काठमाडौं-च्याम्पियन्स लिग र युरोपा लिग फुटबलको फाइनल खेल अगष्टमा हुने सम्भावना बढेको छ।
बुधबार युरोपेली फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अगष्टभित्र सक्नका लागि आवश्यक छलफल अघि बढाएको छ। युइएफएले आफ्ना ५५ फुटबल एसोसिएसनसँग छलफल गर्दै जुन, जुलाई र अगष्ट भित्र प्रतियोगिता सक्न छलफल गरेको हो।
घरेलु लिग जुलाई ३१ भित्र सक्न र त्यसपछि युरोपियन प्रतियोगिताहरुको सञ्चालन हुने युइएफएको तयारी छ। अगष्ट ११ र २२ तारिखभित्र युरोपियन प्रतियोगिताका क्वाटरफाइनल र सेमिफाइनल सक्ने योजना छ। त्यसपछि फाइनल खेल हुनेछ।
तर घरेलु प्रतियोगिताअन्तर्गत अझै इंग्लिस प्रिमियर लिगका खेलहरुमा ९ राउण्ड बाँकी छ। यता, स्पेनको ला लिगा तथा इटालीको सिरी ए का ११ र १२ राउण्ड बाँकी छ।
कोरोना भाइरस (कोभिड–१९) विस्तारै ठीक हुने युइएफएको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।