• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउन : बढ्यो काठ तस्करी, वन्यजन्तु संरक्षणमा चुनौती

64x64
शेरबहादुर ऐर मंगलबार, वैशाख १६, २०७७  २१:१४
1140x725

धनगढी- एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण वन र वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। लकडाउनका कारण पछिल्ला दिनमा कैलालीमा वन अतिक्रमण तथा वन फडानी, काठ तथा वन्यजन्तु तस्करीसँगै वन डढेलोको जोखिम बढेकाे छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभरी नै लकडाउन गरेको छ। लकडाउनमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको छ। सरकारको राजपत्रमा वन अत्यावश्यक सेवामा राखिएको छैन। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले नेपाल लाइभसँग भने, 'अत्यावश्यक सेवामा नराखिए पनि हामीहरूले आफ्नै दायित्व सम्झेर वन संरक्षणका काम गरिरहेका छौं।'

वन अधिकृत कँडेलले लकडाउनका कारण वनकर्मीलाई वनमा नियमित अनुगमन गर्न, डढेलो नियन्त्रणका लागि सामग्री वितरण, अतिक्रमण हटाउ अभियान सञ्चालनलगायतका गतिविधि अघि बढाउन नसकिएको बताए। ‘अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेको छ,’ उनले भने, 'कोरोनाको जोखिमबाट वनकर्मीलाई बचाउन हामीसँग सुरक्षा सामग्री पनि छैन।' उनले वनभित्र खटिएका रेन्जर, वनकर्मी तथा वन प्राविधिक कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गरिनुपर्ने बताए। उनले लकडाउनमा पनि खटिएका वनका कर्मचारीहरूको स्वास्थ्य बीमा र भत्ताको पनि व्यवस्था गरिनुपर्ने बताए।

काठ तस्करीमा वृद्धि
सरकारले लकडाउन जारी गरेयता कैलालीमा काठ तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले लकडाउन यता पक्राउ परेकामध्ये १२ जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको र सात जनालाई हिरासतमा राखिएको बताए।

डिभिजन वन कार्यालयले लकडाउनको अवधिमा अवैध रुपमा कटान गरिएका तथा लुकाइछिपाई राखेका एक सय पाँच क्यूफिटका एक सय एक थान चिरान काठ र ५९ दशमलव छ क्यूफिटका ६ थान सालका गोलिया बरामद गरेको जनाएको  छ। धनगढी डिभिजन वन कार्यालयले यस अवधिमा विभिन्न स्थानबाट काठका गोलियाहरू पनि बरामद गरेको जनाएको छ। कँडेलले भने, 'हाम्रो कार्यालय मातहात रहेको फूलबारी, गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा बढी काठ तस्करी भइरहेको छ।'

डिभिजन वन कार्यालय धनगढीले चैत १३ गते धनगढी उपमहागनरपालिका वडा नम्बर १६ बाट ७० दशमलब १६ क्यूफिटका दुई थान काठ बरामद गरेको थियो। चैत २३ गते धनगढीको वडा नम्बर १५ बाट एक सय ८० दशमलब १० क्यूफिटको ११ थान काठ बरामद गरेको जनाएको छ। चैत २५ गते कैलारी गाउँपालिका वडा नम्बर ९ बाट एक सय १० क्यूफिटका चार थान गोलिया बरामद गरेको जनाइएको छ।

यस्तै चैत २६ गते गोदावरी नगरपालिकाबाट ५५ दशमलब १३ क्यूफिट चिरान गरिएका ६१ थान र ५९ दशमलब ३५ क्यूफिटका चार थान दाउरा बरामद गरिएको थियो भने चैत २८ गते १३ दशमलबर ७७ क्यूफिट चिरान काठ र ६४ दशमलब ७६ क्यूफिट गोलियासहित पाँच जना पक्राउ परेका थिए।

यस्तै, वैशाख १२ गते स्थानीयले गौरीगंगा नगरपालिकास्थित शिवगंगा सामुदायिक वनमा चारवटा जति रुख काटेर लुकाएर राखेको अवस्थामा खयरका ४४ गोलिया काठ फेला पारेका थिए भने वैशाख १४ गते घोडाघोडीमा ४ गोलिया सालको काठ बरामद गरिएको जनाइएको छ। घोडाघोडी नगरपालिका ११ तप्पाको राष्ट्रिय वनमा बेवारिसे अवस्थामा रहेको सालको काठ बरामद गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सव–डिभिजन वन कार्यालय, सुखडको नियमित गस्तीले राष्ट्रिय वनमा बेवारिसे अवस्थामा फेला परेको करिव एक सय एक दशमलव सात क्यूफिटको चार गोलीया सालको काठ बरामद गरिएको सव–डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिए। वैशाख ८ गते कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसौनास्थित चन्चल भनिने बन्दुक धनी चन्द्रराज गिरीको घरबाट प्रहरीले लुकाईछिपाई राखेको अवस्थामा ३६.९ क्युफिट सालको काठ समेत बरामद गरेको जनाइएको छ।

त्यस्तै, वैशाख ५ गते गौरीगंगा नगरपालिका वडा नम्बर ३ राजीवुढामा रहेको राष्ट्रिय वनबाट एक सय ६० थान सालको चिरान काठ बरामद गरिएको थियो।

