• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सागको पुरस्कार पाउँदिन कि भन्ने थियो, पाएँ : नवीन रसाइली [अन्तर्वार्ता]

ओलम्पियन बन्ने सपना
64x64
सराेज तामाङ बुधबार, वैशाख १०, २०७७  १६:००
1140x725

काठमाडौं- लकडाउन लागेको एक महिना पूरा हुन लाग्यो। विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) जति जटिल बन्दै गएको छ करातेबाट पहिलो ओलम्पियन बन्ने सपना देखेका नवीन रसाइलीका लागि दिनचर्या उति नै कठीन हुँदैछ। 

कराते खेलाडी नवीन एक्कासी उदाएका खेलाडी भने होइनन्। अथक संघर्ष र प्रयासहरुले दिएका उपलब्धिपछि चिनिएका एक योद्धा हुन् भन्दा फरक पर्दैन।

करिब एक वर्षअघि दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्णधारी तथा प्रशिक्षक दीपक श्रेष्ठले नवीनको बारेमा खुलेरै प्रशंसा गर्दै भनेका थिए, ‘भविष्यका राम्रा खेलाडी हुन्।’

तर त्यसबेला नवीन प्रशिक्षक दीपक श्रेष्ठका चेला थिएनन्। दीपकले प्रशिक्षण पनि गराएका थिएनन्। त्यसबेला नवीन बालाजु डोजोमा प्रशिक्षक ध्रुब गुरुङका चेला थिए। राष्ट्रिय प्रतियोगिताहरुमा राम्रा छाप छोडेका नवीनमाथि दीपकले पहिलेदेखि नै नजर लगाइरहेका रहेछन्।

नभन्दै नवीनले प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय प्रतियोगितामा ६७ केजी तौल समूहमा स्वर्ण पदक जिते। योसँगै उनी नेपालमा आयोजना हुने १३औं साग प्रतियोगिताको क्लोज क्याम्पका लागि छनोट भएका थिए। त्यसपछि नवीनले झनै अथक प्रयासहरु गर्दै आफूलाई निखार्दै लगे। फलस्वरुप १३औं सागमा उनले स्वर्ण जित्न सफल भए।

स्वर्ण जितेपछि नवीनले भनेका थिए, ‘सागमा स्वर्ण जित्ने सपना पूरा भएको छ।’

आज उनै नवीन ओलम्पिकमा आफ्नो राष्ट्रको झण्डा फरफराउने लक्ष्यमा छन्। मान्छेको चाहना पनि असीमित नै हुन्छन्। नवीनको जस्तै। पहिले सागमा स्वर्ण जित्ने सपना थियो। अहिले ओलम्पियन बन्ने।

लकडाउन लाग्नु भन्दाअघि दीपक श्रेष्ठकै प्रशिक्षणमा नवीन र अनु अधिकारीले करिब एक महिना अभ्यास गरे। १३औं सागका स्वर्णधारी मण्डेकाजी श्रेष्ठकै शब्दलाई सापट माग्ने हो भने अहिले नवीन जस्ता खेलाडी पनि घरभित्रका बन्द कैदी भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

ओलम्पियन सपना देखिका नवीन लकडाउनको बेला के गर्दै छन् त? उनका दिन कसरी बितिरहेको छ? यिनै विषयमा नेपाल लाइभका सरोज तामाङले नवीन रसाइलीसँग कुराकानी गरेका छन्-

लकडाउन लामो समयसम्म रहिरहँदा दिनहरु कसरी बित्दै छ?
बिहान ६ बजे उठ्छु। पानी पिएर त्यसपछि म ब्याडमिन्टन खेल्छु। एकछिन ब्यायाम गर्छु। खाना खाएर दिउँसो मोबाइल चलाउने, फिल्म हेर्ने, गेमको भिडियो हेर्ने, टिभी हेर्ने गर्छु।

त्यसपछि बेलुका ४ देखि ५ बजेसम्म जुम एपबाट हाम्रो अनलाइन क्लास हुन्छ। यो चाहिँ मनोविज्ञान क्लास हुन्छ। त्यसपछि फेरि म साँझ अभ्यास गर्छु।

