काठमाडौं- कोरोना संक्रमणबाट विश्वभर १ लाख ४३ हजार ८ सय २ जनाको मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, बढी मृत्यु हुनेको सूचीमा अमेरिका पहिलो नम्बरमा छ। त्यहाँ २८ हजार ९ सय ९८ ज्यान गुमाएका छन्। अमेरिकामा पनि क्विन्स राज्यमा बढी क्षति पुगेको छ। त्यहाँ २ हजार ३ सय २४ जनाले ज्यान गुमाएका छन्।
अमेरिकापछि सबैभन्दा मृत्यु हुने देश इटाली हो। त्यहाँ २२ हजार १ सय ७० जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय २०, बेलायतमा १३ हजार ७ सय २९, इरानमा ४ हजार ८ सय ६९, बेल्जियममा ४ हजार ८ सय ५७, जर्मनीमा ४ हजार ५२ ले ज्यान गुमाइसकेका छन्।
हालसम्म ५ लाख ४२ हजार १ सय ७ जना उपचारपछि निको भएका छन्। निको हुनेमा चीनको तथ्यांक सबैभन्दा अघि छ। त्यहाँ ७८ हजार ४ सय १ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।