चैत २९ मा कैलालीको घोडाघोडी नगरपालिका- १० आमखैया जंगलबाट अवैध काठ तस्करी भइरहेको सूचनाका आधारमा गएको सशस्त्र प्रहरी बलको टोलीले दुई गोलिया काठ बरामद गरेको थियो। उक्त काठ इलाका वन कार्यालय पहलमानपुरलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणले जनाएकाे छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चैत २७ गते तस्करीमा संग्लन गोदावरी १२ हलौडेका नरीबहादुर साउद पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भने, ‘साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरू लुकाई राखेको खबर प्राप्त भएपछि गएको टोलीले चेकजाँच गर्दा उनको घर छेउ तथा गोठमा चिरान कडी, चौपट, सिल्ली, तक्ता र तीन थान गोलिया गरी एक सय २१ क्यूफिट काठ बरामद भएको हो।’

चैत २० गते भजनी नगरपालिका वडा नम्बर ३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलीया भेटिएका थिए। यस्तै, बर्दगोरीया गाउपालिका वडा नम्बर ४ मा रहेको पुरैना सामुदायिक वनमा काठ काट्दै गरेका ६ जनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए। स्थानीयका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका सुरेन्द्र चौधरी लगायतलाई रंगेहात पक्राउ गरिएको थियो। समितिले उनीहरूलाई १४ हजार ७ सय रुपैयाँ जरिवाना गरेर छाडेको थियो।

त्यस्तै बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ का भेषराज जैशीलाई मोटरसाइकलमा सालको कडी बोकीरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका थिए। पक्राउ परेका जैशी मोटरसाइकल र सालका कडी छोडेर स्थानीयको नियन्त्रणबाट भागेका थिए। उनले छाडेको मोटरसाइकल र सालका कडी स्थानीयले इलाका प्रहरी कार्यालय बौनीयाँको जिम्मा लगाएको स्थानीयले जनाएका छन्।

डिभिजन वन कार्यालय प्रमुख कँडेलका अनुसार गाउँले फूर्सदमा भएकोले थोरैथारै काठ चोरी निकासी गरेर आफूले पनि प्रयोग गर्ने अरुलाई पनि बेच्न खोजेको देखिन्छ।

डढेलोको जोखिम
हरेक वर्ष गर्मी मौसममा कैलालीका राष्ट्रिय, साझेदारी, सामुदायिक तथा निजी वनमा डढेलोको जोखिम रहने गरेको छ।

बसन्त ऋतुमा प्रकृतिले नौलो काँचुले फेर्ने भएकाले रुखहरूका पातहरू सुकेर तल झरेका हुन्छन्। त्यहाँ कुनै पनि व्यक्ति वा प्राकृतिक कारणले आँगो ती पातमा परे वनभित्र फैलने जोखिम रहन्छ। डिभिजन वन कार्यालयका प्रमुख कँडेलले लकडाउनका कारण वन डढेलो नियन्त्रणका लागि पनि काम अघि बढाउन नसकिएको बताए।

उनले अहिले सामान्य वर्षाका कारण वन डढेलो नभएपनि जोखिम भने रहेको बताए। उनले भने, ‘अहिले सञ्चार माध्यमबाट डढेलोसम्बन्धी सन्देश प्रवाह भइरहेको छ। केही सामुदायिक वनमा सामग्री वितरण भएका छन भने केहीमा सामग्री वितरण गर्न बाँकी रहेको छ।’ उनले विगतमा डढेलो नियन्त्रणका लागि जनचेतनामुलक अभियानसँगै विभिन्न गतिविधि गरिने गरेको बताए।

अतिक्रमण नियन्त्रणमा चुनौती
कैलाली जिल्ला विगतदेखि नै तीव्र वन अतिक्रमणको चपेटामा परेको जिल्ला हो। डिभिजन वन कार्यालयले यस वर्ष अतिक्रमण हटाउने तथा अतिक्रमण क्षेत्रको लगत संकलन गर्ने कार्यक्रम गरेको रहेको छ।

सरकारले जारी गरेको लकडाउनका कारण कार्यालयले यस कामलाई पनि प्रभावकारी रुपमा अघि बढाउन नसकेको जनाएको छ। माघमा शितलहर र हुस्सुको कारण देखाउँदै पछि हटेको डिभिजन कार्यालय अहिले लकडाउनका कारण अतिक्रमण हटाउ अभियानलाई अघि बढाउन नसकिएको जनाएकाे छ।

डिभिजन वन कार्यालयले त्यस समयमा वन क्षेत्रभित्र रहेका भौतिक संरचनाहरू एक हप्ताभित्र हटाउन पत्राचार गरेको थियो। तर, त्यसयता कार्यालयले कुनै पनि प्रक्रिया अघि बढाउन सकेको छैन। डिभिजन कार्यालय प्रमुख रामचन्द्र कँडेलले भने, ‘जिल्लाभरिका सबै वन कुनै न कुनै कारणबाट अतिक्रमणमा रहेका छन्। कतै सुकुम्वासी, कतै मन्दिर, कतै संघसंस्थाका भवन, कतै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय वनभित्रै निर्माण गरिएका छन्।’

उनले एक दुई दिनमा लकडाउन नखुले अतिक्रमण हटाउने काम अघि बढ्ने बताए। उनका अनुसार कैलालीमा दुई वर्षअघि २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको थियो। अहिले यो बढेर २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। उनले वन कार्यालयले अतिक्रमित क्षेत्रको नक्सांकन गर्ने काम अघि बढाइरहेको बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २१:१४
  • #taskari
  • #काठ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्