फिल्म र गेमको भिडियो हेर्छु भन्नु भयो, कस्तो खालको फिलिम मन पर्छ? अनि गेमको भिडियो भन्नाले कस्तो?
मोबाइलमा म गेम चाहिँ खेल्दिन। प्रतियोगिताकै भिडियोहरु हेर्छु। अरुले खेलेको भिडियोदेखि आफूलाई मोटिभेट हुने भिडियोहरु हेर्ने गर्छु। फिलिम पनि म मोटिभेट हुने खालकै हेर्छु।

साँझ मनोविज्ञानको कक्षा लिन्छु भन्नु भयो। त्यसमा कस्ता विषय रहन्छन्? 
यो क्लास चाहिँ नेपाल ओलम्पिक कमिटीले दिएको हो। यो लकडाउनको बेला खेलाडीहरु घरमा बस्दा बस्दा दिक्क हुन्छन्। खेलाडीमा विभिन्न प्रकारका समस्या आउँछन् भनेर ओलम्पिक कमिटीले दिएको कक्षा हो। यो कक्षाले हामीलाई निकै फाइदा पुगेको छ।

यो कक्षा चाहिँ कसले लिनु हुन्छ?
इन्द्र गुरुङ र राजेश्वरी गुरुङ दुबैले लिनु हुन्छ। यो क्लास दैनिक रुपमा हुन्छ। लकडाउनको बेला यो कक्षाले मलाई निकै फाइदा पुगेको छ। यसले गर्दा निकै ब्यस्त नै हुने गरेको छु। त्यसैले अन्य नकारात्मक सोचतर्फ दिमाग जाँदैन।

पहिलेकै स्टामिना र लय खस्किने डर कतिको छ?
हामीलाई गाह्रै हुन्छ। हामीले पूर्णरुपमा अभ्यास गर्न पाएका हुँदैनौं। त्यसैकारणले गर्दा पनि धेरै समस्याहरु आइरहेको हुन्छ। हामीले घरमा अभ्यास गर्नु र हलमा प्रशिक्षकसँग अभ्यास गर्नुमा फरक हुन्छ। घरमा अभ्यास गर्दा हामीसँग आवश्यक सामग्री पनि हुँदैन। अभ्यास केन्द्रमा हाम्रो सबै सामग्रीहरु हुन्छ। त्यही भएर पछि हामी पुरानै लयमा फर्किन अलिक समय लाग्छ।

तपाईं र अनु अधिकारी ओलम्पिक खेलकुदको लागि तयारी गर्दै हुनुहुन्थ्यो। ओलम्पिककै लागि भनेर अभ्यास गरेको कति भएको थियो?
धेरै त भएको थिएन। करिब एक महिना जति भएको थियो। कोरोना भाइरसले यस्तो हाल बनाइदियो। अभ्यास रोकिएपछि ओलम्पिक कमिटीले कुनै समस्या नआओस् भनेर जुम एपबाट कक्षा सञ्चालन व्यवस्था मिलाएको हो।

सागमै स्वर्ण पदक विजेताको हिसाबले हेर्ने हो भने त अरु पनि थिए। तर ओलम्पिक खेलकुदमा खेल्नको लागि आफ्नो नाम आउँदा कस्तो लाग्दो रहेछ?
सागमा गोल्ड मेडल जिते पनि ओलम्पिक खेलकुदमा खेल्न पाउँदैन। कस्तो हुन्छ भने, बरियता भन्ने हुन्छ। हामीले विश्व कराते महासंघको आधिकारिक प्रतियोगिताहरु खेल्नु पर्छ। मैले पहिले वरियताको प्रतियोगिताहरु निकै खेलेँ। धुब्र गुरुङ गुरुले आफ्नै लगानीमा ओलम्पिकको लागि लक्ष्य गरेर प्रतियोगिताहरु खेलाउनु भयो।

बाहिरका धेरै वरियतामा गनिने प्रतियोगिताहरु खेलेँ, जसले गर्दा म अहिले शीर्ष १०० भित्र पर्न सफल भएँ।

शीर्ष सय भित्र त पर्नु भयो। अब ओलम्पिकमा तपाईंको ढोका भनेको विल्ड कार्डबाट हो? अथवा छनोटबाट पनि जाने मौका छ?
मलाई दुई वटै अवसर छ। सुरुमा त छनोटबाट जाने भन्ने कुरा हो। त्यसबाट छनोट हुन सकिनँ भने विल्ड कार्ड छ।

