एजेन्सी- इरानी अदालतले कोरोना महामारीका कारण १ हजार विदेशी कैदीहरूलाई अस्थायी रूपमा जेलमुक्त गरिएकाे बताएको छ।
‘इरानले सम्पूर्ण कैदीहरूको स्वास्थ्यको ग्यारेन्टी दिँदै केही समयसम्मका लागि उनीहरूलाई जेलमुक्त गर्ने निर्णय लिएको हो।’ अरू देशसँग तुलना गर्दै अदालतका प्रवक्ता घोलामहोसाइन इस्मइलीले भने।
सन् २०१६ मा राजद्रोहमा ५ वर्षका लागि थुनामा रहेकी बेलायती-इरानी महिला नाजानिन जाघारी-र्याट्क्लिफीसहित कूल एक लाख देशभित्र र विदेशका कैदी थुनामुक्त भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।