काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ४० हजार १ सय ९१ पुगेको छ।
संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ६ लाख ९९ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४९ हजार १ सय ३०, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार, १ लाख ५३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्यामा अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ २८ हजार ९ सय ९८ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको क्विन्स राज्यमा अन्य राज्यमा भन्दा बढी क्षति देखिएको छ। सो राज्यमा मात्रै २ हजार ३ सय २४ जनाको मृत्यु भइसकेको छ।
इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१, बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ५ लाख ६८ हजार ३ सय ४३ जना भने उपचारपछि निको भएका छन्। निको हुनेको संख्या जर्मनीमा सबैभन्दा बढी छ। त्यहाँ ८३ हजार १ सय १४ जना संक्रमणपछि पनि निको भइसकेका छन्। त्यस्तै चीनमा ७७ हजार ५ सय ५२, स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भइसकेका छन्।
नेपाल पनि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकीको उपचार जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।