यदि यो कोरोना भाइरसले यस्तो नगरेको भए त छनोट प्रतियोगिता निकै नजिक आइसकेको थियो। तर २०२० ओलम्पिक अब २०२१ मा हुने भएपछि छनोट प्रतियोगिता पनि सारेको छ।

ओलम्पिक सरेसँगै वरियता बढाउन हामीलाई झनै राम्रो अवसर भएको छ। ओलम्पिक एक वर्ष सरेपछि अन्य वरियतामा जाने प्रतियोगिताहरु खेल्दै आफ्नो स्थान सुधार गर्न सक्छौं।

छनोटबाटै ओलम्पिकमा जाने सम्भावना पनि बढी छ।

ओलम्पिकमा पनि ६७ केजी तौल समूहमै प्रतिस्पर्धा गर्नुहुन्छ कि अर्को तौल समूह हुनेछ?
मैले खेल्दै आएको ६७ केजी तौल समूहमै म छनोट प्रतियोगिता खेल्छु। यही समूहमा ओलम्पिक पनि खेल्छु। आफ्नो तौल तलामाथि भयो भने प्रतियोगितामा तलमाथि भएर खेल्ने हो।

लकडाउनले घरैमा बस्दा अल्छि लाग्ने लगायतका समस्याहरु त भएको छैन?
सुरुसुरुमा अलिकति गाह्रो भयो। के गरौं कसो गरौं भयो। दिमाग नै ह्याङ हुने, अल्छि लाग्ने भएको थियो। त्यसपछि चाहिँ बानी पनि पर्दै गयो। अनि आफै अभ्यास गर्नु पर्छ भनेर गर्न पनि थालेँ। त्यसपछि चाहिँ गाह्रो भएन।

लकडाउनपछि कुनै काम विशेषले बाहिर निस्किनु भएको छ?
त्यस्तो काम परेको पनि छैन। म लक डाउनपछि घरबाहिर निस्किएको पनि छैन। निस्किनु पनि हुँदैन। 

लक डाउनले तपाईंको परिवार र नातेदारमा त्यस्तो कुनै समस्या त निम्त्याएको छैन नि?
त्यस्तो कुनै समस्या परेको छैन। अहिलेसम्म सबै ठीक छौ्रं। त्यस्तो नहोस् पनि।

अब फेरि ओलम्पिक खेलकुदकै कुरा गरौं न, पहिलो पटक कराते खेललाई ओलम्पिक खेलकुदमा समावेश गरिएको छ। तपाईंको अपेक्षा के छ?
पहिलो पटक कराते खेल ओलम्पिक खेलकुदमा समावेश भयो, त्यसैकारणले ओलम्पिकमा खेल्न पाउनु नै मेरो लागि ठूलो लाग्छ। अर्को पटक के हुने हो त्यो त थाहा छैन। तर यो पटक समावेश गरिएको करातेमा खेल्न पाउनु मेरो लागि भाग्यको कुरा हो।

अर्को कुरा अनु अधिकारी र मैले ओलम्पिक खेल्न पायौं भने नेपालबाट करातेमा ओलम्पिक खेल्ने पहिलो खेलाडी बन्ने छौं। यो मेरो लागि निकै खुशीको कुरा मात्र नभइ एउटा सपना पनि हो।

नेपालमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्दा भन्दा पनि कठीन छ, ओलम्पिक यात्रा। तपाईं चाहिँ कतिको सजग हुनुहन्छ?
सागभन्दा त ओलम्पिक धेरै स्तरीय प्रतियोगिता हो।

सागमा पनि मेरो तौल समूहमा सबै देशका राम्रा खेलाडी थिए। अर्को कुरा सुरुमै मैले स्वर्ण पदक जित्छु भनेर संघले नै मेडलको आशा भनेर गनेको थियो। त्यही भएर पनि मलाई कता कता डर चाहिँ थियो।

