काठमाडौं- चेल्सी स्ट्राइकर ओलिभर जिरउडले २०२१ सम्मका लागि सम्झौता बढाउने भएका छन्। ३३ वर्ष जिरउडको गएको जनवरीमा चेल्सी छाड्ने तयारी गरिरहेको भए पनि सम्भव भएको थिएन।
पाँच सिजन प्रिमियर लिगमा खेलिसकेका जिरउडले इन्टर मिलान जाने प्रयास गरिरहेका थिए। गएको जनवरीमा नै ट्यामी अब्राहम घाइते भएपछि जिरउडले चेल्सीमा खेलेका चार खेलमा दुई गोलसमेत गरेका थिए।
चेल्सी प्रशिक्षक फ्रान्क लामपार्ड पनि गएको सिजनको अन्त्यतिर जिरउडको खेलबाट प्रभावित थिए। जिरउड २०१८ मा १८ मिलियन पाउण्डमा आर्सनलबाट चेल्सी गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।