काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अब कोही पनि आफू बसेको ठाउँबाट ननिस्कन आग्रह गरेका छन्।
शुक्रबार ट्विटरमा लेख्दै प्रवक्ता श्रेष्ठले भनेका छन्- ‘लकडाउनको अबस्थामा घर जान पैदल यात्रामा निस्किसक्नुभएकाहरुको दुख: व्यथा सहजै अनुभुत गर्न सकिन्छ। उहाँहरुलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला। बास बसेका ठाँउहरुमा त्यहाँको स्थानीय सरकारले क्वारेन्टिनको अवस्था रहने गरी खाना र बास मिलाऔं। तर अब कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्कौं।‘
उनले लकडाउनको कडाइपूर्वक पालना गरी स्व-क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्।
सरकारले घरभाडा र खानाको समस्यामा परेकाहरुको समस्या समाधान तुरुन्तै गर्न पनि उनले आग्रह गरेका छन्। ‘सम्बन्धित व्यक्तिको घरमा रहेको परिवार समेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं’, उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।