अर्को कुरा पहिलो दिन नेपालबाट खेलेका सबैले गोल्ड मेडल हानी रहेका थिए। त्यसैले पनि मलाई दबाब थियो कि मैले पनि स्वर्ण पदक नै जित्नु पर्छ भनेर। नभन्दै दोस्रो दिन मैले पनि राम्रै खेलेँ। स्वर्ण नै जितेँ।

सागमा खेल्दै स्वर्ण जित्ने सपना थियो, त्यो पूरा भयो। अब ओलम्पिकको छ।

ओलम्पिकमा चाहिँ कहाँसम्मको यात्रा गर्छु भन्ने छ?
अब करातेमा पहिलो ओलम्पियन खेलाडी नै बन्नु मन छ। त्यसपछि मेडल जित्छु भन्ने आश पनि छ।

ओलम्पिककै लागि भनेर प्रशिक्षण चाहिँ कसले दिइरहनु भएको छ?
ओलम्पिक खेलकुदको लागि भनेर दीपक श्रेष्ठ गुरुले हामीलाई प्रशिक्षण गराइरहनु भएको थियो। अब लकडाउन खुलेपछि पनि उहाँले नै हो, हामीलाई प्रशिक्षण दिनुहुने।  

कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने विधिहरु अपनाउनुभएको छ?
पहिलो कुरा त अहिले संसारभर कोरोना भाइरस फैलिएको छ। यस्तो बेला हामी सबै सुरक्षित हुनु पर्छ। कहिले काहिँ आवश्यक पर्दा पसलतिर जान्छु। त्यहाँ पैसा साटासाट त हुन्छ नै। कहाँदेखि कति जनाको हातमा परेर आएको हो त्यो पैसा। त्यही भएर साबुन पानीले नियमित हात धुन्छु।

दिनमा १०–१२ पटक नै धुन्छु होला। केही छँुदा पनि अब शंका नै लाग्छ। कतै कोरोना भाइरस त छैन। त्यहीभएर सेनिटाइजर प्रयोग गरिरहन्छु।

यस्तो समयमा सरकारले गरेका काम चाहिँ कस्तो लागिरहेको छ? 
मलाइ त ठीक लाग्छ। हाम्रै लागि नै हो लकडाउन पनि। तर हामी खेलाडीलाई लकडाउनले निकै ठूलो असर गरेको छ। हुन त हामी मात्रै हैन मजदुरहरुलाई पनि ठूलो समस्या आएको छ। बिहान काम गरेर बेलुका खाने हुन्छन्। उहाँहरुको दैनिकी झन कस्तो बनिरहेको होला।

यो लकडाउनकै अवधिमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल कराते संघ र ओलम्पिक कमिटीले तपाईंलाई केही समस्या परेको छ? भनेर सोधिखोजी भएको छ?
अरुबाट त होइन नेपाल ओलम्पिक कमिटीबाट चाहिँ के कस्तो समस्या छ? आर्थिक समस्यादेखि अन्य घरायसी समस्या भए हामी छौं भन्नु भएको छ। बिरामी परेमा पनि ५–६ जना डाक्टरको सम्पर्क नम्बर दिनु भएको छ। हाम्रो लागि भनेर डाक्टरको व्यवस्था पनि गरेको छ। ओलम्पिक कमिटीले हामीलाई सोधिखोजी गरिरहेको छ।

सागमा सरकारले घोषणा गरेको पुरस्कार त पाउनु भयो है?
आयो। कहिले आउँछ भनेर निकै चिन्ता लागिरहन्थ्यो। यो बेला त झनै आर्थिक संकट हुने समय हो। लकडाउनकै बेला पैसा आएर धेरै राम्रो भएको छ। यो पैसा आएर पनि केही राहत महसुश भएको छ।

अन्त्यमा केही भन्नु मन छ?
जो जोलाई कोरोना संक्रमण भएको छ, उहाँहरु चाहिँ डाक्टरले भनेको कुरा मानिदिए हुन्थ्यो। समाचारमा सुनिरहेको छु। क्वारेन्टाइनमा बसेका बाहिर निस्किए भन्ने हल्लाहरु पनि सुनिन्छन्। त्यस्तो नगरीदिए हुने थियो। यदि कोरोना लागेको रहेछ भने त अरुलाई पनि सर्छ नि। सबै सचेत हुनुपर्छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्