काठमाडौं- बेलायतका विदेशमन्त्री डोमेनिक राबले कोरोना भाइरस फैलनलाई रोक्नका लागि ‘कम्तीमा तीन हप्ता’ लकडाउन बढाउने घोषणा गरेका छन्।
बिबिसीमा प्रकाशित समाचार अनुसार, बिहीबार पत्रकार सम्मेलनमा उनले डकडाउनमा छुट दिइयो भने त्यसले सार्वजनिक स्वास्थ्य तथा अर्थव्यवस्थामा समेत खतरा हुनसक्ने बताए।
प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित भई बिरामी भएपछि राबले नै प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
‘अहिलेसम्म हामीले अपेक्षा गरेअनुसार संक्रमण दर घट्न सकेको छैन’, राबले भने।
कोरोना भाइरसलाई फैलिनबाट रोक्न बेलायतले मार्च २३ बाट लकडाउन सुरु गरेको थियो। त्यहाँ जनतालाई घरबाहिर ननिस्कन आग्रह गरिएको थियो। साथै, अत्यावश्यक बाहेकका व्यवसाय बन्द गरिएको थियो।
कोरोना संक्रमणबाट १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।