एजेन्सी- अर्बपति वारेन बफेटको कम्पनी ब्रकेशाइर हाथवेले अमेरिकाका प्रमुख वायुसेवा कम्पनीको स्वामित्व बिक्रीको घोषणा गरेको छ। सेयर धनिहरुको वार्षिक बैठकमा बफेटले कोरोना भाइरसका कारण विश्वमा परिवर्तन आएको बताएका छन्। उनले यस्तो अवस्थामा वायुसेवा कम्पनीमा लगानी गर्नु गलत हुने पनि बताए।
ब्रेकसाइर हाथवेले चालु वर्षको पहिलो त्रैमासिक अवधिमा ५० अर्ब डलर नोक्सान ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको केही समयपछि बफेकटको यस्तो धारणा आएको हो।
बफेटको कम्पनीसँग डेल्टा एयरलाइन्सको ११ प्रतिशत, अमेरिकन एयरलाइन्सको १० प्रतिशत, साउथवेस्ट एयरलाइन्सको १० प्रतिशत र युनाइटेड एयरलाइन्सको १० प्रतिशत सेयर स्वामित्व छ। उनको कम्पनीले सन् २०१६ पछि उड्डयन उद्योगमा लगानी गर्न थालेको थियो।
कम्पनीको भर्चुअल मिटिङमा ठूलो नोक्सान देखिएपछि यो क्षेत्रबाट लगानी फिर्ता गर्न चाहेको उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।