काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सचिवालय बैठक बाेलाउने समझदारी बनेकाे छ। अध्यक्षद्वयबीच आज भएकाे भेटमा भाेलि सचिवालय बैठक बोलाउने समझदारी बनेकाे हाे।
पार्टीमा विवाद बढ्दै गएपछि ओली र प्रचण्डले बुधबार सचिवालय बैठक बोलाउने समझारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर, बुधबार सचिवालय बैठक बस्ने भनिए पनि अहिलेसम्म समय तय भएको छैन।
राजनीतिक दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेशपछि वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीलाई नेपाल र प्रचण्ड समूहका नेताहरुले अप्ठ्यारो पारेपछि बैठक टार्दै आएका थिए।
मंगलबार अध्यक्ष ओली र प्रचण्डबीच संवाद भएपछि सचिवालय बैठक बोलाउने समझदारी जुटेको हो। सचिवालय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीदेखि अध्यदेशका विषयमा नेताहरुले आलोचना गर्न सक्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।