• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ताधारी नेकपाको किचलोमा कांग्रेस रमिते

64x64
लिलु डुम्रे मंगलबार, वैशाख १६, २०७७  १७:३०
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपामा देखिएको किचलोबारे तत्काल प्रतिक्रिया दिनुभन्दा टाढा रहेर केही समय रमिता हेर्ने रणनीति बनाएको छ। सरकरको गतिविधिबारे तिखो आलोचना गर्दै आएको काग्रेस सत्ता किचलोबारे मौन छ। र यो मौनता अझै केही दिन लम्ब्याउने रणनीतिमा देखियो।

बैसाख ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा छ। सत्तारुढ दलका कतिपय नेताले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन्। कांग्रेसले भने औपचारिक रुपमा केही बोलेको छैन। 

संसदको अंक गणितले उलाई साथ दिएको छैन। पार्टीमा किचलो बढे पनि सत्ताको तालाचावी नेकपासँगै रहेकाले कांग्रेस प्रधानमन्त्रीको राजिनामाबारे मौन छ। उसले विपक्षमा रहेका दलहरुको बैठक राखेर लकडाउन खुलेपछि संघर्ष गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीबारे भने केही बोलेको छैन।

प्रधानमन्त्री ओलीले सत्ता सम्हालेपछिको सबैभन्दा चिढिएको पार्टी कांग्रेस नै हो। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश काग्रेस लक्षित नै थियो। उसले अध्यादेश सच्याउन माग गर्‍यो। र सच्चियो पनि।

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

प्रधानमन्त्रीको व्यवहारले नेकपाभित्रै तीव्र ध्रुवीकरण चलिरहेको छ। तर कांग्रेस प्रधानमन्त्री ओलीको राजीनामा माग्ने मुडमा पुगिसकेको छैन। उनीहरु यसबारे औपचारिक रुपमा बोल्न समेत तयार छैनन्।

किन यो मौनता? कांग्रेसका एक केन्द्रीय सदस्य कोरोना भाइरसको महामारीको समयमा प्रधानमन्त्रीको राजीनामा माग्दा राजनीतिक अस्थिरता बढाउन लागेको भन्दै  ‘ब्याक फायर’  हुन सक्ने जोखिमले अहिले चुपै बस्ने रणनीति लिइएको हो।

केही समय अगाडि पार्टीका केही नेताले सरकार बदल्ने विषयमा दिएको अभिव्यक्तिले पार्टी आलोचित भएको थियो। अहिले ओलीको राजीनामा माग्दा संकटको बेलामा पनि सत्ताको खेलमा लागेको अपजस आउने तर पार्टीले चाहेका आधारमा सत्ता बदलिन सम्भव नभएपछि नेकपाभित्रको ध्रुवीकरणको अवलोकन मात्र गरेर बस्ने रणनीति लिएको देखिन्छ।

सभापति देउवा। फाइल तस्बिर

राजीनामा मागेर परिणाममा पुर्याउने हैसियतमा कांग्रेस छैन। नेकपाभित्रकै कुनै समूहको सहयोगविना अविश्वास प्रस्ताव समेत टुंगोमा पुग्न सक्दैन। 'राजीनामा मागिसकेपछि त्यसलाई परिणामसम्म पुर्याउनु सक्नुपर्छ। त्यो संख्या पार्टीसँग छैन,' कांग्रेसका एक नेताले नेपाललाइभसँग भने, 'कांग्रेसले राजीनामाको मुद्धालाई लिड गरे,मुद्दा कमजोर हुन्छ। यो विषयमा गोल गर्ने-नगर्ने नेकपा भित्रैबाट हो। कांग्रेस दर्शकको भूमिकामा छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको नेतृत्वमा नयाँ अनुहार ल्याउने परिस्थिति निर्माण नेकपाभित्रैबाट मात्र सम्भव छ। प्रधानमन्त्री परिवर्तन हुने कारक नेकपाकै अन्तरद्धन्द्धले लिने बाटोमा भर पर्छ। कांग्रेस र सरकार बाहिर रहेका दलको तत्काल कुनै भुमिका देखिएको छैन। 

