काठमाडौं– लिभरपुल तथा रिपब्लिक अफ आयरल्यान्डका पूर्व स्ट्राइकर माइकल रोविनसनको निधन भएको छ।
मंगलबार छाला क्यान्सरबाट पीडित रोविनसनको ६१ वर्षको उमेरमा निधन भएको हो। रोविनसनलाई २०१८ मा छालाको क्यान्सर देखिएको थियो। सन् १९८३–८४ को युरोपियन कप र लिग कपको उपाधि लिभरपुललाई दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले इंग्लिस क्लब म्यानचेस्टर सिटी, ब्राइटन, प्रिस्टन र क्वीन्स पार्क रेंगर्सबाट खेले। त्यस्तै, उनले आफ्नो फुटबल करियर ओसासुनाबाट सन् १९८९ मा ला लिगा खेलेर सन्यास लिएका थिए।
रोविनसनले आफ्नो देश रिपब्लिक अफ आयरल्यान्डबाट २४ खेल खेलेका छन्। जसमा उनले चार गोल गर्न सफल भए।
उनको निधनमा खेलकुदका विभिन्न हस्ती तथा क्लबहरुले दुःख व्यक्त गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।