काठमाडौं- इंग्लिस क्बल चेल्सीका खेलाडीहरुको तलब कम नहुने भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण क्लबहरुमा परेको आर्थिक संकटका कारण प्रायजसो क्लबमा खेलाडीहरुको तलब कम भइरहे पनि चेल्सीका खेलाडीहरु भने तलब कम हुने विषयमा सहमत नभएका हुन्।
चेल्सीका खेलाडीहरुले अरु कुनै सहयोगका काममा विचार गरिने तर तलब कम नगरिने बताइएको छ। यो महिना खेलाडीहरुको १० प्रतिशत तलब कम भएको बताइए पनि क्लबको वेवसाइटमा उल्लेख भएको सूचनाअनुसार तलब कम नभएको तर खेलाडीहरुले कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरिरहेको बताइएको छ।
युरोपभर नै क्लबमा परेको आर्थिक संकटका कारण खेलाडीहरुको तलब कम गर्ने निर्णयहरु भइरहेका छन्। स्पेनिस क्लब बार्सिलोना एथ्लेटिको मड्रिडका खेलाडीले ७० प्रतिशत तलब कम लिन राजी भएका छन् भने इटालियन क्लब युभैनटसले चार महिनापछि तलब लिने गरी सहमति गरेका छन्। केही क्लबले कर्मचारी कटौतीका निर्णय पनि गरिरहेका छन्।
प्रिमियर लिगमा टोटनह्याम, लिभरपुल र ब्रोनमाउथले कर्मचारी कटौतीको निर्णय गरेर समर्थकको दबाबपछि फिर्ता लिएका थिए। आर्सनलले १२.५ प्रतिशत तलब कम गर्ने समति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।