• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा शीर्ष नेतृत्व जोड्न दोस्रो तहका नेता सक्रिय

64x64
डिबी खड्का मंगलबार, वैशाख १६, २०७७  १८:२९
1140x725

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति सन्तुलनको तराजु बिग्रिएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तराजुको एकापट्टी छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतमलगायत अर्कापट्टी छन्। प्रधानमन्त्री ओलीको  योजना कार्यान्वयन हुन्थ्यो भने समाजवादी पार्टी यतिबेला फुटको संघारमा हुन्थ्यो। तर अरुलाई फुटाउन राखेको अध्यादेशरुपी हतियार आत्मघाती भएको छ। नेकपा आफैं संकटमा फसेको छ।

शीर्ष नेताहरुबीच नै आइरहेको दरारलाई झन् फैलाउँदै गइरहेका छन् नेकपाको दोस्रा तहका केही नेता। तर  केही भने फेबिकोल बन्ने प्रयास गरिरहेका छन्। तीमध्ये अग्रपङ्तिमा छन्, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल। गुटका हिसाबले ओली पक्षका उनी यतिबेला काठमाडौंमा छन् र नेताहरुबीचको तीतो बढ्न नदिन भरमग्दुर प्रयास गरिरहेका छन्। 

उनी नेताहरूलाई भेटेर पदको लोभबाट मुक्त हुन आग्रह गरिरहेका छन्। पार्टीमा शक्ति सन्तुलन र भागबन्डा मिलाउनु परे आफू मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले भनेका छन्, 'पार्टी एकतालाई सफल बनाउन म मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार छु।'

पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार पार्न सबं नेता तथा कार्यकर्तालाई उनले आह्वान गरेका छन्। 'आपसी कटाक्ष र टिप्पणी बन्द गरौं। मिले जितिन्छ, झै-झगडाले नासिन्छ, गम्भीर बनौं,' उनले भने। सबै भन्दासंयम हुनुपर्ने ओली पक्षकै नेता कार्यकर्ताले रहेको अवगत प्रधानमन्त्री ओली र उनी निकटस्थ नेताहरुलाई गराएका छन्। उनी सक्रिय भएदेखि टर्रो बोल्ने प्रधानमन्त्री ओली निकटस्थ नेताहरु चुप रहेका नेकपाका एक सांसद बताउँछन्। 

पार्टी एकताको मूलमर्म सहमति र सहकार्य भएकाले लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने उनको अपेक्षा छ। उनको भावनाको नेकपाका नेताहरुले नै प्रशंसा गरिरहेका छन्। नेकपाकी सचेतक शान्ता चौधरी, सांसद महेश बस्नेतलगायतले उनको भनाइ आफ्नो फेसबुक मार्फत् आम नेता कार्यकर्ता माझ पुर्‍याइरहेका छन्। यसैगरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि नेताहरुलाई नजिक ल्याउन सक्रिय छन्। नमिलेका विषयमा आपसी छलफल गर्न र एकअर्काप्रति लचिलो भएर अगाडि बढ्न सुझाइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी पूर्व माओवादी पक्षका नेताहरु पनि सकेसम्म शीर्ष नेताहरुको मनमुटाव टुंगियोस् भन्ने चाहन्छन् र आफूहरु एकताकै पक्षमा रहेको सन्देश दिइरहेका छन्। नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्य देवेन्द्र पौडेल पनि मिल्नु नै अहिलेका लागि उत्तम रहेको बताइरहेका छन्। उनले भने, 'प्रधानमन्त्री कार्यशैली सुधार्न दबाब दिनुपर्ने भएपनि विभाजनको तहका कुरा गर्न नहुने सुझाव हामीले दिइरहेका छौं।'

यसैगरी नेकपा नेता दीननाथ शर्मा पार्टीका समस्या मन माझेर सल्टाउनुपर्ने पक्षमा छन्। कार्यकारी अध्यक्ष प्रचण्डनिकट रायमाझी पार्टी फुटको तयारीमा लाग्ने समय नरहेको बताउँछन्। प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड-नेपाल समूहले हस्ताक्षर अभियान चलाउने विषयको समेत उनी विरोधमा रहेको बुझिएको छ।

मन्त्री लेखराज भट्टले पनि पार्टी विभाजन गर्न नहुने मत जाहेर गर्दै शक्ति सन्तुलन र पद मिलाउनु परे आफू त्याग गर्न तयार रहेको जनाउ दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले प्रधानमन्त्री ओलीको कार्यशैलीका विषयमा समीक्षा गरेपनि पार्टी एकतालाई कायम राख्न सुझाएको बुझिएको छ।

यसैगरी, नेकपाका केन्द्रीय सदस्य र अन्य कार्यकर्ता पनि शीर्ष नेताहरुबीच भइरहेको मतभिन्नतालाई आत्मसमीक्षाबाट टुंग्याउनुपर्ने पक्षमा सामाजिक सञ्जाल मार्फत् दबाब दिइरहेका छन्।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी आफूहरु भूइँमा बस्न तयार रहेको तर सरकार ढाल्ने र पार्टीमा विभाजन ल्याउने खेलमा नेताहरुलाई नलाग्न सुझाउँछिन्। 'हामीलाई पदको कुनै पर्वाह छैन, सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि होइन। भुइँमा बस्न तयार छौं।  एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं,' उनले भने। 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १८:२९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्