'अविश्वास प्रस्ताव राख्दा वैकल्पिक प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने हुन्छ। नेपाली कांग्रेसले त्यो भूमिका निर्वाह गर्न अहिले सक्दैन,’ केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, 'अविश्वास प्रस्ताव राख्ने भूमिका नेकपा भित्रैबाट हुनसक्छ। भ्रष्टचार बेथितिका कारणले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने समय भने आएको छ।'

नेकपाभित्रको विवाद चर्कदै गए त्यसले कुनै न कुनै रुपमा कांग्रेसको भुमिका बन्न सक्छ। त्यसका लागि नेकपाभित्रकैबाट प्रधानमन्त्रीमाथिको अविश्वास प्रस्ताव आउनुपर्छ। संसदमा बहुमत देखाउनुपर्ने जोखिममा प्रधानमन्त्री ओली पुगेमा अंक गणितको जोडघटाउमा कांग्रेस सहभागी हुनेछ। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्। अविश्वासको प्रस्ताव छलफलमा लैजान एक तिहाई संख्या आवश्यक पर्दछ।

काग्रेस केन्द्रीय समिति बैठक। 

ओली सरकारका २७ महिनामा प्रतिपक्ष दलको सम्बन्ध सरकारसँग समधुर रहेन। पार्टीबाट असहयोग भई ओली सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा कांग्रेसले उनकै नेतृत्व पुनः चाहेको देखिएको छैन। नेकपाको अन्तरद्धन्द्ध उत्कर्षमा पुगेमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष दल कांग्रेसको सहयोगमा सरकार बनाउने प्रयास गर्ने राजनीतिक बाटो खुल्लै छ। उनले आफू निकट साँसदहरुलाई जस्तोसुकै अवस्थाका लागि तयार रहन दिएको निर्देशनले सहजै रुपमा सत्ता हस्तान्तरण गर्ने मुडमा नभएको देखाउँछ नै।

गत मंगलबार अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेका छन्। उक्त बैठकमा देउवाले अध्यादेश र कोरोना संकटका विषयमा छलफल भएको बताएका छन्। सरकारमा साझेदारीको बारेमा समेत छलफल भएको आशंका गरिए पनि यो पाटो सार्वजनिक भइसकेको छैन। 

प्रतिपक्षी दलको शक्ति बढाउँदै
प्रधानमन्त्रीको राजिनामाबारे कांग्रेस मौन रहे पनि उसले लकडाउन लगत्तै सडक आन्दोलनको मनस्थिति भने बनाएको छ। नेतृत्व माथि प्रधानमन्त्रीको राजीनामा संस्थागत रुपमा माग्नुपर्ने दबाब बढ्दै गएको पनि छ। 

तर कांग्रेस राजीनामातिरभन्दा सरकार बाहिर रहेका दललाई एकीकृत गर्ने रणनीतिमा देखिन्छ। यही रणनीतिअनुसार उसले विपक्षी दलसँग एक चरण छलफल सक्काइसकेको छ।

बैसाख ८ मा अध्यादेश आएको एक दिन कांग्रेसको सक्रियतामा चार दलको बैठक बसेको थियो। कांग्रेस सहित तत्कालीन समाजवादी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले सरकारको अलोकतान्त्रिक कदमको विरुद्धमा निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउने निर्णय गरिसकेको छ।

कांग्रेसले सत्ता बाहिरका दलहरुको बैठकको निरन्तरता दिदैं सोमबार समेत बैठक बोलाएको थियो। सोमबारको बैठकले सरकार विरुद्ध संघर्षमा जाने निर्णय समेत गरेको छ।सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष उक्त बैठकले निकालेको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्