• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गल्दै ओली, पेल्दै प्रचण्ड-नेपाल

64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख १६, २०७७  २२:०४
1140x725

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बढ्दै गएको ध्रुवीकरणले पार्टीलाई विभाजनको मोडतिर डोर्‍याएपछि  शक्ति सन्तुलनको खोजी सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेसम्म पुगेका छन् नेकपाकै नेताहरू। राजनीतिक दल फुटाउन सजिलो हुने गरी सरकारले ल्याएको अध्यादेश र सांसद अपहरणको विषयमा पार्टीमा विवाद चुलिएपछि नेकपा नेताहरूको मतैक्यता छैन। नेकपामा भित्रभित्रै सल्किएको ओलीविरुद्धको आक्रोशले पार्टीभित्रको समस्या जटिल बन्दै गइरहेको देखिन्छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह जसरी पनि ओलीलाई पदच्यूत गराउने योजनामा देखिन्छन्। ओली जसरी पनि पद जोगाउने रणनीतिमा छन्। अप्ठ्यारोमा परेपछि उनी अहिले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिई पद बाँडफाँड गरेर भए पनि प्रचण्ड-नेपाल गठबन्धन टुटाउने रणनीतिमा छन्।

सकेसम्म आफूविरुद्ध प्रचण्ड-नेपाल समूहको गठबन्ध टुटाउने, नसके बरु पार्टी नै विभाजन गर्नुपरे पनि पछि नपर्ने रणनीतिमा ओली अघि बढेका छन्। आफू निकट सांसद भेला पारेर प्रधानमन्त्री ओलीले दिएको सन्देशबाट यो कुरा प्रष्ट हुन्छ। यस अगाडि पनि उनी घेराबन्दीमा नपरेका होइनन्। तर अनेक जुक्ति निकालेर उम्किएका थिए। यो पाली सकस अलि बढी नै देखिएको छ।

चेपुवामा पर्दै गएपछि ओलीले अहिले संघका मन्त्री र प्रदेशको मुख्यमन्त्री हेरफेरको प्रस्ताव अगाडि बढाएका छन्। केन्द्रका मन्त्रीसहित बागमती प्रदेश र प्रदेश ५ को मुख्यमन्त्रीसम्म फेरबदल गर्न आफू सहमत भएको सन्देस दिइसकेको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए। तर सकेसम्म अहिले ओली नेपाललाई मनाउन कसरतमा छन्।

यो पनि पढ्नुहोस्

नेकपा शीर्ष नेतृत्व जोड्न दोस्रो तहका नेता सक्रियमंगलबार, वैशाख १६, २०७७

शक्ति सन्तुलन गर्ने हो भने प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छाड्नेपर्ने नेपाल पक्षको अडान छ। तर ओली तयार छैनन्। उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद जोगाएर सरकारका नेपालपक्षको सहभागिता बढाएर समस्याबाट पार पाउने रणनीतिमा देखिएका छन्। तर नेपाल समूह यतिमा मात्रै चित्त बुझाउने मनस्थितिमा छैन। 

'पार्टीमा लगभभ बराबर हैसियत भएका तीन शक्ति ओली, प्रचण्ड र नेपाल समूह छ,’ ती नेताले भने, ‘शक्ति सन्तुलनका नाममा मन्त्री वा मुख्यमन्त्रीमा मिलाएर भन्दा सरकारमा प्रधानमन्त्री वा पार्टीमा अध्यक्षमध्ये एक पद ओलीले छाड्नुपर्ने मान्दैनौं भन्ने उहाँहरुको माग देखिन्छ,’ ती सदस्यले मंगलबारको ओली र प्रचण्डको भेटले समाधानको बाटो पहिल्याएकाले बुधबार सचिवालय बैठक बोलाइएको दाबी गरे।

प्रचण्ड र नेपाल समूहका नेताहरूले सरकारले पार्टी कमिटीमा निर्णय नै नगरी अघि बढेकाले नेतृत्वले सच्चिनुपर्ने अवस्था आएको तर्क गरिरहेका छन्। अप्ठ्यारो पर्ला जस्तो देखिए पार्टीले भनेको मान्छु भन्ने तर अनुकुल भएसँगै आफ्ना निकटलाई च्यापेर अन्यलाई भित्तामा पुर्‍याउने ओलीको कार्यशैली रहेकाले यो पाली 'वार या पार'को मुडमा देखिएका छन् दुवै समूहका केही नेता।

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले प्रधानमन्त्री पार्टी कमिटीमा कुनै सल्लाह छलफल नै गर्नुहुन्न। एक्लौटी ढंगले निर्णय गर्नुहुन्छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘अब निर्णय गर्दा पार्टी कमिटीमा निर्णय गराएर मात्रै गर्छु भन्नु त हुन्छ तर पालना हुनेमा अझै शंका रहेकाले अब छिनोफानो हुनुपर्छ।’ 

पटकपटक माग गर्दा पार्टीको बैठकसमेत नराख्ने, सरकारले गरेको निर्णयमाथि प्रश्न उठ्दाउठ्दै राष्ट्रपति लगाएर काम गराउने गरेकोमा प्रचण्ड र नेपाल समूह प्रधानमन्त्री ओलीको प्रधानमन्त्री र अध्यक्षमध्ये एक 'सिङ' फुकाल्नैपर्ने निष्कर्षमा पुगेको देखिन्छ।

