफले लकडाउनको अवधिमा १ करोड ८४ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ।
लकडाउनका कारण कम्पनीका कार्यालयमा आएर दाबीको निवेदन दिन नसक्ने अवस्था रहेकाले इमेलमार्फत निवेदन लिएर डिजिटल भुक्तानीमार्फत रकम उपलब्ध गराएको नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।