मुख्य गरी दुई अध्यादेशबारे सचिवालयमा छलफल हुँदाहुँदै राष्ट्रपतिबाट पारित गराउने कदमबाट दुवै नेता निक्कै रिसाएका देखिए। त्यसमा स्थायी समितिको बैठक राख्न माग गर्दा आलटाल गरेपछि सोमबार प्रचण्ड र नेपाल समूहका सांसदहरु हस्ताक्षरै गरे अघि बढिसकेका थिए। ओली समूह र प्रचण्ड समूहका केही नेताहरूले हस्ताक्षर प्रक्रियाले पार्टी फुट सिर्जना गर्ने भन्दै रोकेर संवाद अगाडि बढाउने प्रयास गरे। हस्ताक्षर अभियानको विपक्षमा माओवादी समूहबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट र ओली समूहबाट शंकर पोखरेल र सुवास नेम्वाङलगायत नेताहरू उभिएपछि रोकिएको थियो। उनीहरुले दुवै अध्यक्षबीच संवादको ढोका खोल्ने पहल गरेपछि मंगलबार प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुन सकेको थियो। 

माओवादी समूहको दबाबपछि ओलीलाई भेट्न गए प्रचण्ड
माओवादी समूहका नेताहरुले दबाबपछि प्रचण्ड मंगलबार ओलीलाई भेट्न बालुवाटार गए। नेपाल समूह त्यति विश्वसनीय नभएको भन्दै माओवादीको एक समूहले एमाले पङ्ति एक भएमा पूर्व माओवादी समूह अप्ठ्यारोमा पर्ने भन्दै संवाद अगाडि बढाउन दबाब दिएका थिए।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, वर्षमान पुन, देवेन्द्र पौडेल, दीननाथ शर्मालगायत नेताहरुले दबाब दिएपछि मंगलबार ओली र प्रचण्डबीच छलफलको वातावरण बन्यो। मंगलबार दिउँसो ओलीलाई भेट्न प्रचण्ड वालुवाटार पुगेका थिए।

ओली प्रचण्डको छलफलपछि स्थायी कमिटी बैठक अगाडि सचिवालय बैठक बस्ने सहमति भयो।

‘पार्टीमा वादविवाद संघर्ष हुन्छन्। त्यो हुनु कुनै नौलो कुरा भएन,’ स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘विवादलाई पार्टी कमिटीमा बैठक बोलाएर छलफल गर्नुपर्छ। आफ्ना कुरा राख्न पाउनुपर्छ। त्यहीँबाट समाधान खोज्नु पर्छ।’ 

यो पनि पढ्नुहोस्

भोलि सचिवालय बैठक बोलाउने ओली र प्रचण्डबीच समझदारीमंगलबार, वैशाख १६, २०७७

प्रचण्ड समूह लचिलो, नेपाल समूह आक्रामक
पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीका विषयमा प्रचण्ड समूह केही लचिलो देखिएको छ भने नेपाल समूह बढी आक्रामक देखिएको छ। तर, विवादलाई तत्काल बैठक बोलाएर समाधान गर्नुपर्छ भन्ने विषयमा भने प्रचण्ड र नेपाल समूह एक छन्।

नेपाल समूह प्रधानमन्त्रीले गम्भीर गल्ती गरिसकेकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनु पर्ने अडानमा कायमै छ। पार्टीमा ओली समूहसँग बराबर हैसियतमा हुँदाहुँदै पनि पेलानमा परेपछि नेपाल समूह आक्रामक भएको हो।

‘प्रधानमन्त्रीज्यू आफैले एकपछि अर्को गर्दै पार्टीमा विवाद सिर्जना गर्नु भएको,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘तत्काल सचिवालय त्यसपछि स्थायी कमिटी बैठक बोलाउनुपर्छ।  र सबै कामको  प्रधानमन्त्री ओलीले नैतिक जिम्मेवारी लिनु पर्छ।'

पहिला सचिवालय, स्थायी कमिटी 
प्रारम्भमा प्रचण्ड र नेपाल समूह तत्काल स्थायी समितिको बैठक बोलाउनुपर्ने पक्षमा थिए। ओली सकेसम्म स्थायी कमिटी बैठक टार्ने पक्षमा थिए। यसैले द्वन्द्व बढाइरहेको थियो। मंगलबार ओली र प्रचण्डबीचको भेटपछि स्थायी समितिको बैठक अगाडि सचिवालयको बैठक बस्ने सहमति भएको छ।

प्रधानमन्त्री ओली अझै स्थायी समिति बैठक बोलाउने पक्षमा छैनन्। सचिवालयको बैठकमा आफ्ना धारणा राखेसँगै लचिलोपन देखाएर सकेसम्म समस्याको समाधान निकाल्ने उनको योजना देखिन्छ। प्रचण्ड र नेपाल भने स्थायी कमिटीको बैठकको पक्षमा छन्। 'एक पटक सचिवालय बसौं। त्यसमा मेरा कुरा राख्छु। अनि परे अन्य कमिटीको बैठक राखौंला' भनेर ओलीले प्रस्ताव राखेपछि प्रचण्ड सहमत भएको उनी निकट स्रोतले बतायो।

'बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीज्यू लचिलो देखिनुहुने त पक्का छ। तर लचिलो देखिनु र हुनुमा फरक छ,' प्रचण्ड निकट एक नेताले भने, 'सचिवालय बैठकबाटै विवाद थामथुम पार्ने उहाँको रणनीति देखिन्छ। तर यो सम्भव देखिएको छैन।'

यो पनि पढ्नुहोस्

सत्ताधारी नेकपाको किचलोमा कांग्रेस रमितेमंगलबार, वैशाख १६, २०७७

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २२:०४
  • #ncp
  • #प्रचण्ड
  • #केपीओली
  • #माधवकुमारनेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्